समाचार स्वास्थ्य

५० लाख डोज कोरोना विरुद्धको खोप किन्ने प्रक्रिया सुरु

५० लाख डोज कोरोना विरुद्धको खोप किन्ने प्रक्रिया सुरु

सरकारले थप ५० लाख डोज कोरोना विरुद्धको खोप किन्ने प्रक्रिया अगाडि वढाएको छ ।

प्रतिनिधिसभाकोे शिक्षा तथा स्वास्थ्य समिति अन्तर्गतको उपसमितिमा मंगलबार भएको कोभिड खोप अभियानको छलफलमा यस्तो जानकारी दिईएको हो ।

हाल स्वास्थ्य मन्त्रालयसँग रहेको खोप र बाँकी १ करोड १० लाख डोज खोप जम्मा गरी अर्को चरणको खोप अभियान सञ्चालन गरिने मन्त्रालयको भनाई छ ।

स्वास्थ्य सेवा विभागका महानिर्देशक दीपेन्द्र रमन सिंहले ३ लाख डोज खोप यहि हप्ताभित्र आउने र थप १० लाख खोप १५ दिनभित्र आउने जानकारी दिए। तर, एकैचोटी करोडको संख्यामा खोप आएमा राख्ने ठाउँको अभाव हुन सक्ने उनको भनाइ थियो ।

स्वास्थ्य सेवा विभागका बालस्वास्थ्य तथा खोप शाखाका प्रमुख डा. झलक शर्मा गौतमले कोभिड विरुद्धको खोपका कारण गम्भीर प्रकृतिका असरहरू देखा नपरेको जानकारी दिए। उनले खोप स्तनपान गराइरहेका आमाहरूलाई पनि दिन मिल्ने बताए ।