व्यापार

बजार अनुगमन टोलीको आतंकले सर्लाहीको बजार बन्द

बजार अनुगमन टोलीको आतंकले सर्लाहीको बजार बन्द


सर्लाही
सर्लाही लगायत प्रदेश नम्बर २ का जिल्लाको स्थानिय बजार सरकार अनुगमन टोलीको डरले अधिकांस पसलहरु बन्द गरिएका छन । सरकारी टोलीले ठुला व्यवयासीलाई संरक्षण गर्नुे तर साना व्यवसायीलाई दुख दिएको भन्दै निजि पसलहरु बन्द हुदै गएका छन ।

अनुगमन टोलीले अनुगमन तिव्र पारेपछि डराएका व्यपारीहरुले पसलहरु बन्द गरेका हुन । टोलीले पसलमा छापा हान्ने गर्ने हल्ला सार्वजनिक भएपछि सर्लाहीका विभिन्न बजार बन्द भएका छन । विगत एक साता देखि नियमित पसलहरु बन्द हुन थालेपछि दैनिक उपभोग्य सामग्री खरिदमा स्थानियलाई समस्या भएको छ । सर्लाहीका स्थानिय राम परिक्षण महतोले बजारमा समान किन्न जादा पसलहरु बन्द रहेको समानहरु समेत दिनमा आनाकानी गर्ने गरिएको कारणले समस्याहरुलाई समस्या भएको बताए । लामो समयको लक डाउनको कारणले आर्थिक गतिविधि ठप्प भएको थियो । आर्थिक मार परेको व्यवसायीहरुलाई सरकारी अनुगमन टोलीले दुख दिएपछि उनिहरु मर्कामा परेका छन । भएका व्यवयासीहरु बजार अनुगमन टोलीले स्थानिय स्तरमा समेत सक्रियता बढाएपछि बजार केही समयमा नै पसल खुलेपछि अनुगमनको नाउमा दुख दिएको व्यवसायीहरुको गुनासो छ ।

उनिहरुका अनुसार लक डाउनको कारणले आर्थिक गतिविधि नै ठप्प रहेको र आर्थिक गतिविधि संचालनमा आएपछि  अहिले नै दुख दिनु गलत रहेको बताए । सर्लाहीका व्यवायसायी उदय साहका अनुसार लक डाउनको कारणले बजार करिब आठ महिना ठप्प रहेको थियो । अहिले आएर अनुगमनका नाउमा व्यवायीलाई तर्साउने गरिएको कारणल समस्या आएको बताए । उनले साना व्यवायीलाई दुख दिने मात्रै गरिएको बताए । 
खाद्यान्न पसलमा मुल्य सुचि नराखेको नगरपालिकामा पसल दर्ता नगरि संचालन गरेको अखाद्यय वस्तु संगै राखेर अखाद्यय वस्तु बिक्री गरेको ,समान बिक्री गर्दा बिल दिन नगरेकोलाई करको दायरामा ल्याउन बजार अनुगमन तिव्र पारिएको  बजार अनुगमन टोलीले जनाएको छ । 
 

सर्लाही

विशेष

ADVERTISEMENT