समाचार अन्तरवार्ता भिडियो यौन-शिक्षा

सामुदायिक विद्यालयका ८० प्रतिशत प्रधानाध्यापक विद्यालयको नेतृत्व गर्न योग्य छैनन्ः संयोजक घिमिरे [भिडियो अन्तरवार्ता]

सामुदायिक विद्यालयका ८० प्रतिशत प्रधानाध्यापक विद्यालयको नेतृत्व गर्न योग्य छैनन्ः संयोजक घिमिरे [भिडियो अन्तरवार्ता]

वृहत राष्ट्रिय शिक्षा अभियानका संयोजक अभिषेक घिमिरेले प्रधानाध्यापकहरुको कमजोरी र असक्षमताका कारण नेपालका सामुदायिक विद्यालयहरुको गुणस्तर कमजोर भएको दावी गरेका छन्। सामुदायिक विद्यालयका ८० प्रतिशत प्रधानाध्यापक चाहिँ प्रधानाध्यापक हुनै योग्य नभएको उनको भनाई छ ।

नेपाल आजको नियमित स्तम्भ ‘रिबुट’ मा कुराकानीमा गर्दै संयोजक घिमिरेले भने–‘नेपालका सामुदायिक विद्यालयका प्रअहरुको लिडरसिपको अवस्था कस्तो छ भनेर खोज्नु भयो भने ८० प्रतिशत प्रअ चै प्रअ हुनका लागि योग्य हुनुहुन्न। अहिलेको २१औ सताब्दीका वच्चाहरुले पढाउनु पर्ने सिकाउनु पर्ने अभिभारा वोकेको शिक्षालयको नेतृत्व गर्ने ब्यक्ति । वहाँ आफै आउट डेटेड हुनुहुन्छ। वहाँलाई अहिलेको लेटेस्ट टिचिङ्ग पेडागोजी के हो ? वच्चाहरुको आकांक्षा के हो ? समय कहाँ गईरहेको छ ? अवको २०/२५ वर्ष पछिको समय चै कहाँ पुग्दैछ, रफतार के हो ? त्यसको गति कति छ ? र २५ वर्षपछिको जनशक्ति उत्पादन गर्ने ति उत्पादित खालको जनशक्ति चै भोली कस्तो खालको च्यालेन्जको विचमा प्रतिस्पर्धा गर्नु पर्छ भन्ने खालको इनभिजन वहाँले गर्नै सक्नुहुन्न।’

विगत १५ वर्ष निजी विद्यालयहरुमा काम गरेर सामुदायीक विद्यालय सुधारका  लागि लागेका घिमिरे निजी विद्यालयका कारण सामुदायिक विद्यालयको अवस्था विग्रिएको भन्ने भनाई प्रति पुर्ण असहमत छन् । ‘तपाई राम्रो भएका कारणले म खराव भको हो र ? यो तर्कमा कुनै दम नै छैन। धेरैले भन्नु हुन्छ, नेपालमा सामुदायकि विद्यालयलाई सुधार गर्ने हो भने निजि विद्यालय वन्द गर्नुपर्छ भन्नुहुन्छ’ उनी भन्छन्–‘तर दुई खालका विद्यालयहरु एक किसिमको स्वस्थ प्रतिस्पर्धामा आउन सक्ने अवस्था हो भने निजी विद्यालय जुन कण्डिसनमा छ त्यो विद्यालयलाई चै इन्टरनेसन स्ट्याण्डर्डको वनाउने, त्यो खालको माहौल र फेसीलेटेसन सरकारले गर्ने र सामुदायिक विद्यालयलाई राम्रो वनाउने हो भने त समग्रतामा देशको शिक्षा साम्रो वनिगो नी।’

नेपाल सरकार कै मातहत रहेको गुणस्तर परिक्षण केन्द्रको तथ्यांक अनुसार पनि सामुदायिक विद्यालयको अवस्था एकदमै कमजोर रहेको घिमिरे वताउँछन्। ‘शैक्षिक गुणस्तर परिक्षण केन्द्रले गत सालको मात्र नेपाल भरीका सामुदायिक विद्यालयको अध्ययन गरेर लिएर आएको एउटा तथ्यांक सुन्नु भयो भने फ्रस्टेसन हुन सुरु गर्छ । नेपालभरीका जति पनि सामुदायिक विद्यालय छन्, ति मध्ये ८० प्रतिशत विद्यालय त विद्यार्थी तान्नका लागि अनुपयुक्त छन भनेर देखाएको छ’ उनले भने–‘नेपाल सरकारले राम्रो विद्यालय वनाउँछु भनेर नमुना विद्यालय परियोजना सुरु गरेको छ । ४४४ वटा विद्यालयलाई नमुना विद्यालय वनाउने भनेर लागिएको छ। ति मध्ये १ प्रतिशत विद्यालय चै नमुना वन्न लायक छ। वाँकी रहेका चै सवै वेस्ट अफ मनी।’

