समाचार समाज देश राजनीति

भागरथीका हत्यारा सार्वजनिक : छिमेकी भाई नै हत्यारा, यस्तो छ हत्याको कारण

भागरथीका हत्यारा सार्वजनिक : छिमेकी भाई नै हत्यारा, यस्तो छ हत्याको कारण


बैतडीको दोगडाकेदार गाउँपालिका–७ की १७ वर्षीया भागरथी भट्टको हत्या आरोपमा पक्राउ परेका किशोर दिनेश भट्टलाई वुधवार प्रहरीले सार्वजनिक गरेको छ ।

जिल्ला प्रहरी कार्यालय बैतडीमा पत्रकार सम्मेलन गरी प्रहरीले भट्टराई सार्वजनिक गरेको हो । सम्मेलनमा सुदुरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक उत्तमराज सुवेदीले ती किशोरले हत्या गर्न भागरथीलाई अगाडि नै लवलेक जंगलमा कुरेर बसेको जानकारी दिए ।

ती किशोर भागरथीका छिमेकी तथा नातामा भाई पर्छन। उनी भागरथी पढ्ने सनातन धर्म माध्यमिक विद्यालयकै कक्षा ११ अध्ययनरत थिए।

माघ २१ गते दिउँसो करिब २ बजेतिर ती किशोर अन्तिम कक्षा नपढी साथीहरूसँग फर्किएका थिए।  

साथीहरूसँग जाँदा उनी बजारबाट साथीहरूसँग छुटेर घर जाने भन्दै फर्किएको डिआइजी सुवेदीले बताए। ‘भागरथीलाई सडकभन्दा तल धकेलेर लडेपछि जबरजस्ती घाँटी थिचेर मारेको देखियो,’ डिआइजी सुवेदीले भने। पोष्टमार्टम रिपोर्टमा बलात्कार भएको देखिएको छ, तर किशोरले भने बलात्कार नगरेको प्रहरीको बयानमा भनेका छन्। 

रिसीवीका कारण उनले भागरथीको हत्या गरेको प्रहरीले जनाएको छ । तर, कस्तो रिसीवि भन्ने प्रहरीले खुलाएको छैन ।

पक्राउ परेका किशोर लागुऔषध प्रयोगकर्ता समेत रहेको पत्ता लागेको छ ।

हत्या भागरथी सुदुरपश्चिम प्रदेश प्रहरी

विशेष