समाचार समाज देश

वाह्र विघा मैदान : प्रादेशिक अस्पतालको डम्पिङ्ग साइट की धार्मिक स्थल ?

वीरेन्द्र रमण

वाह्र विघा मैदान : प्रादेशिक अस्पतालको डम्पिङ्ग साइट की धार्मिक स्थल ?

जनकपुर– जनकपुरको प्रसिद्ध बाह्र विघा मैदान फोहर फाल्ने डम्पीङ्ग साईट वन्न थालेको छ। रामायणमा उल्लेख भएको सिता र रामको स्वयम्बर भएको स्थलको रुपमा परिचित वाह्र विघा मैदान सरोकारवाला निकायहरुकै वेवास्ताका कारण डम्पीङ्ग साइट वनेको हो ।

धार्मिक आस्थाको रुपमा रहे पनि अहिले नगरभरिको फोहर फाल्न प्रयोग हुन थालेको छ यो स्थान । यस स्थलको संरक्षणको जिम्मेवारी लिएको वृहत्तर जनकपुर क्षेत्र विकास परिषदको उदासिनताले संरक्षण त भएन नै त्यसको सट्टा सर्वसाधारणले फोहर फाल्ने थलोको रुप प्रयोग गर्न थालेको नागरिक समाजका अगुवाहरु वताउँछन् ।

रंगभुमी मैदानको नामले समेत परिचित वाह्र विघा मैदान प्रादेशिक अस्पतालको छेउमै रहेकाले अस्पतालजन्य फोहोरका कारण पनि प्रदुशित हुने गरेको छ । अस्पतालकै फोहरले वाह्र विघा मैदान दुगन्धीत बनेको छ । फोहोरका कारण विभिन्न रोगको संक्रमण समेत वढ्ने खतरा वढेको स्थानीवासी वताउँछन् ।

यति मात्र होईन, सार्वजनिक शौचालयको सहजता नभएको जनकपुरमा यसै मैदानलाई  सर्वसाधारणले दिशा विसाव गर्ने स्थलको रुपमा प्रयोग गर्ने गरेका छन् । वाह्र विघा मैदानलाई पवित्र स्थलको रुपमा लिने गरिएपनि फोहोर र दिशा पिसावको ब्यवस्थापन गर्न नसक्दा समस्या हुन थालेको उनीहरुको भनाई छ । भारतबाट आउने पर्यटक÷श्रद्धालुहरुले यस ठाउको माटो लिएर जाने गरेका छ । तर, अहिलेको अवस्था देखेर र मन दुख्ने गरेको स्थानिय ७० वर्षिय जुरी कापरले वताए ।

यो मात्र होईन, सिता र रामसँग जोडिएका अनेकौ स्थलहरुको अहिले दुरावस्था छ। जनकपुरको ऐतिहाँसिक सम्पदाहरुको संरक्षणको लागि कुनैपनि निकायले चासो देखाएको छैन । प्रदेश सरकारका मन्त्री तथा सांसदहरु पनि आफनो क्षेत्र÷जिल्ला केन्द्रित हुने र सम्वन्धित मन्त्री÷सांसदले पनि वजेटमा ध्यान नदिदा यस्ता स्थलको संरक्षण हुन नसकेको स्थानिय युवा अभियन्ता सुशिल कर्णको कथन रहेको छ । 

जनकपुर आफैमा एउटा प्राचिन मिथिलाको राजधानी र सिता रामको विवाह स्थल रहेका कारण यहाँका ऐतिहासिक सम्पदाहरुलाई संरक्षण गर्न ध्यान दिनु जरुरी रहेको उनले वताए । यसका लागि तिन वटै तहका सरकारले ध्यान दिनुपर्ने आवश्यकता रहेको स्थानीयहरु बताउँछन ।

बाह्र विघा मैदान डम्पीङ्ग साईट सिता र राम ऐतिहासिक सम्पदा

विशेष