समाचार समाज देश

डा. गोविन्द केसीको पुर्व घोषित २० औं अनशन स्थगित

डा. गोविन्द केसीको पुर्व घोषित २० औं अनशन स्थगित

राजनीतिक मागसहित फागुन १२ गतेदेखि सुरु गर्ने भनिएको नागरिक अभियन्ता डा. गोविन्द केसीको २० औं अनशन स्थगित भएको छ ।

संसद विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदम सच्याएर संविधान रक्षाको माग गर्दै उनले फागुन १२ गतेदेखि अनशन बस्ने घोषणा गरेका थिए । 

प्रधानमन्त्रीले संविधानमाथि गरेको प्रहारलाई सर्वोच्च अदालतले निस्तेज तुल्याइदिएकाले सत्याग्रह स्थगित गरिएको केसीले बताएका छन् । तर आफूसँग विगतमा भएका सम्झौता कार्यन्वयन नभएसम्म सत्याग्रह अभियान जारी रहने र नयाँ सरकारलाई जवाफदेही बनाउने अभियान निरन्तर रहने केसीले उल्लेख गरेका छन् ।

‘पछिल्ला ३ वर्षमा सरकारले अभिव्यक्ति स्वतन्त्रता खुम्च्याउन र भ्रष्टाचारलाई संस्थागत गर्न जति पनि कुकर्म गरेको छ, त्यसलाई नउल्ट्याएसम्म देश र समाज सही अर्थमा अगाडि बढ्न सक्दैन’ उनले भनेका छन् ।

केसीले प्रधानमन्त्री ओलीले राज्य कब्जाको प्रयासस्वरुप संवैधानिक निकायहरुमा गलत नियुक्ति गरेको भन्दै त्यसलाई सच्याउन माग गरेका छन् । 

०५२ सालपछिको अवधिमा सांसद किनबेचसहित विकृत गठबन्धन राजनीतिको अभ्यास दोहोरिन नदिन पनि सचेत गराएका छन् । 
 

विशेष