समाचार कभर स्टोरी

सार्वजनिक यातायातमा २८ प्रतिशत भाडा वृद्धि गरेर बालकोट गए ओली

सार्वजनिक यातायातमा २८ प्रतिशत भाडा वृद्धि गरेर बालकोट गए ओली

यातायात व्यवस्था विभागले सार्वजनिक सवारीको भाडादरमा भारी वृद्धि गरेको छ । हाल कायम रहेको मूल्यमा २० देखि २८ प्रतिशतसम्म भाडादर वृद्धि गरिएको हो । विभागका अनुसार यात्रुबाहक सवारीको भाडा सबैभन्दा बढी २८ प्रतिशतले बढेको छ ।

सार्वजनिक यातायातको भाडा वृद्धि भएको सुचना सञ्चार माध्यममा  बिहीबार सार्वजनिक भएपनि ओली नेतृत्वको मन्त्रिपरिषदले असार २७ गते  निर्णय गरेको थियो । वर्तमान प्रधानमन्त्रि शेरबहादुर देउवा २९ गते प्रधानमन्त्री नियुक्त भएका हुन् । केही सञ्चार माध्यममा शेरबहादुर देउवा नेतृत्वको सरकारले भाडा वृद्धि गरेको उल्लेख गरेको छन् । यातायात व्यवस्था विभागको पत्रमा असार २७ गते भाडादर वृद्धि सम्बन्धी प्रस्तावमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सहमति दिएको उल्लेख छ । 

यातायात व्यवस्था विभागले जारी गरेको पत्रमा पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारीको भाडा २० प्रतिशत वृद्धि गरिएको छ ।

तराईको बाटोमा सञ्चालन हुने मालवाहक सवारीको भाडा २६ प्रतिशतले बढाइएको विभागका प्रवक्ता लोकनाथ भुसालले बताए ।

सार्वजनिक यातायात सञ्चालनसँग सम्बन्धित लगानी तथा खर्च समबन्धमा विभागले गरेको बजार अध्ययन, विश्लेषण, सरोकारवाला पक्षसँग गरिएको परामर्शका आधारमा भाडा समायोजन गरिएको विभागको दाबी छ ।

श्रमिकको पारिश्रमिक, इन्धन, टायर, ब्याज, सञ्चालन खर्च, ह्रासकट्टी र सञ्चालन मुनाफा लगायत मुख्य सूचकहरूमा देखिएको मूल्यवृद्धिको आधारमा भाडामा समायोजन गरिएको विभागको भनाइ छ ।

असार २७ गते यससम्बन्धी प्रस्तावमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सहमति दिएको प्रवक्ता भुसालले बताए ।

२८ प्रतिशत भाडा वृद्धि

विशेष