समाचार स्वास्थ्य

ऐनविपरित बीएन्डसी कलेजलाई सम्बन्धन दिए सत्याग्रह सुरु गर्ने डा. केसीको घोषणा

ऐनविपरित बीएन्डसी कलेजलाई सम्बन्धन दिए सत्याग्रह सुरु गर्ने डा. केसीको घोषणा

डा. गोविन्द केसीले झापाको बीएन्डसी मेडिकल कलेजलाई सम्बन्धन दिइए सत्याग्रह सुरु गर्ने घोषणा गरेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओली र शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठको निर्देशन बमोजिम चिकित्सा शिक्षा ऐन र नियमावलीको समेत ठाडो उल्लंघन गरी मेडिकल कलेजलाई सम्बन्धन दिन लागिएको आरोप लगाएका उनले चिकित्सा शिक्षा ऐनको प्रावधान मिचेर सरकारले सम्बन्धनको प्रक्रिया अघि बढाए प्रधानमन्त्री ओलीलाई महंगो पर्ने चेतावनी दिएका छन् ।

मंगलबार पत्रकार सम्मलेन गरेका डा. केसीले चिकित्सा क्षेत्र सुधार तथा सुशासनका लागि पटक पटक अमारण अनशन बसेको छन् । पटक पटकका आमरण अनसनको स्मरण गर्दै उनले बीएन्डसी मेडिकल कलेजको सम्बन्धनको प्रक्रिया रोक्न माग गरे।

डा. केसीले अनियमिततामा संलग्न केयू र बीपी प्रतिष्ठानका पदाधिकारीहरुले पनि तत्काल राजीनामा गर्नुपर्ने माग गरे । ‘हाम्रो बारम्बारको चेतावनीका बाबजुद सरकारले निरन्तर अवैद्य काम अघि बढाएकाले हामी विरोधका कार्यक्रम ल्याउन बाध्य भएका छौँ’– उनले भने।