विदेश Breaking News मुख्य समाचार राजनीति

बिन लादेनको मृत्यु भएको १० वर्ष बितिसक्दा पनि जीहादीहरु सक्रिय

बिन लादेनको मृत्यु भएको १० वर्ष बितिसक्दा पनि जीहादीहरु सक्रिय

 

पेरिस । अलकायदाका संस्थापक ओसामा बिन लादेनलाई अमेरिकी सेनाले पाकिस्तानमा खोजी गरेर हत्या गरेको एक दशक बितिसक्दा पनि अझै जिहादीहरु सक्रिय देखिएका छन् । उनीहरुले अझै पनि अतिवादलाई विश्वभ। फैलाइरहेका छन् । 

उनको हत्यापछि उनलाई अमेरिकी वायुसेनाको विमानमा लगेर अरेबियन समुद्रमा गाडिएको थियो । उनको कुनै पनि प्रतिमा नबनाइयोस् भने अमेरिकी सेनाले यस्तो गरेका भए पनि बिन लादेन अझै केही अतिवादी इस्लामिक समूहका लागि भने एक उदाहरणका प्रतिक बनेका छन् । 

अमेरिकास्थित अमेरिकन इन्टरप्राइजेज् इन्स्टिच्युटको क्रिटिकल थ्रेट प्रोजेक्टका सल्लाहकार कथरिन जिम्मरम्यानले ओसामा बिन लादेनलाई सार्वजनिकरुपमा उनको व्यक्तिगत छवीलाई पूर्णरुपमा सिध्याइएको बताएका छन् । उनका अनुयायीहरुले उनको बाटो नपछ्याउन भन्नका लागि यस्तो गरिएको भए पनि उनको मृत्युको यति धेरै वर्षपछि पनि जिहादीहरु सक्रिया रहेको छन् ।

तर, उनले नै स्थापना गरेको अलकायदाजस्तो जिहादी समूहमा लागेकाहरुलाई उनलाई चिनाउन सधैै एके४७ बोकेको मुस्लिमको परम्परागत पहिरनमा देखाउने गरिएको छ । सन् २००१ सेप्टेम्बर ११ मा जब बिन लादेनको निर्देशनका अलकायदाले अमेरिकामाथि आक्रमण गर्यो, त्यसपछि पश्चिमा राष्ट्रहरुले अतिवादी इस्लामहरुलाई सिध्याउनका लागि करोडौं रुपैयाँ खर्च गरेको थियो । 

तर, पश्चिमा राष्ट्रहरुले सोचेजस्तै गरि जिहादीहरु सकिएका छैनन् । उनीहरु विभिन्न स्वरुपमा देखिएका छन् भने पश्चिमा राष्ट्रका विभिन्न क्षेत्रहरुमा अझै पनि आक्रमण गरिरहेका छन् । जब जो बाइडेनले सन् २००१ सेप्टेम्बर ११ मा भएको आक्रमणको २० औं वर्षगाँठका अवसरमा अफगानिस्तानबाट अमेरिकी सेना फिर्ता गर्ने घोषण गरे, हालसम्म कसैले पनि आफ्नो जितको घोषणा गर्न सकेका छैनन् । 

उक्त क्षेत्रमा फेरि जिहादीहरुको सक्रियता बढ्न सक्ने र आतंकवादले यस क्षेत्रका अन्य मुलुकहरुलाई पनि ठूलो क्षति पुर्याउनसक्ने बताइएको छ ।