व्यापार

जउबासंघको निर्वाचनमा उम्मेदवारहरु बजारमा शक्ति प्रर्दशन गरे

जउबासंघको निर्वाचनमा उम्मेदवारहरु बजारमा शक्ति प्रर्दशन गरे


जनकपुरधाम
जनकपुरका व्यापारीहरुको साझा संस्था जनकपुर उद्योग वाणिज्य संघको निर्वाचनको पुर्वसध्न्यामा जनकपुरमा दिउसो उम्मेदवारहरुले शक्ति प्रदर्शन गरेका  छन । निर्वाचन शनिवार गोपाल धर्मशालामा हुदै छ । उनिहरुले जनकपुरमा मुख्य बजारहरुमा रोड शो गरेका छन ।

उनिहरुले आ आफनो पक्षमा मतदान गर्नको लागि मतदाताहरुलाई अपिल गर्दै शक्ति प्रदर्शन गरेका छन । घर दैलो अभियान पछि निर्वाचनको एक दिन पुर्व उनिहरुले रोड शो गरेका छन । 
जनकपुरधाम उद्योग वाणिज्य संघको निर्वाचनमा अध्यक्ष पदका लागि जितेन्द्र कुमार महासेठ र जितेन्द्र प्रसाद साहले उम्मेदवार रहेका छन ।  महासेठ वर्तमान कार्यसमितिका महासचिव हुन भने साह वर्तमान कार्यसमितिको बरिष्ठ उपाध्यक्ष । दूबै बिच अध्यक्ष पदका लागि कडा प्रतिस्पर्धा हुने व्यवसायीहरु बताउँछन् ।
त्यस्तै, वरिष्ठ उपाध्यक्ष पदका लागि मनिषरमण साह र सुरेन्द्र कुमार भण्डारीले उम्मेदवार रहेका छन ।  त्यस्तै उपाध्यक्ष पदका लागि श्याम प्रसाद साह, लक्ष्मण साह, अनिल कुमार प्रधान, अम्भु प्रसाद साह, रमेश कुमार यादव, संतोष कुमार साह र फुलगेन साह गरी ७ जना उम्मेदवार मैदानमा रहेका छन ।  
महासचिव पदमा कृष्ण मुरारी साह, मनोज कुमार साह, रामकुमार महासेठ, अशोक कुमार चौधरी, सुधिर पजियार, मनोज कुमार साह र मनोज कुमार साह सहित ७ जना उम्मेदवार मैदानमा रहेका छन ।  सचिव पदमा लागि गोपी कुमार साह (चन्दन), संतोष कुमार महासेठ र फुलदेव पण्डित गरी ३ जनाको उम्मेदवार रहेका छन  भने कोषाध्यक्ष पदका लागि परमेश्वर साह (आशा), मनोज कुमार शर्मा र विजय कुमार साहसहित ३ जनाले उम्मेदवार रहेका छन । कार्यकारिणी सदस्य पदका लागि रमेश महतो, अनवर हुसेन, धर्मेन्द्र साह, शंकर पासमान, श्रवण कुमार साह, दिलिप कुमार साह, नरेन्द्र विक्रम साह, प्रकाश कुमार साह, रंजित कुमार भगत, राकेश कुमार साह र श्रवण प्रसाद उम्मेदवार रहेका छन । 
 

जनकपुरधाम निर्वाचन जनकपुर उद्योग वाणिज्य संघ
ADVERTISEMENT