समाचार अन्तरवार्ता भिडियो कुरा: युवाको

नविन भन्छन्ः एमसिसि रोक्न कसैलाई विश्वास गर्न सकिदैन, युवाहरुले नै संर्घष गर्नुपर्छ (भिडियो)

नविन भन्छन्ः एमसिसि रोक्न कसैलाई विश्वास गर्न सकिदैन, युवाहरुले नै संर्घष गर्नुपर्छ (भिडियो)

गत जेठ २७ गते अमेरिकि मिलिनियम च्यालेन्ज कर्पाेरेस (एमसिसि)को विरोध कार्यक्रममा अनेरास्ववियू क्रान्तिकारीका नेता निर्ग नविन गम्भिर घाईते भए । माइतिघर मण्डलामा प्रहरीको निषेधित घेरा तोडेपछि आन्दोलनको अग्रपंक्तिमा रहेका नविनमाथि प्रहरीले निर्मम लाठी प्रहार गर्याे । प्रहरीको आक्रमणमा परि उनी घटनास्थमै बेहोस् भए । उनलाई अन्नपुर्ण न्युरो अस्पतालमा लगेपछि ४ घण्टामा होस् आयो । 


नविनको टाउकोमा गम्भिर चोट लागेर उनी बेहोस् भएका थिए । त्यो चोटका कारण नविन अहिले पनि पुरै सञ्चो भएकाछैनन् । डाक्टरले ९ महिनासम्म औषधि लिनुपर्ने सल्लाह दिएको छ । 


अमेरिकि मिलिनियम च्यालेन्ज कर्पाेरेस (एमसिसि) अमेरिकाले हिन्द प्रशान्त क्षेत्रका लागि बनाएको विशेष सैन्य रणनीति अनुसारको उसको  सैन्य सुरक्षानीति हो भन्ने उनको विश्लेषण छ । उनी भन्छन्, ‘एमसिसि ईन्डो–प्यासिफीक रणनीतिको सैन्य सुरक्षानीति भकाले यो नेपालको संविधानमा उल्लेख असंलग्न परराष्ट्र नीति विपरित भएको छ ।  कुनै एक राष्ट्रले अर्को राष्ट्रसँग, उसको सैन्य कारबाही र उसको सैन्य गतिविधि आदिसँग सरोकार नराख्ने, तटस्थ बस्ने र त्यसका गतिविधिमा संलग्नै नहुने असंलग्न परराष्ट्र नीति हुँदाहुदै पनि अधिकांश बुद्धिजीवी र प्रायः राजनितिक दल यस्को पक्षमा उभिनु नेपालीको लागि दुखद र दुर्भाग्यपुर्ण कुरा हो ।’ 


सन् २०१३ मा चीनियाँ राष्ट्रपति सि जिनपिङले घोषणा गरेको महत्वकाक्षी परियोजना बेल्ट एण्ड रोड ईनिसियटिभ अथवा ल्यान्ड कनेक्ट रोक्नका लागि अहिले अमेरिका एमसिसि मार्फत नेपाल छिर्न खोजेको पनि उनको भनाइ छ । 


यसका सार्थ नेपालमा आफ्नो सैनिक क्याम्प राखेर यहाँको खनिज उत्खन्नन गर्ने र  नेपालको प्राकृति दोहन गर्ने उदेश्य उमेरिकाको भएको नविन बताउँछन् । अमेरिकि मिलिनियम च्यालेन्ज कर्पाेरेस (एमसिसि) अमेरिकाले हिन्द प्रशान्त क्षेत्रका लागि बनाएको विशेष सैन्य रणनीति अनुसारको उसको  सैन्य सुरक्षानीति हो भन्ने उनको विश्लेषण छ । एमसिसि ईन्डो–प्यासिफीक रणनीतिको सैन्य सुरक्षानीति भकाले यो नेपालको संविधानमा उल्लेख असंलग्न परराष्ट्र नीति विपरित भएको छ ।  


कुनै एक राष्ट्रले अर्को राष्ट्रसँग, उसको सैन्य कारबाही र उसको सैन्य गतिविधि आदिसँग सरोकार नराख्ने, तटस्थ बस्ने र त्यसका गतिविधिमा संलग्नै नहुने असंलग्न परराष्ट्र नीति हुँदाहुदै पनि अधिकांश बुद्धिजीवी र प्रायः राजनितिक दल यको पक्षमा उभिनु नेपालिको लागि दुखद र दुर्भाग्यपुर्ण कुरा हो । उनी भन्छन्, ‘नेपालका राजनितिक दलहरु एमसिसि नेपाल भित्र्याउने पक्षमा रहेको छन् । यहाँका राजनितिक दलहरु विभिन्न कारणले एमसिसि पास गर्न संग्लन छन् । त्यसैले कोही खुलेरै पास गर्नुपर्छ भनिरहेकाछन् भने कोही मौन समर्थन गरिरहेकाछन् । एमसिसि रोक्न जनता नै जागरुक हुनुपर्ने बेला भएको छ ।’

एमसिसि नेता निर्ग नविन