विदेश Breaking News मुख्य समाचार समाज

इटालीमा पाकिस्तानी मुस्लिम किशोरीलाई परिवारले नै बनायो बन्धक, हिन्दू केटालाई हेरे मार्ने धम्की

इटालीमा पाकिस्तानी मुस्लिम किशोरीलाई परिवारले नै बनायो बन्धक, हिन्दू केटालाई हेरे मार्ने धम्की

इटाली । अरेज्भोको टस्कन सहरमा एक पाकिस्तानी मुस्लिम किशोरीलाई उनको परिवारले बन्धक बनाएर राखेको पाइएको छ । हिन्दू केटालाई हेरेमा मार्ने धम्कीसमेत दिएको इटालियन प्रहरीले बिहीबार रिपोर्ट गरेको छ । 

स्रोतलाई उद्धृत गर्दै एएनएसए.आईटले मुसलमान किशोरीलाई बन्धक बनाइएको भन्दै एक भारतीय केटाले कारबिनिएरी (इटालियन प्रहरी) लाई  जनाएको थियो । ती किशोरले इटालियन प्रहरीलाई ती किशोरीलाई मुक्त गर्न भन्दै इमले पठाएका थिए । 

प्रहरीले ती किशोरीलाई उनको परिवारको बारेमा इमेलमार्फत नै जानकारी लिएको थियो । ती किशोरीले पनि आफ्नो कम्युटरबाट प्रहरीलाई आफू बन्धक बनेको भन्दै मेल पठाएकी थिइन् । 

उनले प्रहीलाई परिवारले उनलाई हिन्दू किटालाई हेरेको भन्दै बन्धक बनाएको र ज्यान मार्ने धम्कीसमेत दिएको बताएकी छन् । 

उनी करिब एक वर्षदेखि बन्धक बनेकी थिइन् । प्रहरीले उनीहरूको अनुसन्धान भइरहेको बताएको छ र परिवारले विशेष गरी छोरीको बुबा र भाइहरु विरुद्ध आरोप लगाउन सक्दछ । 

यसैबीच, किशोरीलाई भने परोपकार गृहमा राखिएको छ ।