समाचार राजनीति

ओलीले घुँडा टेकिसके, माधव नेपाल चढेकोचढै !

ओलीले घुँडा टेकिसके, माधव नेपाल चढेकोचढै !

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका सवै नेता÷कार्यकर्तालाई आममाफी दिने वताएका छन् । एकतालाई लिएर नेताहरू विभाजित भइरहेका बेला अध्यक्ष ओलीले यस्तो घोषणा गरेका हुन।

नेपाल कम्युनिस्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठको स्मृति दिवसमा बोल्दै ओलीले भने, ‘आज पुष्पलाललाई सम्झिएर म भन्न चाहन्छु। यस पार्टीको, यस आन्दोलनको एकताका लागि सबैलाई एम्नेष्टी इज ग्रायान्टेड।’ 

एमालेले आफ्नै कारण ‘ठूलो क्षति बेहोरेको’ बताएका ओलीले सबैलाई फेरि एकजुट भएर काम गर्न आह्वान गरे। 

एक दिनअघि मात्रै बिद्रोही नेता माधवकुमार नेपाललाई दोस्रो अध्यक्ष दिन तयार रहेका ओलीले गल्ती गरेका, बाटो बिराएकाहरु मिल्न आएको खण्डमा आफूले आममाफी दिने घोषणा गरेका हुन्।

‘गल्ती गरेका, बाटो बिराएका, भड्किएका साथीहरुलाई आग्रह गर्छु, पुष्पलाललाई सम्झिएर भन्न चाहन्छु, सबैलाई एम्नेष्टी इज ग्रान्टेड। जे सुकै भएको होस्– एम्नेष्टी। आउनुस् मिलेर काम गरौँ।’

ओलीले आफ्नो सरकार ढाल्नका लागि ‘डेढ वर्षदेखि लगातार ठोस प्रयासहरू भएको’ र त्यसबाट नसकेपछि परमादेशको सहायता लिइएको आरोप पनि लगाए। ओलीले अदालतमाथि जनताको विश्वास बढेमा मात्र लोकतन्त्र बलियो हुने बताउँदै शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्तिको आदेश दिने सर्वोच्चको पछिल्लो निर्णयप्रति असन्तुष्टि पोखे।

वरिष्ठ नेता माधवकुमार नेपालप्रति रुष्ठ रहेका ओलीले यसअघि नेपालका सवै प्रस्तावहरु वेवास्ता गर्दै आएका थिए । तर, माधव नेपाल नगलेपछि ओली आफै सिथिल हुँदै गएका छन् । नेपालसहितका नेतालाई कारवाही गर्दा समेत खनाल–नेपालपक्षले खासै वास्ता नगरेको र वरु समानान्तर कमिटी निर्माण गरेर काउण्टर दिन थालेपछि ओली गलेको उनकै समुहका नेताहरुको वुझाई छ ।

दोस्रो अध्यक्ष दिन तयार, मिल्न आए सवैलाई आममाफी, पार्टीलाई जेठ २ को अवस्थामा फर्काउने तथा नेपाल समुहको माग वमोजिम केन्द्रीय कमिटी वैठकलाई १०औं मानेर वैठक सञ्चालन गर्न तयार हुँदा समेत माधव नेपालले भने ओलीसँग मिल्ने छाँटकाँट देखाएका छैनन् ।

दुवै नेता मिलेर गठन गरेको कार्यदलको सहमतिलाई समेत नेपालले अस्विकार गरिदिए। नेता नेपालले भने अपमान सहेर कोही पनि बस्न नसक्ने वताउँदै गलत, सबै खालका कुकर्महरू हुँदा हुँदै त्यसलाई सहेर एकता गर्न नसकिने वताएका छन्।

कोही आफ्नो बनेको घरबाट बाहिर निस्कन नचाहने भन्दै उनले भनेका छन्–‘कोही आफ्नो बनेको घरबाट बाहिर निस्कन चाहँदैन, तर अपमान सहेर कोही पनि बस्दैन। गलत, सबै खालका कुकर्महरू हुँदा हुँदै त्यसलाई सहेर कोही पनि बस्न हुँदैन।’

एमालेका २२ सांसदले पार्टीको निर्देशन विपरीत विश्वासको मतको मतदानमा देउवालाई भोट दिएका थिए। त्यसपछि एमालेले नेपालसहितका ती नेताहरूलाई विधान विपरीतका कार्यहरू गरेको भन्दै स्पष्टीकरण सोधेको थियो।

बिहीवार नै ओलीलाई बुझाएको स्पष्टीकरणमा नेपालले विश्वासको मत लिन नसक्दा ‘राजीनामा नदिई, पार्टी र दलको निर्णयबिना नै संविधानका विभिन्न प्रावधान अन्तर्गत आफै प्रधानमन्त्री बन्न खोज्नु पार्टीको विधान र राजनीतिक नैतिकता विपरीतका कुरा’ भएको जनाएका छन्।

केपी शर्मा ओली आममाफी माधवकुमार नेपाल एम्नेष्टी इज ग्रान्टेड

विशेष