समाचार कभर स्टोरी प्रदेश ७

सुत्केरी व्यथाले च्यापेकी महिलालाई गाडीले आधाबाटो मै छोड्यो, सडक मै सुत्केरी भईन कौशिल्ला 

सुत्केरी व्यथाले च्यापेकी महिलालाई गाडीले आधाबाटो मै छोड्यो, सडक मै सुत्केरी भईन कौशिल्ला 

बझाङको सदरमुकाम चैनपुरमा एक महिला बिच सकडक मै सुत्केरी हुनु परेको छ । जयपृथ्वी नगरपालिका वडा नम्बर ११ की कौशिल्ला खड्का सोमबार बेलुका जिल्ला प्रशासन कार्यालय नजिकै सडकमा सुत्केरी भएकी छन् ।


जयपृथ्वी नगरपालिका ११ की खड्कालाई प्रसव व्यथाले च्यापेपछि उनका आफन्तले स्थानिय रुटमा चल्ने जीबमा राखेर अस्पताल हिँडेका थिए । तर, जीवले महिलालाई अस्पताल नपुर्याएर बिचबाटोमा झारेपछि कौशिल्ला सडक मै सुत्केरी हुन बाध्य भएकीछन् । 

कौशिल्लालाई व्यथाले च्यापेपछि अस्पताल हिँडेका उनिहरुलाई गाडीले आधाबाटो मै छोडेको उनकी शासु जुनधारा खड्काले बताएकी छन् । 


सोमबार बेलुका करिब ६ बजेतिर कौशिल्ला सडक मै सुत्केरी भएको भन्दै स्थानियले जानकारी गराएपछि जिल्ला अस्पताल बझाङका अहेव पुष्पराज सुवेदी र वन कार्यालयका कर्मचारीहरुले ती महिलालाई उद्धार गरेर अस्पताल लगेका थिए । 


सुत्केरी व्यथाले च्यापेकी महिलालाई बिचबाटो मै छोडेर अलपत्र पारेको भन्दै गाडी चालकको बारेमा मानिसहरु टिप्पणी गरिरहेका छन् ।