मुख्य समाचार

खाना नखादै रिसाएर निस्के वामदेव

खाना नखादै रिसाएर निस्के वामदेव


काठमाडौ
पार्टी भित्र देखिएको विवादको समाधान गर्नको निम्ति प्रधानमन्त्री केपी शर्मा ओलीले आयोजना गरेको रात्री भोजमा पार्टीका वरिष्ठ नेता वामदेव गोत्तम खाना समेत नखाएर रिसाएका निस्केका छन । पार्टीको विवादको समधानको निम्ति बालुवाटारमा आयोजना गरिएको खानामा पुगेका गौत्तमले प्रधानमन्त्री ओलीलाई पार्टी विवाद समाधानको लागि लचिलो बन्न आग्रह गरेका थिए । तर ओलीले अब माधवन नेपाल पक्षसंग कुनै संवाद हुने सम्भावना नरहेको बताएपछि रिसाएर खाना समेत नखाएर निस्केको बताइएको छ । माधव नेपालले जनकपुरमा संचारकर्मीसंग कुराकानी गर्दै गौत्तमले विवाद समाधानको लागि प्रस्ताव राख्दा ओलीले नमाने पछि रिसाएर खाना समेत नखाएर हिडेको आफुलाई फोनमा बताएका प्रष्ट पारे । 
नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीभित्रको विवाद बढ्दै गर्दा मिलाउने प्रयास र समर्थन खोज्ने अभियानलाई तीव्रता दिएका छन  । अध्यक्ष ओली र नेता माधवकुमार नेपालबीच हिजो र अस्ति लगातार छलफल भएको छ भने हिजो साँझ ओलीले नेता बामदेव गौतमसँग पनि भेट गरेका थिए ।  पार्टीको शक्ति सन्तुलनमा आफूलाई साथ दिन अध्यक्ष ओलीले प्रस्ताव गरे पनि गौतमले भने तत्कालका लागि अस्वीकार गरिदिएको बताए । हिजो साँझ ओली र गौतमबीच बालुटारमा साँझको खानासँगै खानेगरी बैठक चलेको थियो । त्यसक्रममा ओलीले आफूलाई साथ दिन आग्रह गरेको नेता गौतमले बताए । गौतमले भने त्यसका लागि गत फागुन २८ गते भएका निर्णय फिर्ता लिएपछि मात्रै साथ दिन सकिने जवाफ ओलीलाई दिएको विज्ञप्तिमार्फत जानकारी दिए । प्रधानमन्त्री ओली र नेता नेपालबीच पनि हिजो काठमाडौँको एक होटलमा कुराकानी भएको थियो । होटलबाट बाहिरिएपछि प्रधानमन्त्रीका आर्थिक सल्लाहकार मोतीलाल दुगडले नेता नेपालसँग छलफल गर्नुभएको थियो । दुगडले भने दुई नेताबीचको वार्ता सकारात्मक भइरहेको बताए। नेकपा एमालेका नेता माधवकुमार नेपाल समूहका स्थायी कमिटी सदस्यहरूले हिजो सामूहिक रूपमा अपील जारी गर्दै पार्टीको विवाद छलफलबाटै समाधान गर्न सकिनेमा जोड दिएका छन् । हिजै नेता नेपालसहितका अरु नेताहरूले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीविरूद्ध सर्वोच्च अदालतमा रिट दर्ता गराएका छन् । अस्ति पेश भएको रिट दर्ता भएको र पेशी पर्सिका लागि तोकिएको सर्वोच्च अदालतका रिट महाशाखा प्रमुख बाबुराम दाहालले जानकारी दिए । 
 

विवाद केपी शर्मा ओली खाना नखादै