समाचार अन्तरवार्ता समाज

महिला हिंसाको कारुणिक कथाः पतिव्रता सावित गर्न रक्त परीक्षा [भिडियोसहित]

महिला हिंसाको कारुणिक कथाः पतिव्रता सावित गर्न रक्त परीक्षा [भिडियोसहित]

महिला हिंसा वर्तमान समयमा मात्र आएको होइन, यो परम्परादेखि नेपाली समाजमा हस्तान्तरित हुँदै आएको विकृति हो। महिलालाई लिङ्गको आधारमा विभेद गर्ने, दोस्रो दर्जाको नागरिक ठान्ने र त्यही किसीमको व्यवहार गर्ने गरिएका घट्ना हाम्रै समाजमा प्रशस्त छन् ।

सामान्य महिला मात्र होईन, उच्च तहमा रहेका र समाजले मार्ग दर्शकको रुपमा लिएका महिलाले समेत कुनै न कुनै वेला महिला हिंसाको शिकार हुनु परेको छ। ति मध्ये कतिपय घट्ना सार्वजनिक भएका छन् भने कतिपय घट्ना सामाजिक र पारिवारीक तिरस्कारको डरले भित्रै तुहिएका छन् ।

यसमध्ये अलि पुरानो तर, अत्यन्तै दर्दनाक र हृदय विदारक घट्ना आज हामीले प्रस्तुत गर्ने प्रयास गरेका छौं । वामपन्थी नेतृ कुन्ता शर्मा– जसले आफनै पतिद्वारा चरित्रहिनको आरोप खेप्नु पर्यो । २०४० सालताका भएको यो घट्ना समाजको एउटा कुरुप ऐना समेत हो। जुन समयमा कुन्ता पार्टीमा सकृय थिईन। त्यहि वेला पति मञ्जुलले उनलाई आफनै साथी राजेश वान्तवाको नामसँग जोडेर चरित्रहिन भएको आरोप लगाए ।

आरोप लगाउनु पर्ने पर्याप्त र ठोस कारण थिएन तर, नलाग्नु पर्ने आरोप लागि सकेपछि उनले ठुलै प्रताडना खेप्नु पर्योे। विवाद वढ्दै गयो। एउटा महिलाले चरित्रहिनको आरोप लागेपछि खेप्नु पर्ने सवै अन्याय र अत्याचार उनले खेपीन। पति पत्निका विचको विवाद सर्वत्र फैलियो । अन्ततः मञ्जुल र कुन्ताका विचमा देखिएको आपसी विवादलाई पार्टीले समाधान गर्ने निर्णय लियो । ‘पार्टीले काठमाडौँमा अदालत बसाउने निधो गर्यो। त्यसैले २०४० भदौ महिनाको कुरा हो, दुई बालक छोरा च्यापेर म न्यायका लागि धरानवाट काठमाण्डौंतिर लागेँ । माइलो छोरा रोशन भने आमासँग धरानमै थियो’ उनी भन्छिन्–‘म, श्रृजन ९जेठो छोरा० र प्रशान्त ९कान्छो छोरा० काठमाडौँ जानुपर्ने भएको थियो । हामीसँग क। मदन भण्डारी पनि थिए ।’

साँझपख उनी काठमाडौँ पुगिन्। भोलिपल्ट बिहान पार्टीको अदालत बस्यो । मदन भण्डारी, माधवकुमार नेपाल, रघुजी पन्त, रामेश र मोहन श्रेष्ठ न्यायकर्ताका रूपमा वसेका थिए । ‘म बोल्नेबित्तिकै मञ्जुल मतिर झम्टिहाल्थ्यो । अदालतले खाली उसका मात्रै कुरा सुन्यो। निकै लामो कुराकानीपछि मदन भण्डारीले उसलाई सोधे, ‘मञ्जुल कमरेड, तपाईँले के आधारमा कुन्ता कमरेडमाथि यस्तो संगीन आरोप लगाउनुभयो । के तपाईंले उहाँहरूबीचमा कुनै अनैतिक सम्बन्ध देख्नुभयो रु’ कुन्ताले पुराना कुरा सम्झदै भनिन्–‘त्यस्तो अर्थोक त केही देखिनँ। तर, कुन्ताले राजेश कमरेडलाई मासु थपी–थपी खुवाइन्, त्यसैले मलाई शंका लाग्यो ।’
त्यस क्रममा मञ्जुलले कान्छो छोरालाई समेत आफ्नो छोरा नभएको भन्न भ्याए। निकैबेरको छलफल र मञ्जुलको एकतर्फी कुरा सुनेपछि पार्टी अदालतले राजेश वान्तवालाई मुक्ति दिएको उनी सम्झन्छिन। मञ्जुलले ‘म यिनलाई दुई वर्षसम्म हेर्छु ’ भनेपछि अदालतले उनकै कुरामा सहमति जनायो। ‘म आफ्नो निर्दोषितामा ढुक्क थिएँ, तर एक माथि अर्को लान्छना थपिदै गयो। त्यैपनि मैले हुन्छ भने’ उनले थपिन–‘तर, मञ्जुलका विषयमा अदालतले कुनै ठोस निर्णय लिएन। उसलाई कुनै नसिहत दिन अदालतले उचित ठानेन।’

