समाचार विचार

ओझेलमा परेको ‘नेपाल–तिब्बत’ सम्बन्ध 

नारद मधेसी

ओझेलमा परेको ‘नेपाल–तिब्बत’ सम्बन्ध 

भन्ने गरिन्छ— नेपाल–चीन सम्बन्ध भन्दा पनि पुरानो र एैतिहासिक नेपाल–तिब्बत बिचको सम्बन्ध हो । दक्षिणी छिमेकी जस्तै उत्तरसँगको सम्बन्ध पनि ऐतिहासिक, धार्मिक, सांस्कृतिक र भौगोलिक समानतामा आधिरित सम्बन्ध थियो  । जुन अहिले ओझेलमा परेको छ । नेपाल र तिब्बत बिचको सम्बन्धलाई चिनले कुनै प्रकारले  प्रतिस्थापन गर्न सक्दैन । तिब्बतसँगको सौहाद्रता, मित्रता र सहयोग दुवै देशका सिमावर्ती जनता बिचका अन्यान्याश्रीत सम्बन्ध थियो । जुन तिब्बतीकरण पछि धरापमा पर्दै आएको छ । कुनै वेला सिल्क रोडको माध्यमबाट आफगानिस्तानसम्मको व्यापार तिब्बतबाटै भए पनि पनि अहिलेमा उत्तरी नाकाहरु चिनियाँ मर्जीमा खुल्ने र बन्द हुने गरेका छन् । दुबै देशबिच सदियौ देखि चलिआएको परम्परागत सम्बन्ध आर्थिक, धार्मिक, बैबाहिक र भौगोलिक  समानतामा आधिारित थियो । जसलाई अहिलेको चिनीयाँ सरकारसँग तुलना गर्नु अतिसयोक्ति हुन्छ । 

काठमाडौंका राजा अंशुबर्माकी छोरी भृकुटीको बिबाह तिब्बती राजा स्रोङचोङ गम्पोसँग भएको देखिनै नेपालको तिब्बतसँगको बैबाहिक सम्बन्ध रहेको इतिहाँस छ । सातौं शताब्दीका यी महशूर तिब्बती राजाले नेपाल र चीन दुवैतर्फकी राजकुमारीहरूसँग बिहे गरेका थिए । त्यसको गाथा ल्हासाको ‘ओपन–एयर थिएटर’ मा अहिले पनि देखाइने गरिन्छ । स्यामुकापुझैं उत्तरी छिमेकसँगको इतिहाँसको चिनारी बोकेको अर्को प्रतीक हो— नेपाली वाणिज्य दूतावास । नेपाल–तिब्बत व्यापारलाई सहजीकरण गर्ने उद्देश्यले सन् १८५६ मा भाखोरमै खोलिएको थियो । जसलाई त्यसबेला नेपाली वकिलको कार्यालय पनि भनिन्थ्यो । वकिल अर्थात् उसबेलाका नेपाली राजदूत । सन् १९५५ मा कम्युनिस्ट चीनसँग कूटनीतिक सम्बन्ध स्थापना गरेपछि त्यसैलाई वाणिज्य दूतावास बनाइयो, जो अहिले पनि तिब्बत भरिको एक मात्र विदेशी कूटनीतिक नियोगको रूपमा क्रियाशील छ । तर त्यो अचेल भाखोरमा छैन । अलि पर दलाई लामाको समर प्यालेस रहेको नोर्बुलिंकामा सारिएको छ । तिब्बतमा कुनै बेला नेपाली मुद्रा पनि चल्थ्यो, अनि त्यहाँका नेपालीको झैझगडा या मुद्दा–मामिला हेर्न पाउने कार्याधिकार समेत नेपाली वकिललाई थियो । तिब्बतका नेपालीलाई दसैं र ल्होसारका बेला चामल, घिउ, मैदा आदि बाँड्ने चलन वाणिज्य दूतावासले बसालेको रहेछ । ल्हासा र सिगात्सेमा व्यवसाय र वैदेशिक रोजगारी गरिरहेका करिब १६० भन्दा बढी नेपालीहरू अहिले पनि छन्, जो होटल, रेस्टुरेन्ट, हस्तकलाका सामग्री, ब्युटिपार्लर आदिमा संलग्न छन् । 

