फोटो

देशको दृष्य

देशको दृष्य

१२ फोटोमा देशको दृष्य। फोटोः रासस

चैतेधान रोप्दै किसान– तनहुँको म्याग्दे गाउँपालिका–३, धयरेमा खेत हिल्याएर रोपाइँ गर्दै किसान । जिल्लाका विभिन्न ठाउँमा कृषक यतिबेला चैतेधान रोप्न व्यस्त छन् ।

 

खानेपानी लिएर घरतर्फ जाँदै महिला– खानेपानीको समस्याका कारण तनहुँको घिरिङ गाउँपालिका–५ , भगवतीपुरका महिला डोकोमा पानी बोकेर घरतर्फ जाँदै ।

 

काउली बजार लैजान तयार गर्दै किसान– झापाको दमक–८ का किसान रामदेव यादव बिक्रीका लागि काउली बजार लैजान तयार गर्दै । यादवले १० कट्ठा जमीन भाडामा लिएर व्यावसायिक रुपमा तरकारी खेती गर्दै आउनुभएको छ ।

 

थोपा सिँचाइका लागि पाइप जडान– दाङको तुलसीपुर उपमहानगरपालिका–१३ मा युवाद्वारा गरिएको तरकारी खेतीमा थोपा सिँचाइका लागि पाइप जडान गरिँदै । युवाले १३ विघाभन्दा बढी जग्गामा व्यावसायिक तरकारीखेती गरेका छन् ।

 

डढेलो बस्तीमा पस्दा चार घर जलेर नष्ट– भोजपुरको हतुवागढी गाउँपालिका–८ पात्लेपानी (खुकैला) सामुदायिक वनमा लागेको डढेलो बस्तीमा पस्दा जलेर नष्ट भएका स्थानीयको घर । हिजो (बिहीबार) बेलुका  भएको आगलागीबाट हतुवागढी गाउँपालिका वडा नं ८ का अर्जुन राई, कञ्चन राई, भीमबहादुर राई, शान्तकुमारी राईको घर र कालिबहादुर राईको गोठ जलेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।

 

राइनासकोट भ्यू टावरमा पर्यटक– लमजुङ राइनास नगरपालिका–९, राइनासकोट भ्यू टावरमा सेल्फी लिँदै आन्तरिक पर्यटक । अहिले राइनासकोट घुम्न आउने पर्यटकको वृद्धि भएको छ ।

 

काली मार्सी धानको बीउ राख्न ब्याड तयार गर्दै किसान– जुम्लाको तातोपानी गाउँपालिकाका किसान काली मार्सी धानको बीउ राख्न खेत जोत्दै  ।

 

कलात्मक मूूर्ति बनाइँदै– पाशुुपत क्षेत्र आसपासमा कलात्मक मूूर्ति बनाउँदै एक दम्पती ।

 

पदमार्गमा हिँड्दै पर्यटक– हालै सञ्चालनमा आएको कालापातल–कुलेगाउ–अरचले हुँदै धुलिनडाँडासम्मको पदमार्गमा हिँड्दै गरेका आन्तरिक पर्यटक । सालझन्डिदेखि १९ किलोमिटर पश्चिममा पर्ने बल्ढेङगढी क्षेत्रको उतरमा हिमाल र दक्षिणमा लुम्बिनी देखिन्छ ।

 

स्टेचरमा विरामी– जिल्ला अस्पताल जाजरकोटबाट स्टेचरमा राखेर विरामी चौरजहारीस्थित सिमन अस्पतालमा लगिँदै । एम्वुलेन्स नहुँदा दैनिक विरामीलाई स्टेचरमा अस्पताल लैजाने र ल्याउने गर्नु परेको छ ।

 

कुकुरको बन्ध्याकरण गरिँदै– वालिङ नगरपालिकाको आयोजनामा नगरभित्रका सामुदायिक तथा घरमा पालिएका कुकुरको बन्ध्याकरण तथा खोप शिविरमा बन्ध्याकरण गर्दै पशु चिकित्सक ।

 

निर्माणाधीन ढुङ्गे बगैँचा अनुगमन– त्रिधार्मिक धाम हलेसी नजिकै निर्माणाधीन रक गार्डेन (ढुङ्गे बगैँचा) को अनुगमन गर्दै हलेसी तुवाचुङ नगरपालिकाका नगरप्रमुख इवन राईलगायत । हिन्दू, बौद्ध र किराँत धर्मालम्बीको सङ्गमस्थल हलेसी नजिकै रहेको ककनीडाँडालाई नगरपालिकाको पहलमा ढुङ्गे बगैँचाको रुपमा विकास गर्न थालिएपछि आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या वृद्धि भएको छ । 

विशेष

ADVERTISEMENT