समाचार स्वास्थ्य

कोरोना संक्रमितको संख्या वढ्दै गए पुनः लकडाउनः स्वास्थ्य मन्त्रालय

कोरोना संक्रमितको संख्या वढ्दै गए पुनः लकडाउनः स्वास्थ्य मन्त्रालय

भारतमा कोरोना संक्रमणको दोस्रो वेभ सुरु भएपछि नेपालमा पनि त्यसको चिन्ता सुरु भएको छ । भारतीय सिमा नाका खुल्ला रहेको र नाकामा आवत जावत भईरहेकाले संक्रमणले सजिलै नेपाललाई असर गर्ने भएका कारण चिन्ता सुरु भएको हो ।

स्वास्थ्यकर्मीहरुले भारतमा कोरोना संक्रमितको संख्या बढेकाले नेपालमा पनि केही हप्तामा नै संक्रमणको संख्या बढ्दै जान सक्ने बताएका छन् । दोस्रो चरणको कोरोना महामारी न्यूनिकारण लागि सबै सर्तक हुनुपर्ने वताउँदै उनीहरु भन्छन–‘विशेष गरी दीर्घ रोग भएका व्यक्तिले सावधानी अपनाउने र शंका लागेमा तुरुन्त जँचाउनुपर्छ ।’

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमितको संख्या उच्च हुदै गए पुनः लकडाउन हुन सक्ने जनाएको छ । संक्रमणको चक्र रोक्नका लागि लकडाउनको आवश्यक्ता पर्न सक्ने मन्त्रालयको ठम्याई छ।

मन्त्रालयका सहप्रवक्ता डा.समीरकुमार अधिकारीले अनावश्यक भिडभाड, मास्क प्रयोग र सामाजिक दुरीको वेवास्ता, गोष्ठी तथा राजनीतिक दलका कार्यक्रम लगायतले संक्रमितको संख्या बढेको वताए ।

उनले होली पनि घरमै बसेर मनाउन आग्रह गरे।