समाचार

जसपाका अध्यक्ष ठाकुर र नेता महतो विरुद्ध कीर्ते जालसाजी मुद्दा

जसपाका अध्यक्ष ठाकुर र नेता महतो विरुद्ध कीर्ते जालसाजी मुद्दा

जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो विरुद्ध कीर्ते जालसाजी मुद्दा दर्ता गर्ने तयारी भईरहेको खुलासा भएको छ ।

जनता समाजवादी पार्टी निकट कानून व्यवसायीले महन्थ–महतो समूह विरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्धा दर्ता गर्ने तयारी गरेका छन ।

अध्यक्ष ठाकुर र नेता महतोले अर्कै प्रयोजनका लागि गरेको हस्ताक्षरको दुरुपयोग गरेको भन्दै संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई, अर्का अध्यक्ष उपेन्द्र यादव समूह निकट कानून व्यवसायीले अदालतमा मुद्दा दर्ता गर्न लागेका हुन्। ठाकुर र महतो अहिले कार्यकारीणी समितिमा अल्पमतमा परेका छन् ।

भट्टराई–यादव समूहको तर्फबाट संघीय कानून व्यवसायी संघका अध्यक्ष दिपक राईलगायतका अधिवक्ताहरुले मुद्दा दर्ताका लागि तयारी शुरु गरेको जानकारी दिएका छन्।
 

जनता समाजवादी पार्टी महन्थ ठाकुर राजेन्द्र महतो कीर्ते जालसाजी मुद्दा