समाचार अन्तरवार्ता भिडियो राजनीति इतिहास र अनुभूति

साईवर सेनाले गोप्य अंग पनि वजारमा पुर्याए, केपी-विद्याले भोगेको नियति प्रचण्डले पनि भोग्नुपर्छ [भिडियो अन्तरवार्ता]

साईवर सेनाले गोप्य अंग पनि वजारमा पुर्याए, केपी-विद्याले भोगेको नियति प्रचण्डले पनि भोग्नुपर्छ [भिडियो अन्तरवार्ता]

राजनीतिक विश्लेषक डा. सुरेन्द्र केसीले नेपाली राजनीतिमा प्रविधीको दुरुपयोग गरी ब्यक्तिगत यौन जिवनका घटनाहरुलाई उछालेर एक अर्कालाई सिद्याउने प्रवृत्ति मौलाएको भन्दै चिन्ता ब्यक्त गरेका छन् ।

पुर्व सभामुख कृष्णवहादुर महरा, नेकपा (प्रचण्ड–माधव पक्ष) का प्रवक्ता नारायणकाजी श्रेष्ठ, नेकपाका अध्यक्ष माधवकुमार नेपाल, प्रदेश १ का मुख्यमन्त्री शेरधन राईदेखि राष्ट्रपति र रामकुमारी झाँक्रीसम्मका काण्डले प्रविधिको दुरुपयोग मौलाएको र यसवाट भोलीका दिनमा प्रचण्डसम्म अछुतो नरहने चेतावी दिए ।

‘यिनीहरुसँग एक–अर्कालाई सिद्याउने दुरासयवाट साईवर ग्याङ वनाएको छ भन्ने सुन्छु । तर ठ्याक्कै कस्ले/कसरी प्रयोग गर्दैछ मलाई थाहा छैन । यसै प्रकरणले महरा समाप्त भए, नारायणकाजीलाई डिलमा पुर्याईयो। माधव नेपाल र एउटी केटीलाई जोडेर होलीवानईनको प्रचार गरियो र भोली प्रचण्डले यो नियती भोग्नु पर्यो भने अचम्म मान्नु पर्दैन’ उनले भने–‘तर, अर्कोको चरित्रको पछाडि लाग्ने, ब्यक्तिको पछाडि लाग्ने, ब्यक्तिलाई ड्यामेज गराएर अर्थोपार्जन गर्ने जुन प्रवृत्ति छ, त्यसले त जहाँ पनि पुर्याउने रछ विषयलाई ।’

नेपाल आजको नियमित स्तम्भ ‘इतिहाँस र अनुभुती’ मा आफनो धारणा राख्दै विश्लेषक केसीले एकले अर्कोलाई सिद्याउन सुरु गरेका यस्ता काण्डले आफुलाई पनि असर गर्ने भएकाले यो प्रवृत्ति रोक्नु नै राम्रो हुने वताए। ‘राष्ट्रपति एकल महिला हुन्। प्रधानमन्त्री पनि विवाहित हुन । उनीहरुको विचमा अफेयर नै होला त ? यदि त्यो हो भने पनि त्यति तल आउने त हामीले ?’ उनले भने–‘मानविय कमजोरी त जो सँग पनि हुन्छन। कि चै आधिकारीक हुनुपर्यो, पुष्टि हुनपर्यो । प्रदेश १ को मुख्यमन्त्रीको प्रकरण सवैलाई थाहा छ। यदि त्यो हो भने त उनी त दण्डित हुनु पर्यो, उनी त अर्को विहे गर्दैछन् । होईन भने त अपुरणीय क्षती भयो नी। उनीहरुको वैवाहिक जिवन भोली अवरुद्ध हुन्छ। महराको कुरा पनि यहि हो, नारायणकाजीको पनि यहि हो। अपुरणीय क्षेत्री हो नी, गलत वाटो लिएका छौं नी त हामीले।’

राष्ट्रपति विद्यादेवि भण्डारीलाई वालकोटै गएपनि हुन्छ भनेर रामकुमारी झाँक्रीले आलोचना गर्नासाथ कसैकसैले ‘तिमी पनि खुमलटार गएनी हुन्छ’ भन्दै कमेण्ट गरेको विषय कोट्याउँदै डा. केसीले भने–‘झाँक्री प्रकरणपछि अर्कोले तिमी पनि खुमलटार जाउन त भनेर भन्दियो । उनीहरु कहाँ आईपुगे त। महिला अस्मितामाथि महिलाले नै प्रहार गरे। अव, तिमीहरु दुईटै त्यस्तै हो भन्न पनि मिलेन हामीले ।’

