समाचार Breaking News मुख्य समाचार समाज देश

चिनियाँ खोप खरिद गर्नेगरी विभागले अनुमति दिएको छैन - बहराइन स्थित दूतावास

चिनियाँ खोप खरिद गर्नेगरी विभागले अनुमति दिएको छैन - बहराइन स्थित दूतावास

काठमाडौँ । औषधि व्यवस्था विभागले अनुमतिबिना बहराइनबाट ल्याइएको कोरोनाविरुद्ध खोपको छानबिन थालेको छ ।

सगरमाथा आरोहण गर्न बहराइनका राजकुमार मोहम्मद हमाद मोहम्मद अल खालिफासहितको १६ सदस्यीय टोलीले सोमबार नेपाल आउँदा २ हजार डोज खोप ल्याएको छ । नेपालमा कुनै पनि औषधि तथा खोप विभागको स्वीकृतिबिना ल्याउन पाइँदैन । नेपाल ल्याएपछि पनि प्रयोग गर्नुअघि परीक्षण गर्नुपर्ने हुन्छ ।
विभागका महानिर्देशक भरत भट्टराईले अध्ययन गर्न टोली बनाएको र टोलीले प्रतिवेदन दिएपछि सबै तथ्य थाहा हुने बताए । उक्त खोप विभागको निगरानीमा रहेको उनले बताए । खोप विभागको भण्डारणमा राखिएको छ । ‘यसको प्रयोग कसरी गर्ने भन्ने मन्त्रालयले नै निर्णय गर्नेछ,’ उनले भने ।

विभागले नेपालमा अक्सफोर्ड–अस्ट्राजेनेका र चीनको सिनोफार्मले उत्पादन गरेको खोप मात्रै आपत्कालीन प्रयोगका लागि मात्रै विभागले अनुमति दिएको छ । चिनियाँ खोप खरिद गर्ने गरी विभागले अनुमति दिएको छैन । बहराइनस्थित नेपाली दूतावासले जारी गरेको विज्ञप्तिमा भने अक्सफोर्ड–अक्स्ट्राजेनेकाले नै उत्पादन गरेको दुई हजार डोज खोप नेपाल पठाएको उल्लेख छ । बहराइनबाट ल्याइएको खोपको जानकारी परराष्ट्र मन्त्रालयलाई गराए पनि स्वास्थ्य मन्त्रालय र विभागलाई नहुँदा समस्या उत्पन्न भएको हो ।ekantipur