समाचार

ऐन महरको नेतृत्वमा अनेरास्ववियुका नेतामाथि आक्रमण

ऐन महरको नेतृत्वमा अनेरास्ववियुका नेतामाथि आक्रमण

नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुका केन्द्रिय अध्यक्ष ऐन महरको नेतृत्वमा नेकपा एकिकृत समाजवादीका विद्यार्थी नेतामाथि भौतिक आक्रमण भएको छ । मंगलबार काठमाडौको केसीसी क्याम्पसमा ऐन महर सहितको टोलीले एकिकृत समाजवादीका विद्यार्थी नेतामाथि आक्रमण गरेको हो । 

आक्रमणमा परि एकिकृत समाजवादीका विद्यार्थी नेता दिपेन्द्र बोहरा गम्भिर घाईते भएकाछन् भने राजन विष्ट र मनोज चन्दपनि सामान्य घाईते भएको अनेरास्ववियुकी नेत्वृ केसरी रेग्मीले बताईन् । 

केसीसी क्याम्पसमा एमाले निकट अनेरास्ववियु केन्द्रिय कमिटीले विद्यार्थी भेला राखेको थियो । अनेरास्ववियुका केन्द्रिय अध्यक्ष ऐन महर प्रमुख अतिथि रहेका थिए । सोही कार्यक्रममा एकिकृत समाजवादीका विद्यार्थी नेताहरुमाथि आक्रमण भएको हो । अनेरास्ववियु अध्यक्ष ऐन महरले नै सुरुमा आक्रमण गरेको घाइते विद्यार्थी नेताहरुको भनाइ छ । एकिकृत समाजवादीको विद्यार्थी संगठन अनेरास्ववियुकि महासचिव आरती लामाले उक्त घटनाप्रती आपत्ति जनाएकीछन् । महासचिव लामाले ऐन महरको प्रत्यक्ष आक्रमणमा आफ्ना विद्यार्थी नेताहरु घाइते भएको उल्लेख गरेकीछन् । 

यता नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियु केन्द्रिय कार्यालयको  आधिकारिक फेसबुक पेजबाट उक्त आक्रमण पहिलो डोज मात्रै भएको भन्ने स्टाटस पोस्ट भएको छ । अनेरास्ववियुका अध्यक्ष महरले संगठनका बिज्ञप्ती र सूचना सार्वजनिक गर्दै आएको उक्त पेजमा भनिएको छ, 'अनेरास्ववियु केन्द्रिय कमिटी अध्यक्ष कमरेड ऐन महर प्रमुख अतिथि भएको केसीसीको अखिल विद्यार्थी भेलामा, उहाँ बोल्दै गर्दा कार्यक्रम बिथोल्ने उद्देश्यले केही मानेरास्ववियुका अराजक गुण्डा हरु होहल्ला गर्दै भित्र छिरेर झ्यालका सीसा फुटाउन र कुर्सी फाल्न थालेपछि जति सम्झाइ बुझाइ गर्दा पनि नमानेपछि पहिलो डोज भेटेछन ! कोमामा नै पुग्ने गरि भेटनु पर्नेहरुले बेडमा पुग्ने गरि मात्रै भेटेछन ! त्यो तिनीहरु को भाग्य हो, फेरि पनि त्यस्ता नाजायज हर्कत र क्रीयाकलाप गरे त्यस्को मुल्य त्यो भन्दा कयौं गुणा बढी चुकाउनु पर्ला है !'