राजनीति ००७ सालकै सेरोफेरोमा, स्वार्थन्धता र परिवारवाद भन्दा माथि उठेन
वर्तमान राजनीतिक अवस्था ००७ सालको भन्दा अलिकति पनि फरक नभएको डा. केसीको भनाई छ । उनी भन्छन्–‘नेपालको राजनीतिको वाटो २००७ को दशक भन्दा नयाँ देखेको छैन। त्यो भनेको स्वार्थन्धता, आमकेन्द्रित, परिवारवाद र पदमुखी। यी सम्पुर्ण कुरालाई राजनीतिको नाममा ब्यवसायीकरण गर्ने प्रवृत्ति मौलायो। मैले नेपालको राजनीतिलाई त्यो भन्दा उता केहि पनि देखेको छैन ।’

त्यहि प्रवृत्तिलाई जग वनाएर ०१७ सालमा राजाले ‘कु’ गरेको वताएका उनले त्यो कदमपछि राजाले २९ वर्ष लगातार प्रत्यक्ष शासन चलाएको वताए । ‘०४६/०४७ मा ०१७ सालमा अपहरित राजनीतिक प्रणालीको पुनर्स्थापना भयो । राजनीतिक दलहरुले ००७ देखि ०१७ सम्मको प्रवृत्ति र त्रुटिको पुनारावृत्ति गराउँदैनन् की भन्ने लागेको थियो । दुर्भाग्य त्यो भन्दा पनि घृणित र भद्दा किसिमको दुस्प्रवृत्तिको पुनरावृत्ति गरे’ उनले थपे–‘त्यसको पराकास्ठा चै दुईटा थिए । एउटा त्यहि जगवाट माओवादीले हत्याहिंसाको राजनीति अघि वढायो, अर्को त्यहि विचमा गिरीजा प्रसाद कोईरालाले ०५१ सालको मध्यावधि निर्वाचन ठोगिदिए ।’

त्यसपछि माओवादी र मुलधारका राजनीतिक दलको प्रहारका कारण देशको अवस्था चिन्ताजक र जनता आजित भएको उनले वताए । ‘यतावाट माओवादीले हान्न थाल्यो नेपालको राजनीतिलाई, उतवाट दलहरुले हान्न थाले सत्ताको नाममा। कहिले मध्यावधि, कहिले उपनिर्वाचन, कहिले के ?’ उनले भने–‘यस्तो खालको एउटा घिनलाग्दो र ज्यादै महंगो । नेपाली जनाताका लागि चैं महंगो पनि भो, घिन पनि लाग्यो के उनीहरुलाई । यिनीहरु जहिले पनि यस्तै रछन्, फोहोरी रछन भन्ने जस्तो लाग्दै गयो। त्यसपछिको घटनाक्रम त अहिलेको पिढिले पनि भोगी नै राखेको छ। माओवादीको प्रक्रिया अगाडि वढ्यो, राजनीतिक दलको गिरीजा प्रवृत्ति पनि अगाढि नै वढ्यो। ०५१ को मध्यावधिमा चै कांग्रेस हारेर जनतावाट दण्डित पनि हुन पुग्यो । गिरिजा अलोकप्रिय भईसकेका थिए । कृष्णप्रसाद भट्टराईलाई अगाडि वढाए। ०५६ सालमा आम निर्वाचन सम्पन्न भो। उतावाट माओवादीले हत्या हिंसालाई तिव्रता दिदै गए । ०५६ सालमा कृष्णप्रसाद भट्टराईका नाममा आम निर्वाचन भयो । तर के भो भने फेरी गिरिजाले नोवै महिनामा कृष्णप्रसाद भट्टराईलाई वेदखल गरेर आफै शासनमा टप्किन आए। यति नराम्रोसँग कृष्णप्रसाद भट्टराईलाई वेदखल गरे। भट्टराईको भनाई के थियो भने–मेरो फ्रान्सको भ्रमण निर्दिस्ट भईसकेको छ, यो राजकिय भ्रमण हो गिरिजा वावु। मलाई एक पल्ट फ्रान्स पुगेर आउन दिनोस न भने किसुनजीले। गिरिजाले त्यति पनि मानेनन् हुँदैन भने। जवरजस्ति गिरिजा पावरमा आए । त्यो यति विकृत र भद्दा हुँदै गयो की त्यसैलाई टेकेर फेरी राजा ज्ञानेन्द्रले ०५९ सालमा अर्को ०१७ साल ल्याई दिए । त्यो १७ साल ०६०/०६१ सालमा ०१७ सालको नियति सम्भव थिएन। तर, जवरजस्ती गरे राजाले। यो देखेपछि माओवादीले के गर्यो भने यिनै दलहरुलाई चै आफनो पक्षमा वनाएर ०६१/०६२ सालको संयुक्त जनआन्दोलनको प्रादुर्भाव भयो ।’

