समाचार अर्थ बैंकिङ

लालीगुराँस सहकारीमा सम्पत्ति सुद्धिकरण विभागको छानविन, सहकारी वैंकका सिइओ पनि तानिँदै !

लालीगुराँस सहकारीमा सम्पत्ति सुद्धिकरण विभागको छानविन, सहकारी वैंकका सिइओ पनि तानिँदै !

ललितपुरको ललितपुर महानगरपालिका स्थित लालीगुराँस वहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका प्रमुख कार्यकारी निर्देशक सुरेन्द्र भण्डारी तथा केहि सञ्चालक समितिका सदस्यहरुको वारेमा सम्पत्ति सुद्धिकरण अनुशन्धान विभागले छानविन गरिरहेको सुचना वाहिर आएको छ।

विभागले कुन विषयमा केन्द्रित भएर छानविन अगाडि वढाएको हो ? भन्ने विषयमा एकिन नभएपनि प्रमुख कार्यकारी निर्देशक भण्डारी र केहि सञ्चालक समितिका सदस्यहरुको मिलेमतोमा जथाभावी ऋण लगानी गरेको र शेयर सदस्यहरुको वचत÷लगानी जोखिममा पारेको आरोप लाग्दै आएको छ ।

सञ्चालकहरुकै संलग्नतामा सहकारी संस्थाले अनावश्यक क्षेत्रमा लगानी गरेको गुनासो वढिरहेका वेला विभागको छानविनको सूचना वाहिर आएको हो । श्रोतका अनुसार राष्ट्रिय सहकारी वैंक लिमिटेडका सिइओ (प्रमुख कार्यकारी अधिकृत) बद्रि कुमार गुरागाईसँगको सेटिङ्गमा धितो मुल्यांकनमै कैफियत गरी ऋण लगानी गर्दा असुलीमा समेत समस्या देखिदै आएको छ।

ऋण लगानीमा सहकारीका वैंकका सिइओ गुरागाई, भण्डारी तथा केहि सञ्चालकहरुले सेटिङ्गमा काम गर्ने गरेको जनाईएको छ। ब्यक्तिसँग कमिसनको डिल गर्ने, त्यसपछि सहकारीमा ऋणका लागि फाईल मगाउने र सवैको मिलेमतोमा लगानी गर्ने गरिएको स्रोतले जनाएको छ। त्यसै अनुरुप सहकारीले पनि वैंकमा ऋण माग गर्ने र त्यसको सम्पुर्ण ब्यवस्थापन सिइओ गुरागाईले मिलाउने गरेको जनाईएको छ ।


यस वाहेक डिभिजन सहकारी कार्यालय लगायतका नियमनकारी निकायलाई पनि दवाव र प्रभावमा पारेर अनैतिक काम हुने गरेको आरोप छ।
 
सहकारी संस्थामा अमरसदास श्रेष्ठ अध्यक्ष, रामकृष्ण वाराही उपाध्यक्ष, सुरेन्द्र भण्डारी सचिव, रविशमसेर थापा कोषाध्यक्ष तथा अमृतकुमार अर्याल र हजुरी विष्ट सदस्य छन् ।

लालीगुराँस वहुउद्देश्यीय सहकारी संस्थाले हाल व्यापारिक कर्जा, भवन निर्माण कर्जा, औद्योगिक कर्जा, हायर पर्चेज कर्जालगायतमा लगानी गर्नु र शेयर सदस्यहरुको आर्थिक उपार्जनमा कम ध्यान दिनुले पनि आरोपलाई पुष्टि गर्ने जानकारहरु वताउँछन् ।

सहकारीको नीति तथा सिद्धान्त विपरीत ऋण लगानी गर्दा पुँजी नै डुब्ने अवस्था आएको सहकारीको आन्तरिक सुत्रले जनाएको छ । ‘व्यापारिक, भवन निर्माण र औद्योगिक कर्जाका नाममा मनलाग्दी ऋण प्रवाह गरिएको छ’ सहकारीको ब्यवस्थापकिय टिमसँग निकट एक ब्यक्ति भन्छन–‘संस्थाको ऋण लगानी गर्ने शैली हेर्दा कुनै पनि एंगलवाट सहकारीको जस्तै लाग्दैन। कर्पोरेट शैलीमा लगानी गरिएको छ। ब्याजसँगै सावाँ पनि डुब्ने खतरा छ ।’

करिव २० हजार शेयर सदस्य रहेको लालीगुराँस वहुउद्देश्यीय सहकारी संस्थालाई समयमै लगाम नलगाउने हो भने शेयर सदस्यहरुको लगानी वालुवामा पानी खन्याए सरह हुने सहकारीका एक कर्मचारी वताउँछन् ।

यस विषयमा सहकारी संस्थाका प्रमुख कार्यकारी निर्देशक सुरेन्द्र भण्डारीसँग जानकारी लिन खोज्दा उनी सम्पर्कमा आउन चाहेनन्। तर, राष्ट्रिय सहकारी वैंक लिमिटेडका सिइओ (प्रमुख कार्यकारी अधिकृत) बद्रि कुमार गुरागाईंले भने आरोपलाई अस्विकार गरे। 

उनले सहकारीका सञ्चालक सदस्य र प्रमुख कार्यकारी निर्देशकका विषयमा छानविन भईरहेको विषय पनि आफुलाई जानकारी नभएको वताउँदै राष्ट्रिय सहकारी वैंकले सहकारीमा ऋण लगानी गरेको चाहिँ सत्य भएको वताए । तर, कति लगानी छ भन्ने विषय भने सहकारीको अनुमति विना जानकारी दिन नमिल्ने उनको भनाई छ।

यो पनि

सहकारीमा अनियमितता: मनलाग्दी लगानी गर्दा लालीगुराँसको पुँजी जोखिममा

सुरेन्द्र भण्डारी सहकारी अनियमितता लालीगुराँस वहुउद्देश्यीय सहकारी संस्था लिमिटेड सम्पत्ति सुद्धिकरण अनुशन्धान विभाग बद्रि कुमार गुरागाईं राष्ट्रिय सहकारी वैंक लिमिटेड