समाचार राजनीति

तीन पूर्वमुख्यमन्त्रीहरुको ओलीप्रती प्रचण्ड आक्रोश ! 

तीन पूर्वमुख्यमन्त्रीहरुको ओलीप्रती प्रचण्ड आक्रोश ! 

खाईपाई आएको सुविधा र पद गुमाउनु परेपछि तीन जना पूर्वमुख्यमन्त्रीहरु नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीप्रति आक्रोशित भएका छन् ।

अध्यक्ष ओलीकै कारण आफुहरुले पद गुमाउनु परेको, नेकपाको एकता कार्य राख्न नसकेको र भएको एमालेलाई पनि सगल्ती राख्न नसकेर माधवकुमार नेपाललाई पार्टीवाट लखेटेको भन्दै उनीहरुले आक्रोश ब्यक्त गर्न थालेका छन् ।

आगामी निर्वाचनमा पनि ओलीकै कारण नेकपा एमाले चौथो पार्टीका रुपमा सिमित हुनु पर्ने उनीहरुको चिन्ता छ । ओली हटाउ अभियान वनाएर गठन गरिएको गठवन्धन निर्वाचन सम्मनै कायम रहने र त्यसको असर एमालेलाई पर्ने उनीहरुको चिन्ता छ। गठवन्धन र सरककारले नेता नेपाललाई आर्थिक र भौतिक सवै सहयोग गर्ने प्रतिवद्धता जनाएर नयाँ पार्टी दर्ता भएको वुझेका उनीहरुले त्यसो हुँदा नेकपा (एकिकृत समाजवादी) एमाले भन्दा अगाडि आउने वुझाई छ।

विघटित प्रतिनिधि सभा पुनर्स्थापना र देउवा सरकार निर्माणमा नेता नेपालले देखाएको साहसिक निर्णयका कारण प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुस्पकमल दाहाल प्रचण्डले उनलाई हरेक प्रकारले सहयोग गर्ने प्रतिवद्धा जनाएका छन् । त्यसो हुँदा समय र परिस्थिती नवदलिए एमाले चौथो शक्तिमा सिमित हुनु पर्ने चेतावनी उनीहरुले ओली समक्ष पुर्याएको स्रोतले जनाएको छ। 

अर्कोतर्फ प्रारम्भिक कमिटीदेखि केन्द्रसम्म नै नेपाल पक्षका मान्छेको वाहुल्यता छ। नयाँ पार्टी भएकाले दोधारमा रहेका तथा प्राविधिक समस्याले एकिकृत समाजवादीमा जान नसकेका नेता कार्यकर्ताले निर्वाचनको समयमा नेपालप्रति सहानुभूति र समर्थन गर्ने दुवै पक्षका नेताहरुको विश्लेषण छ।

विगत हेर्दा निर्वाचनमा पार्टी र सिद्धान्त भन्दा पनि पैसाले ठुलो महत्व राख्दै आएको छ । ‘छन गेडी सबै मेरी, छैनन् गेडी सवै टेडी’ भनेझै पैसाका कारण पनि एमाले कतिपय स्थानमा कमजोर पर्न सक्ने विश्लेषण पनि सुरु भएका छन् । देउवा सरकारले गर्ने भनिएको आर्थिक सहयोगले भौतिक र मनोबैज्ञानिक रुपमा माधव नेपालले नेता कार्यकर्ता आफनो पक्षमा पार्न सक्ने अवस्था छ। 

माधव नेपाल त्यसै पनि सबैलाई मिलाएर हिड्न् सक्ने खुवी भएका नेता मध्येमा पर्छन । नेकपा एमालेकै अवस्था हेर्ने हो भने पनि अहिलेसम्म ओलीले नेपाललाई भन्दा पनि नेपालले ओलीलाई मिलाएर राखेको नेताहरु वताउँछन् । पछिल्लो समय ओली अति नै वाउँठिन थालेपछि नेता नेपालले आफनो वाटो रोजेको उनीहरुको भनाई छ।

यी यादव कारणले एमाले सिद्दिन धेरै समय नलाग्ने तीनै जना पूर्वमुख्यमन्त्रीहरुको विश्लेषण छ । गण्डकी प्रदेशवाट विदा भएका पृथ्वीसुब्बा गुरुङले त भन्दै आएका पनि हुन। वाग्मती प्रदेशका डोरमणी पौडेल र प्रदेश १ का शेरधन राईले उनको कुरा मानेका हुन।

नेकपा एमाले केपी शर्मा ओली माधवकुमार नेपाल पृथ्वीसुब्बा गुरुङ डोरमणी पौडेल शेरधन राई

विशेष