समाचार अन्तरवार्ता भिडियो इतिहास र अनुभूति

कांग्रेसले जनमतको कदर गरेन, अवको चुनाव पनि ओलीले नै जित्छन्ः विश्लेषक केसी

कांग्रेसले जनमतको कदर गरेन, अवको चुनाव पनि ओलीले नै जित्छन्ः विश्लेषक केसी

राजतितिक विश्लेषक डाक्टर सुरेन्द्र केसीले निर्वतमान प्रधानमन्त्री केपी शर्मा ओलीलाई ३ वर्षे कार्यकालमै पदच्युत गरिनु अन्याय भएको विश्लेषण गरेकाछन् । नेपाल आजसँगको संवादमा कुरा गर्दै विश्लेषक केसीले यस्तो प्रतिक्रिया दिएकाहुन् ।

केपी ओली नेतृत्वको सरकारलाई जनताले पाँच वर्षको जनादेश दिएको केसीको विश्लेषण छ । उनि भन्छन्, ‘केपी ओली माथि अन्याय भयो । पाँच वर्षको जनादेश लिएर आएको प्रधानामन्त्रिलाई आफ्नै पार्टी, आफ्नै दल प्रयोग गरेर बेदखल गरियो । केपी शर्मा ओलीलाई प्रधानमन्त्रि भैइसकेपछि लोकतान्त्रिक प्रणाली अनुसार अध्यक्षबाट हटाउन महाधिवेशन पर्खिनु पर्थ्यो । प्रधानमन्त्रि हुनका लागि पाँच वर्ष पर्खिनु पर्थ्यो ।’


केपी शर्मा ओलीका क्रियाकलाप गलत भएपनि पाँच वर्षपछि जनताले हिसाबकिताब गर्ने विश्लेषक केसीको धारणा छ । उनि भन्छन्, ‘केपी ओलीलाई जनताले कारबाही गर्थे । त्यसमा नेपाली काँग्रेसले पाँच वर्षसम्म प्रतिपक्षको भुमिका निभाउनु पर्थ्यो । यो प्रवृतीले फेरी पनि आगामि चुनावमा केपी ओली नै अगाडि आउने देखिन्छ । 


नेपाली काँग्रेसले जनमतको कदर गर्न नसकेको पनि विश्लेषक केसीको भनाई छ । नेपाली जनताले पाँच वर्षका लागि प्रतिपक्षमा बस्ने जनादेश दिएको पार्टीले यसरी सत्तामा जानु लोकतन्त्र सम्बद नभएको केसी बताउँछन् । शेरबहादुर देउवा नेतृत्वमा गठन भएको अहिलेको सरकार अनैतिक सरकार रहेको उनको भनाई छ । उनि भन्छन्, ‘नेपाली काँग्रेसलाई अहिलेको सरकार अनैतिक सरकार हो । नेपाली काँग्रेसलाई जनताले प्रतिपक्षमा बस्न भनेर भनेको हो । नेपाली काँग्रेसले हामी प्रतिपक्षमा बस्छौँ भनेर भन्नु पथ्र्याे । तर शेरबहादुरलाई प्रधानमन्त्रि हुने हतार भयो ।’


राष्ट्रपतीको पछिल्लो भुमिका असिष्ट र अमर्यादित भएको केसीको विश्लेषण छ र त्यो स्वभाविक भएको उनि बताउँछन् । राष्ट्रपती जस्तो मर्यादित संस्थामा विद्या भण्डारीलाई पुर्याउनु नै गलत रहेको केसी बताउँछन् । उनि भन्छन्, ‘त्यो लेबलको मान्छे त्या पुग्नु नै गलत थियो । राष्ट्रपती पदको गरिमा नबुझ्ने मान्छेले त्यसको फर्मालिटी पुरा गर्न सक्दैन । 


तर सपथ ग्रहणको भाषा सम्बन्धि विवादमा भने राष्ट्रपतीलाई अनावश्यक तरिकाले झुक्याईएको केसी बताउँछन्  । उनि भन्छन्, ‘सपथ ग्रहणको भाषामा राष्ट्रपतीको गलत थिएन । उहाँलाई झुक्यायो । शेरबहादुर देउबालाई सर्वाेच्चले नै नियुक्त गरेको हो । राष्ट्रपती जस्तो गरिमामय संस्थालाई अनावश्यक प्रचण्डले अनावश्यक थर्काउनुले गलत नजिर छोडेको छ ।’


अर्थ मन्त्री जनार्दन शर्मालाई विगतमा राम्रो काम गरेको केसीको विश्लेषण छ तर जनभावना विपरित काम गरे आफुले कम्प्रर्माइज नगर्ने बताएकाछन् । उनि भन्छन्, ‘जनार्दन शर्माले पहिलाका मन्त्रालयबट नाम कमाएकाछन् । उर्जा मन्त्रि हुँदा लोडसेडिगं मुक्त गराएकाछन् । त्यस्तो बदनामी पनि मैले जनार्दनको पनि सुनेको छैन । मैले बदनाम हुने काम नगर्नु होला । विगतको नेताहरुले गरेका गल्ति नगर्नु होला भनेको छु । जनभाबना बिपरित अर्थमन्त्रीले कुकर्म गरे भन्डाफोर गरिन्छ ।’

डाक्टर सुरेन्द्र केसी