समाचार यौन-शिक्षा

भारतको यस्तो ठाउँ जहाँ युवती पहिलो पटक महिनावारी हुँदा उत्सव मनाईन्छ 

भारतको यस्तो ठाउँ जहाँ युवती पहिलो पटक महिनावारी हुँदा उत्सव मनाईन्छ 

पीरियड वा महिनावारीलाई लिएर हाम्रो समाजमा निकै भ्रम छन् । धेरै त महिनावारीको समयमा नारीलाई अशुद्ध मानिन्छ । अधिकाशं व्यक्ति रजश्वलाका बारे परम्परासगँ जोडेर विभिन्न काल्पनिक कहानीको कुराकानी गर्छन्, जसको कुनै आधार छैन । सत्य यहि हो कि आज पनि केहि क्षेत्र यस्ता छन् जहाँ छोरीको पहिलो रजश्वलामा खुसि मान्छन् र उत्सवको रुपमा मनाउछन् ।

छिमेकि मुलुक भारतको कर्नाटकको केहि स्थानमा आज पनि एक परम्परा कायमै छ । जव कि छोरीको पहिलो रजश्वलामा उत्सवको आयोजना गर्छन् र खुसि साटासाट गर्छन्, नयाँ नयाँ कपडा किनिदिन्छन्, मिठामिठा परिकार खुवाईन्छ, सुमंगली वा विवाहिता महिलाले रजश्वला भएकी नारीलाई आरती गर्छिन् । यसरी पनि मान्ने गरिन्छ, कि पिरियडको समयमा उनीहरुमा कुनै समस्या नहोस् । केरला र आन्द्र प्रदेशका क्षेत्रमा पनि यस्तै उत्सवको आयोजना गरिन्छ ।

तामिलनाडुमा त ३ दिन उत्सव नै मनाउछन् । त्यहाँ औषधियुक्त पानीले नुहाईन्छ । वरिवरिका छरछिमेक, परिवार जुट्छन्, अनि जन्मदिनमा जस्तै उपहार पनि दिन्छन्, अनि खुसि साटासाट गर्ने गरिएको छ ।

आसाममा यसप्रकार जोरु बिहा को नामले तिहार नै मनाईन्छ । भारतीय परम्परा र संस्कृतिको नाममा पीरियडसँग जोडेर महिला को अशुद्ध वा अछूतको दृष्टिकोणले हेर्ने गरिएको छ ।

महिनावारी महिनावारी दिवस