दिनरात आन्दोलन, प्रशासनको दमन अनि आफनै पतिले लगाएको सफेद आरोपका कारण आफु अन्यायमा परेको उनले सुनाईन। त्यति हुँदा पनि नेता माधव नेपालले आफु प्रति साहानुभुतिको सट्टा रुखो स्वरमा ब्यवहार गरेको उनको सम्झना छ। ‘उनको अनुहारमा कुनै मानवीय संवेदना थिएन। उपस्थित अरू नेता पनि मौन रहे’ उनले भनिन्–‘उनीहरूको यो ब्यवहारका कारण त्यसवेलादेखि नै माधव नेपाललगायत पार्टीका नेताहरु प्रति मेरो धारणा बिग्रियो।’

दुई वर्षसम्म मेरो परीक्षा लिने भनेर मञ्जुल पन्छियो । उ चोखै उम्केको देख्दा मलाई पार्टीप्रति नै घृणा जागिरहेको थियो । पार्टी अदालतले गरेको निर्णयमा मेरो असन्तुष्टि रहेको कुरा नेताहरुले वुझेका थिए । त्यसैले पार्टीले रक्त परीक्षण गर्ने सोच वनायो ।

‘आखिर रक्त परीक्षण हुने भयो । म त्यसका लागि तयार भएँ । मैले समस्याको छिटो छिनाफानो होस् भन्ने चाहेकी थिए’ उनले भनिन्–‘पद्मकन्या क्याम्पसको गेटअगाडि भरत प्रधान र सरोज धितालको क्लिनिक थियो । त्यहि रगत झिक्ने काम भयो । राजेश वान्तवा, मञ्जुल, सिर्जन, मेरो र प्रशान्तको रगत झिकियो। रक्त परीक्षणको नतिजा पनि आयो । मेरो रक्त समूह ए, दुई भाइ छोराको ए, मञ्जुलको पनि ए अनि राजेश वान्तवा बी । अब सीधासाधी हेर्दा यहाँ नमिल्ने त केही कुरा थिएन । तर, त्यसमा पनि अर्घेलो देखाएर मन्जुललाई चोख्याउने काम भयो ।’

जागिर, दूध खाने छोरा र बिमारी भइरहने माइलो छोराका कारण म काठमाडौँ बसिरहन पाउने स्थिति थिएन । म धरान फर्किएर नियमित काममा लागे । लामो समयपछि छोराहरुले नै मन्जुलसँग सम्वन्ध विछेदको कुरा उठाए ।

म आफैँ पनि लामो समयदेखि वोझ वनेको सम्बन्धसँग छुटकारा पाउन चाहिरहेकी थिएँ । त्यसमाथि छोराहरूको पनि त्यही मनसाय भएकाले म ऊसँग छोडपत्र गरेर छोराहरूको भविष्य सुरक्षित गर्ने तयारीमा लागेँ । 

त्यसवेला कान्छो छोरा पनि लाठे भइसकेको थियो । हुर्किसकेका छोराहरूको सरसल्लाहमा मैले मञ्जुलसँग छोडपत्र माग्दै ललितपुर जिल्ला अदालतमा मुद्दा हालेँ । 

‘त्यो वेला मैले भोगेकोे कष्ट, मानसिक पीडा मलाई मात्र थाहा छ’–उलने भनिन्। त्यसपछि म छोराहरु हुर्काउँदै निरन्तर आफनो कर्ममा लागिरहेँ। हरेक दृष्टिकोणले म निर्दोश सावित भएपनि मञ्जुल तथा उसका पक्षधर मानिसको व्यवहारमा कुनै परिवर्तन आएन । तर, आत्मविश्वासले मलाई त्यस्तो जटिल जीवनमार्गमा अगाडि बढ्न प्रेरणा प्रदान गरिरह्यो । ‘मैले जे भोगें त्यसमा अहिले पनि कुनै गुनासो छैन। किनकी मैले जे भोगें त्यसैले मलाई आत्मविस्वासी, समस्यासँग जुध्न सक्ने सहास र कष्टसँग पैठोजोरी खेल्न सक्ने हिम्मत दिलायो’ उनि भन्छिन्–‘म जे छु, तिनै कष्टकै कारण यहाँ छु त्यसैले वितेको र भोगेको समयप्रति कुनै पश्चाताप छैन ।’

वामपन्थी नेतृ कुन्ता शर्मासँग नेपाल आजका लागि प्रस्तोता माधव गुरागाईले गरेको कुराकानी हेर्न तलको लिंकमा क्लिक गर्नुहोस।

विशेष