समाचार राजनीति

महेश वस्नेतले प्रहरीलाई किन लगाए आगो ?

महेश वस्नेतले प्रहरीलाई किन लगाए आगो ?

नेपाल कम्युनिष्ट पार्टीको प्रचण्ड–माधव समूहले आज आम हड्तालको घोषणा गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक निकायमा सिफारिस गरेकाहरुलाई जवर्जस्ति शपथग्रहण गराएर देशलाई गुन्डाराजमा चलाउन खोजेको भन्दै त्यसको विरोध गर्न आम हड्तालको आयोजना गरिएको हो ।

आम हड्तालको उलंघन गरेको भन्दै प्रचण्ड माधव समुहका नेता कार्यकर्ताले आज विहानै काठमाडौंको सामाखुसीमा एउटा ट्याक्सी पनि जलाए। त्यस लगत्तै आम हड्ताल सफल बनाउन सडकमा उत्रिएका नेकपा स्थायी कमिटी सदस्य अष्टलक्ष्मी शाक्य, हितमान शाक्य, अमृता थापालगायत ६० जना पक्राउ पनि परेका छन्। 

अर्कोतर्फ नेकपा ओली समुहका नेता महेश वस्नेतले आम हड्तालको अवज्ञा गर्ने उद्घोष गरेका छन् । आफनो समुह सरकारमा रहेपछि विकाश र समृद्धिको कुरा गरिरहेका वस्नेतको विगत भने बिबादस्पद छ। 

कुनै समय मसाल जुलुसमा अवरोध गरेको भन्दै उनले प्रहरीलाई नै आगो लगाएका थिए । सुरक्षार्थ खटिएका प्रहरीलाई जिउँदै जलाउन खोज्ने दुस्साहस गर्ने तिनै वस्नेत अहिले विकाश र समृद्धिको कुरा गर्दै प्रचण्ड माधव समुहको आमहड्तालको विरोध गरिरहेका छन् ।

त्यहि काम आफुले गर्दा सहि र अरुले गर्दा गतल देख्ने वस्नेतले प्रहरी माथि आगो लगाएको विषयमा अहिलेसम्म जवाफ समेत नदिएको दाहाल–नेपाल समुहको आरोप छ । 

विशेष