नेपालको उत्तरी छिमेक आफैमा स्वतन्त्र मुलुक थियो, जसको नेपालसँगको सम्बन्ध वास्तविक स्वतन्त्रमा अधारित थियो । तर सन् १९४९ मा चीनीयाँ कम्युनिस्टको आक्रमण पछि उक्त हिमाली क्षेत्रको परिस्थति फेरियो अनि विवादको इतिहासको जग त्यहीँबाट सुरु भएको हो ।

सन् १९५० अक्टुबर ७ तारिखमा माओत्सेतुङको सेना तिब्बत पस्यो। सैनिकहरूले अक्टुबर १९ मा चाम्डु सहरबाहिरको क्षेत्र आफ्नो नियन्त्रणमा लिएपछि तिब्बतीहरुको राष्ट्रियता धरापमा परेको हो । झन्डै आठ महिनासम्म चीनको कब्जा र बढ्दो दबावमाँझ तिब्बतका धार्मिक नेता दलाईलामा सन १९५९ मा आफ्नो मातृभूमि छाडेर भागेपछि शरणर्थी बन्न पुगेका हुन । त्यसपछि चिनले आफ्नो अधिपत्य स्थापित गर्न विभिन्न षडयन्त्रहरु गर्दै तिब्बतको आन्दोलन दबाउन लागी परेको हो ।

नोबेल शान्ति पुरस्कार विजेता दलाई लामा चिनले दाबी गर्दै आएको सन्धिलाई अमान्य मान्छन ्। त्यो आफुले गरेको हस्ताक्षर एउटा असहाय सरकारमाथि दबाव दिएर इच्छाविपरीत गराइएको सन्धि मात्रै भएको बताउने गरेका छन् । १५ बर्षको उमेरमा चिनले आफ्नो घेरामा पारेर गरेको  सम्झौतालाई निर्वासित तिब्बती समुदाय त्यसलाई ’आक्रमण र कब्जा’को संज्ञा दिदै आएको छ ।

विवादको आरम्भ
हिमालयको उत्तरमा रहेको तिब्बत १२ लाख वर्ग किलोमिटर क्षेत्रमा फैलिएको आफैमा सार्वभौम स्वतन्त्र राज्य हो ।  त्यसको इतिहासमा कैयौँ आरोह र अवारोह छन्। सन् १९५१ त्यस क्रममा पहिलो विद्रोह भयो। तिब्बतीहरूले चिनियाँ शासन मान्न अस्वीकार गरे। विद्रोह बढ्दै गयो र हजारौँ मानिसको ज्यान गयो। चीनको जनमुक्ति सेनाको हस्तक्षेप र दुई साता चलेको भयङ्कर हिंसापछि विद्रोह दबाउन चीन सफल भयो। चिनियाँ सेना बलियो थियो। दलाई लामा देश छाडेर भारतमा शरण लिन बाध्य भए । त्यस दिनलाई तिब्बतमा एउटा दुःखद दिन मानिन्छ । उक्त दिनले तिब्बती नागरिकहरुको मुटुमा राष्ट्रियता अपहरितको घाउ बनाएको छ । जुन असन्तोष अहिलेसम्म पुरिएको छैन । त्यही दिन तिब्बती नागरिकहरुले आफ्नो स्वतन्त्रता आधिकारिक रूपमा गुमाएका हुन । र त्यसपछि चीनको कब्जामा रहेको तिब्बतको वातावरण बिग्रिन थाल्यो । सन् १९५६ देखि सन् १९५९ को मार्च १० सम्म तिब्बतीहरूको आक्रोश उच्च थियो । जसको बिरोधमा अहिलेसम्म फ्रि तिब्बत आन्दोलन निरन्तर हुदै आएको छ ।

