समाचार कभर स्टोरी भिडियो

'न्यायाधिश नै वेश्यालयमा जानाले इटहरीमा वेश्यावृत्ति निर्मुल भएन' (भिडियो सहित)

'न्यायाधिश नै वेश्यालयमा जानाले इटहरीमा वेश्यावृत्ति निर्मुल भएन' (भिडियो सहित)

पूर्वी नेपालको इटहरी शहर विगतदेखि नै बारम्बार वेश्यावृत्तिसँग जोडिएर बदनाम हुने गरेको छ । इटहरीमा आर्थिक वर्ष २०७०/०७१ यता २० भन्दाबढी होटलविरुद्ध मानव बेचविखनको मुद्दा दायर भएको छ । इटहरीका लागि यौनधन्दा नौलो विषय होइन । प्रहरीले वेश्यावृत्ति केहि हदसम्म निस्तेज पार्दै आए पनि त्यसमा संलग्नहरूले फरक–फरक उपाय अपनाउँदा नियन्त्रण बाहिर हुने गरेको छ । पछिल्लो समय इटहरी क्षेत्रमा यौन धन्दा गराउनेहरू सक्रिय भएको स्थानिय बताउँछन् ।


इटहरीमा यौन व्यवशाय निर्मुल नभएको मेयर द्धारिकलाल चौधरीले समेत स्विकार गरेकाछन् । वेश्यावृत्तिलाई नियन्त्रण गर्ने नियामक निकायका हाकिमहरुनै वेश्यावृत्तिमा संग्लन हुनेगरेको मेयर चौधरीले खुलासा गरेकाछन् । जिल्लाका न्यायाधिश, प्रहरी एसपी, नेताहरु तथा नव धनाढ्यहरु नै होटेलको कोठीमा नागैं देखेको उनले बताएकाछन् । नेपाल आजसँगको संवादमा मेयर चौधरीले गत मंगलबार यस्तो खुलासा गरेकाहुन् ।  


उनि भन्छन्, ‘न्यायाधिश प्रहरीका अफिसर नेताहरु तथा नव धनाढ्यहरु नै वेश्यालयमा नागंै देख्या छु अनि कसरी नियन्त्रण हुन्छ । इटहरीलाई देह व्यपारको हब भने बनाउने योजना हाम्रो होइन । राज्यले महिलाहरुलाई सिप र पुँजीको सुनिश्चितता गर्नु पर्छ । जिविका चलाउनका लागि कुनैपनि नेपाली चेलीले देह व्यापार गर्न नपरोस् ।’

यसअघि २०७७ मा इटहरीमा नेटवर्किङबाट समेत वेश्यावृत्ति भईरहेको खुलासा भएको थियो । इटहरीको पश्चिम लाईनमा अहिले पनि खुलेआम यौनधन्दा भएकोे भन्दै गाउँलेह विरोध गरेपछि प्रहरीले मिसन चलाएको थियो जसमा स्कुलकै ड्रेसमै यौनकर्मीहरु प्रक्राउ परेका थिए । 


प्रहरीको सूचीमा इटहरीका २० वटा होटलहरू यौन धन्दामा सक्रिय रहेको उल्लेख गरिएको छ । ती होटलमाथि प्रहरीले निगरानी बढाएको छ । इटहरीको ओम गजल होटल यौन धन्दा गराएको कारण बदनाम थियो । प्रहरीले सञ्चालिकालाई पक्राउ गरेपछि हाल त्यो होटल बन्द छ । प्रहरीका अनुसार इटहरी–८ को भेटघाट होटल, फेरि भेटौंला रेष्टुरेण्ट, बागमारे होटल, पारिजात होटल, सपना हरिल होटल, कामाख्या गेष्ट हाउस, वर्षा होटल, न्यू बसपार्क होटल, लुम्बिनी होटल, सुविधा गेष्ट हाउस, रोयल रिसोर्ट होटल, गणपति होटल, द सेवा होटल, नम्रता होटल एण्ड लज, सेवा फेमेली होटल एण्ड खाजा घर, दियालो होटलमा यौन धन्दा हुने अनुमान छ । 


इटहरीमा यौन धन्दा गराउनेमा पुरुष व्यवसायीको तुलनामा महिला व्यवसायी नै सक्रिय रहेको पाइएको छ । इटहरीमा यौन धन्दा गराउने होटलहरू बढी महिला नै सञ्चालक रहेका छन् । इटहरीमा यौन धन्दाको आरोपमा मुद्दा खेपेर बाहिर आएका महिला पुनः त्यही काममा सक्रिय हुने गरेको प्रहरी बताउँछ । इटहरीमा वेश्यावृत्ति गराएको आरोपमा पक्राउ परेर पुर्पक्षका लागि जेल चलान भएका महिला अहिले इटहरी क्षेत्रमा सक्रिय भएको प्रहरी बताउँछ । इटहरी क्षेत्रमा पुरुष व्यवसायीहरूभन्दा महिला व्यवसायीहरू यौन धन्दा गराउनमा सक्रिय रहेको प्रहरीको तथ्याङ्क छ ।


इटहरीमा साना–ठूला गरी १२ सय होटल सञ्चालित छन् । यौन धन्दा गराउने व्यवसायीको सम्पर्कमा नेपाली ग्राहकभन्दा भारतीय ग्राहक धेरै हुने गरेको प्रहरीले बताएको छ । इटहरीमा यौन धन्दा डरलाग्दो गरी बढेपछि पाँच वर्ष अघिदेखि प्रहरीले क्याबिन रेष्टुराँसँगै होटलहरूमा कडाइ गर्दै आएको छ । प्रहरी प्रशासनले पूरै कडाइ गरे पनि अनेक उपाय लगाएर यौन धन्दा गर्ने गरेको पाइएको छ । यौन व्यवसायीलाई श्रीमतीको बहाना गरी यौन धन्दा चलाउने नयाँ जुक्ति लगाउने गरेको पनि देखिएको छ । भारतीय ग्राहकलाई बढी प्राथमिकतामा राखेर यौन धन्दा सञ्चालन गर्ने गरेको समेत खुलेको छ ।

मेयर द्धारिकलाल चौधरी वेश्यावृत्ति इटहरीमा वेश्यावृत्ति