व्यापार

बारा च्याउ खेतीबाट राम्रो आम्दानी ,युवा उत्साहित

बारा च्याउ खेतीबाट राम्रो आम्दानी ,युवा उत्साहित

बारा ।

काम गर्ने जांगर आट भए स्वदेशमा नै मनग्य आम्दानी गर्न सकिन्छ । यसैको एउटा उदाहरणीय पात्र बनेका छन बाराका तिन युवा । वैदेशिक रोजगार बाट फर्के लग्तै ईश्वर सापकोटाले स्थानिय साथीहरु उदयराज पाण्डे र किरण ओझा संग मिलि च्याउ खेती संगै आर्गेनिक तरकारी खेती र गडयौला मल उत्पादन गर्दै आएका छन । बाराको निजगढ नगरपालिका वडा नम्बर वडा नम्बर ८ मा १० कठठा जमिन भाडामा लिएर उनिहरुले च्याउ खेती गर्दै आएका हुन । बाराको बजारमा च्याउहरुको मांग धेरै रहेको र स्थानिय उत्पादन कम हुदा बाहिर जिल्लाबाट च्याउ निर्यात भईरको कारणलेले यी युवाले बजारको मांग अनुसार च्याउ खेती सुरु गरेको बताएका छन । युवा ईश्वर पासकोटाले बाहिरबाट समेत च्याउनको मांग आउने गरेको र पुर्याउन समेत समस्या भईरहेको बताए । उनले स्थानिय तहमा उत्पादन कमै हुने गरिएको र बजार समेत राम्रै रहेको कारणले आफुहरु यस पेसा तर्फ आकर्षित भएको बताएका छन । 
पराल खरिद गरि त्यसलाई ल्याई पकाएर कटिंग गरेर पोका पोका टलेन भित्र फुण्डाएर च्याउ गर्दै गरिदै आएका छन । प्रत्येक टनेलमा १५ दिनको फरकमा च्याउन गरिएकोले सिजनमा रहेक १५ दिना च्याउ उत्पादन हुने गर्दछ । करिब तिन लाख लगानीमा एउटा च्याउ  टलेन निर्माण गरि च्याउ खेती सुरु गरेका यी युवा अहिले थप दुई वटा तेल निर्माण गरि च्याउ खेती गरिरहेका छन । यो समुहले दैनिक ६५ किलो च्याउ उत्पादन गर्दै आएको भएपनि बजारको मांग पुरा गर्न सकेको छैन । सानो लगानीबाट सुरु गरेको च्याउ व्यवसायीबाट मनग्य आम्दानी हुन थालेपछि उनिहरु उत्साहित बनेका छन । थुप्रै लगानीबाट राम्रो आम्दानी हुन थालेपछि युवाहरु यस तर्फ आकर्षित भएका छन । 
बाराको बजारमा च्याउको माग थोरै रहेको र स्थानिय उत्पादन भन्दा बाहिरी जिल्लाबाट च्याउ निर्यात हुने भएका कारण यी युवाले बजारको माग अनुसार च्याउ खेती शुरु गरेको सञ्चालक सापकोटाको भनाइ छ । युवाशक्ति विदेश पलायन हुनुभन्दा आफ्नै मुलुकमा उत्पादनमा जोडिनु पर्छ भन्दै च्याउ खेतीको सुरुवात गरिएको सञ्चालक सापकोटाले बताए । बजारमा च्याउको उत्पादन भन्दा माग बढी भएको देखेपछि आफूहरु यस व्यवसायतर्फ आकर्षित भएको उनले भने ।
करिब तीन लाख लगानिमा एउटा च्याउ टनेल निर्माण गरी च्याउ खेती शुरु गरिएको र आर्गनिक रुपमा उत्पादित च्याउको अहिले बजारमा माग बढ्दो भएका कारण थप दुई वटा टनेल निमाण गरी च्याउ खेती गरिरहेको उदयराज पाण्डेले बताए । हाल सम्म करिब १५ लाख लगानि गरिएको र दैनिक रुपमा ६५ किलो च्याउ उत्पादन गर्दै अएको भएता पनि बजारमा यसको माग पूर्ति गर्न नसकेको उनले जानकारी दिए । 
हाल बजारमा दैनिक एक कुन्टल ३० किलो माग भएपनि पनि त्यति उत्पादन गर्न नसकेको तर त्यसको तयारीमा लागेको उनको भनाइ छ । सानो लगानीबाट शुरु गरेको व्यवसायबाट अहिले मनग्य आम्दानी हुन थालेपछि उनीहरु उत्साहित बनेका छन् ।
पछिल्ले समय बारामा धमाधम होटल व्यवसाय फस्टाउँदै गइरहेको अवस्थामा लोकल च्याउ र आर्गनिक तरकारीकाको उत्पादनसँगै खपत समेत हुने गरेको छ । पछिलो समय यस समूहले च्याउ खेती सँगै अर्गानिक तरकारी खेती र गड्यौला मल उत्पादन समेत सुरुवात गरेको किरण ओझाले जानकारी दिए । 

बारा च्याउ राम्रो आम्दानी
ADVERTISEMENT