नमुना विद्यालयका लागि हरेक वर्ष सरकारले करोडौं रुपैयाँ खर्च गरीरहे पनि त्यसको उपलब्धि भने नदेखिएको उनले वताए । ‘वार्षिक करोडौ रुपैयाँ हरेक विद्यालयलाई खर्च भईरहेको छ । ठिक छ, अलिकति सिन्ट्रम देखिएको छ, तर एसएसडिपी, एसएसआरपी जति पनि कुरा हेर्नु भएको छ, खरवौं रुपैयाँ खर्च भएको छ तर विद्यालयको अवस्था मैले परिक्षण केन्द्रको तथ्यांक देखाएँ, झन खस्किदैछ’– उनले भने।

नेपाल सरकारले नमुना स्कुल वन्नका लागि १५१ वटा सुचक वनाएको वताएका उनले भौतिक पुर्वाधारलगायतका धेरै कुरा त्यसमा समावेस रहेको जानकारी दिए । ‘हामी जुन विद्यालयमा जान्छौ, त्यहाँ विद्यार्थी नै छैन भने वाँकी रहेको सुचकको के काम ?’ उनको प्रश्न छ–‘सुरुवातमा गईराखेका छौं, फोहोरै–फोहोर छ, अब्यवस्थित छ, भवन पनि जिर्ण छ, शौचालय गनाईराखेको छ भने वाँकीको सुचक किन चाहियो ? त्याहाँ विद्यार्थीको पढाई राम्रो हुन्छ, शिकाई उपलब्धि राम्रो छ भन्ने कुरा त हेर्ने परेन नी ।’

यति हुँदा हुँदै पनि कतिपय विद्यालय भने नसोचेको अवस्थामा राम्रा भएको पनि उनले वताए । ‘नेपालमा पनि धेरै खालका विद्यालयहरु छन् । झट्ट हेर्दा खासै राम्रो देखिदैनन् तर, भित्रको इन्टरनल क्वालिटी त अर्को कुरा हो। कतिपय विद्यालय भवन हेर्दा खेरी ए वान छ तर त्यहाँ भित्रको सिस्टम र मेकानिजममा चै समस्या छ’ उनी भन्छन्–‘सामुदायिक विद्यालयकै प्रोडक्ट अहिले एउटा नेपालको ‘ए वान प्राईभेट स्कुल’ लाई लिड गरिरनु भएको छ । हिजोको क्वालिटि थियो नी त । तर, आज एकाथ वाहेक (केहि २÷४ वटा उदाहरण वाहेक) अधिकांश विद्यार्थीहरुको सिकाई उपब्धि हेर्नु भयो भने ६, ७, ८, ९ र १० मा पढ्ने विद्यार्थीले क देखि ज्ञ सम्म पढ्न जान्दैन ।’

यसका पछाडि धेरै वटा कारणले काम गरेको वताएका उनले निजी विद्यालय सुरुवात हुन यसको एउटा कारण भए पनि निजी विद्यालयकै कारण भने नभएको तर्क गरे । ‘२०३९ सालदेखि नीजि विद्यालय खोल्ने प्रावधान सुरु भयो । उदार अर्थ ब्यवस्थामा राज्य गयो, निजी विद्यालय खुल्न र गुणस्तर दिन थाले । र सामुदायिक विद्यालयका विद्यार्थीहरु पनि गुणस्तर खोज्दै निजि विद्यालयमा जान थाले’ उनले भने–‘झट्ट हेर्दा खेरी सामुदायिक विद्यालयमा विद्यार्थी कम हुन थाले, नीजि विद्यालयमा विद्यार्थी जान थाले । यसको अर्थ निजी विद्यालयले सामुदायिक विद्यालय विगारेको होईन की विद्यार्थी उता जान थालेपछि सामुदायिक विद्यालयले गुणस्तरमा लत्तो छाडेको हो । नीजिले त आफनो जिम्मेवारी पुरा गरेका छन् । अभिभावकको विस्वास जितेका छन्, काम गरेका छन्, मेहनत गरेका छन्, लगनसिल भएर लागेका छन् । त्यसैले उनीहरुले सामुदायिकलाई विगारेको भन्ने होईनकी एउटा सिनारियो चै निजी विद्यालय खोल्न थालेपछि सामुदायिक विद्यालयमा विद्यार्थीको फ्लो कम भयो–शहरी क्षेत्रमा ।’

