समाचार रोजगार अभिलेख

जुम्लामा चट्याङमा परेर ४० भेडा मरे, साढे ६ लाखको क्षती 

जुम्लामा चट्याङमा परेर ४० भेडा मरे, साढे ६ लाखको क्षती 

जुम्लाको गोठीचौर गाउँपालिका ४ को पाटनमा सोमबार चट्याङ लागेर ४० भेडाबाख्रा मरेका छन्।

सामुदायिक वन अन्तर्गतको चिमारा लेक नजिकै डाब भन्ने ठाउँमा चट्याङ लागेर सोही वडाका स्थानीयवासीका अन्दाजी ४० भेडा मरेका छन् भने १५ भेडा घाइते भएका छन्।

नानो भण्डारीका १० भेडा मरेको २ घाइते, मुन बहदुर भण्डारीका ४ मरेको २ घाइते, मुणि प्रसाद अधिकारीका १७ मरेको ७ घाइते र देवी प्रसाद अधिकारीको ९ मरेको ४ घाइते भएको इलाका प्रहरी कर्यालयका गुठीचौरका इन्चार्ज कमल श्रेष्ठले बताए।

भेडाबाख्रा मरेका कारण करिव ६ लाख ५० हजारको बराबरको क्षति भएको प्रहरीले जनाएको छ। भेडा खर्क पाटन क्षेत्रमा परेको चट्याङबाट भेडापालक किसानको पुर्खौली पेशालाई नै ध्वस्त भएको स्थानीय जनप्रतिनिधहरुले वताएका छन् ।

भेडा मरेपछि व्यावसायिक रूपमा भेडा पालेरै जीविकोपार्जन गर्दै आएका किसानलाई रोजीरोटी जुटाउन मुस्किल परेको छ। जुम्लामा ०७० सालमा निरन्तर परेको असिना, पानी र हावाहुरीले करीब सात सय भेडाबाख्रा मरेका थिए भने ०७७ सालमा पाँच सय भेडा मरेको तथ्यांक छ। 

चट्याङ ४० भेडाबाख्रा मरे