समाचार अर्थ अपराध सुरक्षा

एयरपोर्ट भित्र जिम्मेवारवाटै ठगि, मोवाईल चार्ज गर्न पोर्ट चाहार्दै यात्रु

एयरपोर्ट भित्र जिम्मेवारवाटै ठगि, मोवाईल चार्ज गर्न पोर्ट चाहार्दै यात्रु

सामान्य सावधान र सुरक्षामा ध्यान नदिने हो भने जताततै ठगिनु पर्ने र झुक्किनु पर्ने समस्याले आमनागरिक प्रताडित छन् । ठुल–ठुला कुरामा मात्र होईन, सामान्य कुरामा पनि मान्छेहरु एक अर्कालाई ठग्न पोख्त छन्।

लुकिछिपी र अप्रत्यक्ष रुपमा ठग्नुलाई त सामान्य रुपमा लिन पनि सकिएला । तर, जिम्मेवार निकायले देखादेखि ठगिगररहेको विषय चाहि असह्य हुन्छ। 

यस्तै घटना काठमाण्डौं स्थित त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा देखिएको छ । विमानस्थल भित्र कर्मचारीकै सेटिङ्गमा भईरहेको ठगिलाई एकजना यात्रुले आफनो अनुभवका रुपमा शेयर गरेका छन्। जसलाई हामीले यहाँ प्रस्तुत गरेका छौं ।

माघ २० गते मङलबार । बिहान साढे ८ वजेको फ्लाइट थियो। मोबाइलको ब्याट्री सकिनै लागेकाले चिन्तित थिए । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको डोमेस्टिक टर्मिनल मा छिरें। खराव मौसमको कारणले फलाइट डिले भयो। 

मोबाइलमा चार्ज नभएकाले केही असहज भएको थियो । मनमा दुःख लाग्ने नै भयो। आन्तरिक टर्मिनलको बोर्डिङ्ग पास लिएर फ्लाइटको लागि कुर्ने कक्षमा छिर्ने बित्तिकै बिज्ञापन काउन्टर लविको मध्य भागमा ठूलो अक्षरमा ‘फ्रि चार्ज’ लेखेको ठूलो बोर्ड देखियो । वोर्डमा एनसेलको ठूलो बिज्ञावन पनि।

पैसा तिररै भएपनि मोवाईल चार्ज गर्नुपर्ने अवस्थामा ‘फ्रि चार्ज’ लेखेको देखिपछि खुसी नहुने कुरै भएन। चार्ज गर्न त्यसतर्फ लागें। चार्ज गर्नको लागि चार्जिङ्ग केबल खोजें, उपलब्ध होला भन्ने नै थियो। तर, त्यहाँ केवल फेला परेन। आफ्नो चार्जरबाट चार्ज गर्न मिल्ने बिजुलीको पोइन्ट मात्रै थियो र आफ्नै डाटा केबल प्रयोग गरेर चार्ज गर्ने पोर्ट नि थियो।

चार्जर झोलाबाट झिकेर चार्ज गर्ने प्रयास गरे, तर चार्ज भएन। कनेक्सनमा समस्या होला भन्ने लागेर अर्को पोइन्टमा प्रयास गरे। तर, जतिनै पोईन्ट फेरेपनि चार्ज नभए । मन अमिलो भयो। 

अब मलाइ बल्ल थाहा भयो फ्री चार्जर काउण्टर त ‘विज्ञापन काउन्टर’ पो रहेछ। त्यहाँ चार्ज गर्न नपाइने रहेछ। एनसेलको बिज्ञापन चाहिँ निःशुल्क हेर्न पाइने। लबिको अर्को छेउमा त्यस्तै फ्री चार्ज लेखेको बिज्ञापन काउन्टर थियो। त्यो चाहिँ बिज्ञापन नभएको कारण कुनामा राखेको रहेछ । त्यहाँ पो होला की भन्ने सोचेर त्यतै लागें। तर, अबस्था उस्तै।

काउन्टरमा भएका चार्जिङ्ग पोइन्टहरु काम नगर्ने । काउन्टरमा बिजुलीको कनेक्सन नै नगरेको पत्ता लाग्यो। नाङ्गो तार झुण्डिएको देखियो। बिज्ञापन राख्न तोकिएको स्थानमा सवै कुरा ब्यवस्थित थिए तर, चार्ज गर्न भनिएको सवै ठाउँ अब्यवस्थित भएपछि त्यसलाई पनि विज्ञापन काउण्डरकै रुपमा प्रयोग गरिएको वुझन समय लागेन।

‘फ्रि चार्ज’ भनिएको स्थानमा चार्ज गर्न नपाएपछि यात्रुहरु भने लविमा लाईन लागेर मोवाईल चार्ज गरिरहेको देखिन्थ्यो ।

सरी अनाधिकृत रुपमा विज्ञापन गर्न दिए वापत एयरपोर्ट कर्मचारीले एनसेलवाट रकम असुली गरिरहेको गुनासो पनि सुनियो । नियमनकारी निकायले यस्तो कृयाकलापको अनुगमन गर्ने र कारवाही गर्ने विषय पनि फितलै देखियो ।

स्मार्ट टेक्नोलोजी प्रा.ली.ले सेटिङ्गमा ठुला–ठुला विज्ञापन लिने तर, तोकिएको मापदण्ड पुरा नगर्ने गरेको त्यहाँ उपस्थित केहि कर्मचारीहरु नै आरोप लगाए । विज्ञापन पनि ठिक ठाउँमा नराख्ने, आफुखसी विज्ञापन राख्ने लगाएका गुनासो पनि प्रसस्तै सुन्न पाईयो । स्मार्ट टेक्नोलोजीको यो काममा एनसेलको पनि सहयोग रहेको उनीहरुको आरोप छ ।

जे होस ‘स्मार्ट टेक्नोल्लोजीको जनतालाई झुक्याउने यो ‘स्मार्ट तरिका’ चै अनुपम नै लाग्यो । 

विशेष