तिब्बत माथी चिनको आक्रमण 
तिब्बत र चीन मामिलाका जानकार स्वतन्त्र विशेषज्ञ केट स्यान्डर्सका भनाइमा सन् १९४९ मा कम्युनिस्ट सेना पूर्वी (खाम) र उत्तरी (आम्डो) तिब्बतमा पसिसकेका थिए । जुन इलाका त्यतिबेला तिब्बती सेनाको कब्जामा थिए। स्यान्डर्सका अनुसार, “तिब्बती सेनाले चीनको सेनासँग अन्त्यसम्म लडेको तर चिनियाँ सेनाले पूर्ण रूपमा सिद्याएपछि चिनियाँ अधिपत्य स्थापित भएको हो । माओले सत्ता सम्हालेसँगै तिब्बतमा कब्जा गर्नु उनको एउटा उद्देश्य थियो। किनकि त्यो रणनीतिक क्षेत्र पनि थियो त्यसबेला जसलाई चिनले आफ्नो दक्षिण–पश्चिम सीमा मान्ने गरेको थियो ।

सङ्घर्ष कसरी सुरु भयो ?
तेह्रौँ शताब्दीमा तिब्बत मङ्गोल साम्राज्यको भाग थियो। तर पछि प्रायः स्वायत्त रह्यो। सन् १८५० मा रुस र ब्रिटेनबीच मध्य एशियामा आधिपत्य जमाउने प्रतिस्पर्धा सुरु भयो र तिब्बत सरकारले विदेशीका निम्ति आफ्नो सीमा बन्द ग¥यो, उनीहरूको प्रवेशमा प्रतिबन्ध लगायो। तर सन् १९६५ मा ब्रिटेनले धेरै चतुरतापूर्वक त्यस क्षेत्रको नक्साङ्कन गर्न सुरु ग¥यो। सन् १९०४ मा दलाई लामाले कोर्नेल फ्रान्सिस यङ्हस्ब्यान्डको नेतृत्वमा चलिरहेको ब्रिटिश सैन्य अभियानलाई खोलिदिए। त्यसपछि संयुक्त अधिराज्य ब्रिटेनले कुनै पनि रुसी प्रस्ताव रोक्नका निम्ति तिब्बतलाई एउटा व्यापार सम्झौतामा हस्ताक्षर गर्न बाध्य पा¥यो । दुई वर्षपछि ब्रिटेन र चीनबीच एउटा सन्धिमा हस्ताक्षर भयो जसमा ब्रिटेनले तिब्बतसँग जोडिएको मुद्दामा कुनै हस्तक्षेप नगर्ने प्रतिबद्धता चीनसँग जनायो। उक्त सन्धिले तिब्बतमाथि चीनको कब्जालाई अनुमति दियो । सन् १९०८ र १९०९ बीच चीनले १३ औँ दलाई लामालाई बहाल ग¥यो तर चीनले तिब्बतमा आफ्नो सेना पठाएपछि भागेर भारत गए । सन् १९१२ एप्रिलमा चिनियाँ सेनाले तिब्बती शासनका अगाडि घुँडा टेक्यो। किनकि त्यस बेला चीनमा तात्कालिन सत्ताको अन्त्य भई रिपब्लिक अफ चाइनको उदय भएको थियो। जब चीनको सेना देश फर्कियो अनि दलाई लामा पनि तिब्बत फर्किए। तिब्बतको निर्वासित सरकारका भनाइमा चीनले सन् १९१३ मा तिब्बतलाई पूर्वस्वतन्त्र देशको रूपमा मान्यता दिएको थियो।