अर्को तर्फ सामुदायिक विद्यालयमा सुरु भएको राजनीतिले पनि  शैक्षिक गुणस्तर विगारेको उनको दावी छ । ‘विद्यालयमा विभिन्न खालका पेशागत संगलनको वृद्धि हुन थाल्यो। संगठनमा आवद्ध भईसकेपछि काम कर्तब्य भन्दा पनि अधिकारका कुराहरुलाई लिएर वढि एड्भोकेसी गर्न थाले। पछिल्लो दिनमा राजनीतिक दलले शिक्षकलाई कार्यकर्ताको रुपमा प्रयोग गर्न थाले । किनकी शिक्षक भनेको अभिभावकसँग जोडिएको छ, अभिभावक भनेको भोटर हो, शिक्षक भनेको चै समाजमा विस्वसनिय पात्र हो। शिक्षकले वोलेपछि त्यसको प्रभाव समाजमा रहन्छ’ उनको विश्लेषण छ–‘त्यसका कारण सवैभन्दा अब्बल कार्यकर्ताको रुपमा राजनितिक दलले शिक्षकलाई प्रयोग गर्न थाले, प्रअलाई प्रयोग गर्न थाले । र विद्यालय ब्यवस्थापन समिति अध्यक्ष भएको मान्छे चै भोली वडाध्यक्ष हुन पाउँछु भन्ने लोभले हानाथाप गर्न थाले । यि विविध कारणले राजनीतिक प्रभाव शिक्षालयमा हुन थाल्यो र विस्तारै विस्तारै विद्यालय विग्रन थाले ।’

यो अवस्थालाई प्रधानाध्यापकले ब्यालेन्स गर्न सक्ने अवस्था भएपनि त्यसो नगर्दा विद्यालयको अवस्था विग्रिएको उनको धारणा छ। ‘जसले ब्यालेन्स गर्न सक्नु भयो, विद्यालय राम्रो वनाउनु भयो। जसले ब्यालेन्स गर्न सक्नु भएन विद्यालय खत्तम पार्नु भा छ’ उनले भने–‘प्रअ जो राजनीतिक नेताको निकटमा हुनुहुन्छ, निकटमा भएर पनि विद्यालय सुधार गर्नका लागि राजनीति गर्नुभा छ। राजनीति गरेर पनि विद्यालय सुधार्नु भएको छ । अहिले पनि नेपालका केहि राम्रा राम्रा विद्यालयका प्रअहरु शिक्षक संगठनका उच्च पदस्थ पदाधिकारी हुनुहुन्छ। संगठनमा भएकै कारण विद्यालय विग्रने होइन, तर संगठनलाई के का लागि प्रयोग गर्ने ? विद्यालयको विकास र सुधारका लागि नेताहरु÷राजनितिक संरक्षण खोज्यो भने त्यो राम्रो हो। तर, होईन मेरो प्रोटेक्सनका लागि म नेताहरुको पुछर समाउँछु र अम्रेलामा वस्छु भनेर त्यतातिर जान थाल्यो र विद्यालयलाई खतम वनायो भने त्याहा विग्रियो ।’

सामुदायिक विद्यालय सुधार गर्नका लागि प्रधानाध्यापकले नै आफनो जिम्मेवारी र दायित्व वोध गर्नु पर्ने घिमिरे वताउँछन् । ‘सामुदायिक विद्यालय राम्रो वन्नका लागि ‘म प्रअ हुँ, शिक्षक हुँ, म समाजको परिवर्तनको अगुवा हुँ, म शुसानको राम्रो एजेण्ट हुँ’ भनेर जस्ले आफनो जिम्मेवारी, कर्तब्यवोध, क्षमतालाई वुझ्यो त्यसले स्कुल वनायो’ उनी भन्छन्–‘जसले वुझन सकेन झोले कार्यकर्ता भएर हिड्यो ।’

विद्यालयको नेतृत्व गर्ने पदमा वसेको ब्यक्ति प्रअ भएकाले विद्यालय सपार्दा पनि जस पाउनु पर्ने र विगार्दा पनि त्यो अपराध स्विकार्नु पर्ने उनी जिकिर गर्छन । ‘नसक्ने भए त्यो पोजिसनमा वस्नै हुँदैन। पोजिसनमा वस्छु भने त्यहाँ केहि न केहि गर्नै पर्छ । कुन–कुन परिस्थितीले सकिएन, त्यसका विरुद्ध लड्नु परो, उ त लिडर हो मलाई अर्कोले विगार्यो काम गर्न दिएन भन्न पायो?’ उनी थप्छन्–‘ देशको प्रधानमन्त्रीले मलाई इण्डियाले काम गर्न दिएन भनेर पाउनु हुन्छ ? लड्नु पर्यो , होईन भने छोड्नु पर्यो । विद्यालयको प्रअको पनि त्यहि हो भुमिका।’


शैक्षिक क्षेत्रको विकास र वर्तमान अवस्थाका विषयमा नेपाल आजको नियमित स्तम्भ ‘रिबुट’ का लागि प्रस्तोता कुमार थापाले वृहत राष्ट्रिय शिक्षा अभियानका संयोजक अभिषेक घिमिरेसँग गरेको कुराकानी हेर्न तलको लिंकमा क्लिक गर्नु होला। यो स्तम्भ हरेक आईतवार साँझ ७ः१५ वजे प्रशारण/प्रकाशन हुने जानकारी गराईन्छ।

प्रधानाध्यापक सामुदायिक विद्यालय वृहत राष्ट्रिय शिक्षा अभियान रिबुट २१औ सताब्दी