समाचार

अनियमितताको पर्दाफास हुने डरले राजीनामा दिनुअघि सट्याक सुटुक विवाह गरे सहकारी वैंकका सिइओले

अनियमितताको पर्दाफास हुने डरले राजीनामा दिनुअघि सट्याक सुटुक विवाह गरे सहकारी वैंकका सिइओले

राष्ट्रिय सहकारी वैंक लिमिटेडका सिइओ (प्रमुख कार्यकारी अधिकृत) बद्रि कुमार गुरागाईंले पदवाट राजीनामा दिने चर्चा सुरु भएको छ। राजीनामा दिनु पर्ने स्पष्ट कारण वाहिर नआएपनि उनले राजीनामा दिन चाहेको विषय सार्वजनिक चासोको विषय भएको छ ।

राष्ट्रिय सहकारी वैंकको ऋण प्रवाहमा अनियमितता गरेको चर्चा सुरु भएपछि त्यसले अर्को रुप लिनु पुर्वनै सिइओ गुरागाईले राजीनामा दिन चाहेको वैंक श्रोतले जनाएको छ। उनी माथि ऋण प्रवाहमा कमिशन असुल गरेको आरोप छ।

सहकारी वैंकले सामान्यतया आफ्ना सदस्य सहकारीसँग मात्रै कारोवार गर्ने प्रावधान छ। तर, सिइओ गुरागाईले कमीसनका लागि ब्यक्तिसँग डिल गर्ने र अनियमित तरिकाले सहकारी मार्फत ऋण प्रवाह गर्ने गरेको श्रोतको दावी छ । सर्व प्रथम ब्यक्तिसँग कमिशनको रेट निर्धारण गर्ने, त्यसपछि कुनै सहकारीको सदस्य वन्न लगाएर सोहि सहकारीलाई ऋण लगानी गर्ने र सहकारीसँगको सेटिङ्गमा ब्यक्तिसम्म ऋण पुर्याउने गरेको उनी माथि आरोप छ।

उप–प्रमुख कार्यकारी अधिकृतको पदमा बैंक प्रवेश गरेका गुरागाई करिव अढाई वर्ष अघि प्रमुख कार्यकारीमा नियुक्त भएका थिए। उनलाई ०७७ जेठ २८ गते दोस्रो पटक नियुक्त गरिएको हो । यस विचमा उनले वैंकवाट राजीनामा पनि दिएका थिए । आफनै श्रीमतीले मानाचामल भराउन माग गर्दै अदालतमा मुद्दा दर्ता गरेपछि उनले उक्त मुद्दा छल्न वैंकवाट राजीनमा दिएका थिए । अदालतले गुरागाईको तलवका वारेमा जिज्ञासा राखेपछि वैंकले गुरागाई आफनो वैंकमा कार्यरत नै नरहेको भन्दै जवाफ दिएको थियो ।

लगत्तै गुराईगाई वैंकमा पुनः नियुक्त भए। राजीनामा र पुनर्नियुक्तिको यस खेलमा पनि उनले वैंकमा निकै ठुलो चलखेल गरेको श्रोतको दावी छ। गुराईगाईले रकमको चलखेल गरी मुद्दावाट जोगिन राजीनमा र पुनः नियुक्तिसम्म गराएको पाईएको छ । यहि मेसोमा उनले श्रीमतीसँग सम्वन्ध विच्छेद गरेर अर्को विवाह समेत गरिसकेको जनाईएको छ। पदमा नहुँदा कानुनी जन्जालमा फसिने डरले उनले सिइओ हुँदै हतार–हतार दोस्रो विवाह गरेको परिवारकै सदस्यहरु वताउँछन्।

गुरागाईले निकै मेहनत गरेर चार्टर एकाउण्टेनसम्मको पढाई सम्पन्न गरेका छन् । पेशाले उनी सिए हुन्। उनी सामान्य अवस्थावाट अहिलेको अवस्थामा आईपुगेका हुन् । उनका वुवाआमाले ‘अहिले खाए भरे के खाउँ’ को अवस्थामा उनलाई दुःख गरेर पढाएका हुन । सहकारी वैंकमा प्रवेश गर्नु अघि उनले नेपाल परिवार नियोजन संघमा समेत काम गरेका थिए। सामान्य परिवारवाट संघर्ष गर्दै त्यहाँ पुगेका उनले आफ्नो इमान्दारीतालाई कायम राख्न नसक्दा परिवार नियोजन संघवाट राजीनामा दिनु परेको स्रोतको दावी छ । 

संघमा रहँदा उनले करोडौं अनियमितता गरेको आरोप छ। सो काण्डमा गुरागाई लामो समयसम्म प्रहरीको फरार सुचिमा समेत थिए। उक्त मुद्दा हालसम्म पनि टुङ्गिएको छैन। यहि समयमा उनको जेठी श्रीमतीसँग सम्वन्ध चिसिएको पाईएको छ । वैंकमा प्रवेश गर्दासम्म दम्पत्ति विचको सम्वन्ध कुटाकुटको अवस्थामा पुगेको थियो । सधैंको कुटपिट र यातनाका कारण श्रीमतीले वैंकमा पनि गुनासो गरेकी थिईन। तर, वैंकले पनि उनको गुनासो सुनुवाई गरेन। पछि मानाचामलका लागि दर्ता गरेको मुद्दामा पनि ‘राजीनमाको षडयन्त्र’ गरेर वैंकले गुरागाईलाई वचाएको पाईएको छ ।  

संघको यहि प्रकरणका कारण गुरागाईले सन २०१८ को नेपाल चार्टड एकाउन्टेन्ट्स संघ (एक्यान) को निर्वाचनमा अध्यक्षमा पराजित हुनु परेको थियो । प्रतिद्वन्द्वीले यहि विषयलाई प्रचार गरेर उनलाई हराएका थिए। प्रतिद्वन्द्वीले फेसवुक पेज वनाएर उनको अनियमितता काण्ड प्रचार गर्न थालेपछि ‘आफुमाथि मानहानी भएको’ भन्दै गुरागाई प्रहरी कार्यालयसम्म पुगेका थिए । तर पनि आनन्द शर्मा वाग्लेसँग उनी पराजित हुनु परेको थियो ।

पछिल्लो समय वैंकवाट पनि राजीनामा दिन खोजेको प्रशंगले उनी प्रति पुनः आशंकाहरु उत्पन्न भईरहेका छन् । त्यसो त कार्यालयमै पनि उनको छवी त्यति राम्रो छैन। उनीमाथि महिला कर्मचारीप्रति कुदृष्टि राख्ने गरेको आरोप लाग्ने गरेको छ। उनको राजीनामाको प्रसंगसँगै यो कोणवाट पनि आशंकाहरु उत्पन्न हुन थालेका छन् ।

अर्कोतर्फ गुरागाईले वैंकमा पनि ठुलै काण्ड गरेको र त्यसवाट उन्मुक्ति नपाउने अवस्था आएपछि पहिलै राजीनामा दिन चाहेको उनको वारेमा जानकाहरुको आशंका छ ।

बद्रि कुमार गुरागाईं राष्ट्रिय सहकारी वैंक लिमिटेड सहकारी अनियमितता