समाचार

ओलीले कारवाही गर्ने तयारी गरेपछि नेपालले वोलाए सांसदको वैठक

ओलीले कारवाही गर्ने तयारी गरेपछि नेपालले वोलाए सांसदको वैठक

नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवालाई विश्वासको मत हाल्ने २२ जनालाई ओली पक्षले कारवाही गर्न ठिक्क पारेपछि नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले आफु पक्षका सांसदरुसँग छलफल गर्न लागेका छन् । 

छलफल दिउँसो चार बजे बानेश्वरस्थित एक होटलमा आयोजना गरिएको छ । वैठकले ओली पक्षले कारवाही गरे/नगरे कसरी अगाडि वढ्ने भन्ने विषयमा निर्णय गर्ने जनाईएको छ । नेता नेपालले खास गरी आगामी रणनीति तय गर्न सांसदहरुलाई वोलाएको उनी निकट श्रोतले जनाएको छ ।

सोमबार बसेको एमालेको केन्द्रीय कमिटी बैठकले विश्वासको मत दिने नेता नेपालसहित २२ सांसदलाई अनुशासनको कारवाही गर्न २४ घण्टाको अल्टिमेटम दिएर स्पष्टीकरण सोध्ने निर्णय गरेको छ। विभिन्न तीन प्रकारको ब्यहोरा उल्लेख गरिएको स्पष्टिकरणको चित्त वुझ्दो जवाफ नआए कारवाही गर्ने तयारी ओली पक्षको छ।

आज फेरि बस्न लागेको केन्द्रीय कमिटी बैठले उनीहरूमाथि कारवाही गर्ने ठानिएको छ । त्यही प्रसंगमा नेपालले वैठक वोलाएका हुन । 
 

माधवकुमार नेपाल

विशेष