तिब्बतको आफनै खालको ‘राष्ट्रियता र पहिचान’
तिब्बतको राष्ट्रियता आधुनिकता भन्दा पनि परम्परागत खालको छ । उसँग विश्वको सबैभन्दा भिन्न किसिमको संस्कृति छ । त्यहाँको भाषा, धर्म र राजनीतिक प्रणाली निकै अनौठो छ। सन् १९१३ मे महिनामा १३ औँ दलाई लामाले तिब्बत एउटा स्वतन्त्र देश भएको घोषणा गरेका थिए। त्यसको आफ्नै राष्ट्रिय झण्डा, मुद्रा, राहदानी र सेना थियो । कैयौँ वर्ष स्वतन्त्र रुपमा चलेको तिब्बती सरकार माथी निर्ममता पूर्वक दमन गरियो । चीनको शासनकालमा १२ लाख भन्दाबढी तिब्बतीहरुको हत्या गरिएको दलाइलामा सरकारले भन्दै आएको छ ।

नेपाल–चीन सम्बन्ध 
हाम्रो उत्तरतर्फ सम्बन्ध अठारौँ शताब्दीसम्म त तिब्बतसँग मात्र थियो । बहादुर शाहको पेलान खेप्न नसकेर तिल्मिलाएको तिब्बतको आह्वानमा आएको चिनियाँ सेनासँगको जम्का भेट पश्चात् चीन र नेपाल आमने–सामने भए । चिनियाँ सेनाको चेपुवामा तिब्बत–नेपाल–चीनबीच भएको सन् १७९२ को बेत्रावती सन्धिको पाँचौँ बुँदामा नेपालमाथि कुनै विदेशीले आक्रमण ग¥यो भने चीनले नेपाललाई सहयोग गर्नेछ भन्ने उल्लेख छ । तर, २२ वर्षपछि भएको नेपाल–अंग्रेज युद्धमा नेपालको याचनाका बाबजुद चीनले सघाएन, परिणामस्वरूप नेपालले ठूलो भूभाग गुमाउँदै १८१६ मा सुगौली सन्धि गर्न बाध्य हुनुप¥यो । जगतबम पाण्डे मार्फत बेइजिङ पठाइएको पत्रमा लेखिएको थियो, ‘अंग्रेज हामीलाई उसको प्रभुत्व या सुजरनिटी स्विकार्न बाध्य पार्दै छ, सके कलकत्ता आक्रमण गर नत्र भने हामीलाई सात आठ करोड सहयोग गर । हामीले त्यति सहयोग पाए काठमाडौंमा रहेको ब्रिटिस रेजिडेन्ट हटाउन र उसमाथि आक्रमण गर्न सक्छौँ ।’ 

अन्त्यमा चीनप्रति नेपालीको धारणा असाध्यै सकारात्मक छ, सकारात्मक हुनु आफैँमा सकारात्मक हो । सकारात्मक सोचले द्विपक्षीय सम्बन्ध बलियो बनाउँछ । तर, ऐतिहासिक तथ्य राम्रै मात्र देखाइए जनअपेक्षा बढेर जान्छन्, अपेक्षा पूरा नहुँदा भयंकर निराशामा परिणत हुने जोखिम हुन्छ । इतिहासको विश्लेषणले मात्र न द्विपक्षीय सम्बन्ध सुमधुर हुन्छ, न त नेपालले चीनसँगको सम्बन्धलाई राष्ट्रहितका पक्षमा ल्याउन सक्छ । बराजु पुस्ताले व्यहोरेको भन्दा थप व्यापारी भएर आएको चीन हाम्रो कति सहयोगी बन्छ भन्ने बुझ्न तिब्बतीहरुको हबिगतले सहजै अनुमाना लगाउन सकिन्छ। त्यसकारण पनि ओझेलमा परेका तिब्बतीहरुको मानव अधिकारको पक्षमा सहि अवाजलाई समर्थन गर्नु नै असल छिमेकिको धर्म पनि हो । अरू त समयले बताउँदै जानेछ ।

नारद मधेसी नेपाल–तिब्बत सम्बन्ध