समाचार स्वास्थ्य

रुघा लगाउने भाइरसले निस्तेज पार्न सक्छ कोरोना भाईरसः अध्ययन

रुघा लगाउने भाइरसले निस्तेज पार्न सक्छ कोरोना भाईरसः अध्ययन

रुघा लगाउने भाइरसले मानिसको शरीरवाट कोरोनाभाइरस हटाउन सक्ने तथ्य सर्वाजनिक भएको छ । 

यूनिभर्सिटी अफ ग्लास्गोका वैज्ञानिकहरूले गरेका अनुसन्धानका आधारमा बीबीसीले तयार गरेको समाचार अनुसार रुघा लगाउने राइनोभाइरसले कोरोनाभाइरसलाई पराजित गरेको पाइएको छ । त्यसको लाभ छोटो समयका लागि मात्र हुन सक्छ। तर राइनोभाइरस धेरै फैलिएको हुनाले त्यसले कोभिडलाई दमन गर्न सहयोग गर्न सक्छ। 

कसरी पराजित हुन्छ त कोरोनाभाइरस ?
अनुसन्धान अनुसार एउटा भाइरस एकचोटि मानिसरको शरीरभित्र छिरेपछि त्यसले अरू भाइरसलाई भित्र प्रवेश गर्न दिन या त ढोका खोलिदिन्छ या ढोका बन्द गरेर त्यहाँ आफू मात्र बस्न खोज्छ। रुघाको कारक इन्फ्लूएन्जा भाइरस एकदमै स्वार्थी हुन्छ र त्यसले प्रायः एक्लै सङ्क्रमण गर्छ। एडिनोभाइरसजस्ता अरू भाइरसहरू अरूसँग मिलेर सङ्क्रमण गर्छन्।

कोभिड गराउने सार्स–कोभ–२ नाम दिइएको कोरोनाभाइरसले अन्य भाइरससँग कसरी अन्तकरत्रिया गर्छ भन्नेबारे धेरै अनुमान गरिएको छ। तर एक वर्ष भौतिक दूरीका नियमहरू लागु गरिएकाले सबै किसिमका भाइरस फैलिने क्रममा सुस्तता आएको छ। त्यसका कारण भाइरसको अन्तर्क्रिरयाबारे अध्ययन गर्न वैज्ञानिकहरूलाई अझ गाह्रो भएको छ।

ग्लास्गोस्थित सेन्टर फोर भाइरस रिसर्चको अनुसन्धान टोलीले मानिसको श्वासनलीको प्रतिकृति प्रयोग गरेर एउटा अध्ययन ग¥यो। त्यसका लागि उस्तै खालका मानवकोषहरू प्रयोग गरिएको थियो। ती कोषलाई सार्स–कोभ–२ भाइरस र राइनोभाइरसबाट सङ्क्रमित पारियो।

एकैचोटि राइनोभाइरस र सार्स–कोभ–२ को संसर्ग गराइँदा कोषमा केवल रुघा लगाउने राइनोभाइरसले सङ्क्रमण गर्न सक्यो। चौबीस घण्टाअगाडि नै राइनोभाइरस प्रवेश गरेको कोषमा कोरोनाभाइरसले प्रभाव पार्ने अवसर नै पाएन।

अनि यदि कोरोनाभाइरस २४ घण्टाअगाडि नै संसर्गमा आएको छ भने पनि राइनोभाइरसले त्यसलाई कोषबाट निकालिदिन्छ।

पहिला पनि यस्ता प्रभावहरू देखिएका थिए। सन् २००९ मा राइनोभाइरस फैलिन थालेपछि युरोपका केही भागमा स्वाइन फ्लू महामारीको गति सुस्त भएको थियो।

थप प्रयोग र परीक्षण गर्दा राइनोभाइरसबाट सङ्क्रमित कोषमा रोग प्रतिरोध गर्ने क्षमता बढेको र त्यसले कोरोनाभाइरसको संख्या वृद्धि गर्ने क्षमता अवरुद्ध भएको देखिएको छ।

वैज्ञानिकहरूले त्यस्तो प्रतिरोधात्मक प्रतिकार्यलाई रोकेर हेर्दा कोभिड गराउने भाइरसको तह राइनोभाइरस नभएको अवस्थामा जस्तै बढेको पाए।

तर रुघा निको भइसकेपछि तथा राइनोभाइरसको प्रतिरोधात्मक प्रतिकार्य निस्तेज भइसकेपछि कोभिड हुने सम्भावना कायम रहन्छ।

बीबीसीको सहयोगमा