समाचार अन्तरवार्ता कभर स्टोरी भिडियो

ओलीले सोधेको स्पष्टिकरण चैतको धुपमा पिसाव फेरे जत्तिकै होः मेटमणी चौधरी (अन्तर्वार्ता)

ओलीले सोधेको स्पष्टिकरण चैतको धुपमा पिसाव फेरे जत्तिकै होः मेटमणी चौधरी (अन्तर्वार्ता)

नेकपा (एमाले)को केन्द्रीय कमिटी बैठकले वरिष्ठ नेता माधवकुमार नेपालसहित २२ सांसदलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । ललितपुरको च्यासलस्थित तुलसीलाल अमात्य स्मृति प्रतिष्ठानमा बसेको बैठकले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएको विषयमा २२ सांसदलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको हो ।

केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओलीले २२ सांसदलाई कारबाही गर्ने प्रस्ताव राखेको थिए। त्यसमाथि छलफल गर्दै केन्द्रीय कमिटीले २४ घण्टे स्पष्टीकरण सोध्ने निर्णय गरेको हो । एमाले स्थायी कमिटीले विश्वासको मतको प्रस्तावको विपक्षमा मत दिने निर्णय गरेको थियो ।

माधव नेपाल समुहका सांसदलेभने केन्द्रिय कमिटीले सोमबार सोधेको स्पष्टिकरण नदिने निर्णय गरेको छ । ओली समुहको केन्द्रिय कमिटीले सोधेको स्पष्टिकरणको औचित्य नभएको भन्दै आफुहरु स्पष्टिकरण नदिने माधव समुहका सांसद मेटमणी चौधरीले बताए । उनि भन्छन्, ओलीले सोधेको स्पष्टिकरण चैतको धुपमा पिसाब फेरेको जत्ति कै हो । एकछिनमा वाफ बनेर हराउँछ ।

प्रतिनिधि सभा पुनःस्थापना गरेसँगै सर्वोच्च अदालतले सांसदबाट कारबाही नगर्न आदेश दिएको थियो । देउवालाई विश्वासको मत दिने २२ जनालाई सांसदबाट भने एमालेले कारबाही गर्न सक्दैन । उनीहरूलाई आन्तरिक रूपमा कारबाही गर्न भने सर्वोच्च अदालतको आदेशले छेक्दैन । त्यसैले अध्यक्ष ओलीले पार्टी अनुशासन उल्लंघन गरेको भन्दै कारबाही गर्न केन्द्रीय कमिटी बैठकमा प्रस्ताव गरेका थिए । त्यही अनुसार, स्पष्टीकरण सोधिने भएको हो ।

 

स्पष्टिकरण मेटमणी चौधरी