त्यसको परिणामले नेपालमा गणतन्त्र ल्याएको उनले जानकारी दिए । ‘नेपालमा गणतन्त्र आयो, राजतन्त्र उन्मुलन भयो। त्यसपछि मलाई पनि के लागिरहेको थियो भने प्रचण्डमा चै अलिकति राजनीतिक सोच छ की ?’ उनले भने–‘नेपाली जनता धेरै पछाडि परे, गरिवी भो, अभाव भो। राजाले आफनो पालामा खडा गरेका औद्योगिकीकरणको प्रकृया पनि जम्मै वन्द गराउने जस्तो कुरा भो। प्रचण्डहरु सर्वहारा गरिव मजदुर भन्थे। उद्योग वन्द गर्नु त सर्वहाराको विरुद्धको कुरा हुन्थ्यो। सर्वहारा पक्षले, मजदुर पक्षले, किसान पक्षले त उद्योगलाई जोड दिनु पर्थ्यो। सायद प्रचण्डले यस्तो गर्लान भन्ने लागेको त, यि त गिराजाभन्दा पनि भस्मासुर देखा परे ।’

यति हुँदा हादै पार्टी एकताको नाटकसम्म घट्ना आईपुगेको वताएका केसीले एकतापछि त केहि गर्लान भनेको त फेरी ००७–०१७ सालको जुन अस्थिरता अथवा ०४७ देखि ०५९ मा भएको पटक–पटक सरकार वन्ने विग्रने, मध्यावधि गर्ने, उपनिर्वाचन गर्ने, घात प्रतिघात गर्ने, विश्वास/अविस्वास गर्ने प्रवृत्तिकै पुनरावृत्ति भएको वताए। ‘आफनै दलका सांसदहरु अनुपस्थित रहेर आफनै सकरार ढाल्ने। गिरिजाको सरकार आफनै पार्टीले ढालेको थियो । त्यसको जवाफमा गिरिजाले आफै दुई जना सांसद अनुपस्थित गराएर शेरवहादुरको सरकार ढाल्दिए। कृष्ण प्रसादलाई कसरी फान्दिए, त्यो मैले भनि हाँले’ उनले भने–‘अहिलेको वाम सरकारको पनि सुविधाको वहुमत थियो तर, त्यहाँ पनि फेरी त्यहि कुरा दोहोरियो।’

यस्तो अवस्थामा पनि मध्यावधि निर्वाचनमा गएको वताएका उनले संविधानमा हुदै नभएको ब्यवस्थावाट प्रतिनिधि सभा विघटन गरिएको जिकिर गरे ।

नेपालको राजनीतिक अवस्था ००७ सालमा मा जहाँ थियो, ठ्याक्कै अहिले पनि त्यहिँ रहेको उनको जिकिर छ। ‘यसमा कुनै पनि किसीमको अन्तर आएको छैन । प्रणालीमा वरु अन्तर आई सक्यो तर प्रवृत्तिमा कुनै पनि अन्तर आएको छैन’ उनी भन्छन्–‘मैले देख्दा ००७ देखि ०१७ कै दशकमा छ र उहि ठाउँमा उभिई राखेको छ ।’

समाज अहिले पनि उहि ठाउँमा रहेको तथा अभाव र अप्ठारोमा रहेको उनले वताए । एक छाक कसरी जुटाउने, छोराछोरीलाई कसरी पढाउने र कसरी जिवन धान्ने ? भन्ने मै जनताको जिवनचक्र चलिरहेको उनको भनाई छ । त्यहाँ भित्र पनि हत्या, हिंसा र वलात्कार जस्ता अपराधले जनता हैरान भएको केसी वताउँछन् । 

प्रविधिको दुरुपयोगले गोप्य अंगहरु वजारमा
नेपालीले प्रविधिलाई दुरुपयोग गरेको केसीको वुझाई छ । ‘प्रविधिलाई दुरुपयोग गरेर मान्छेहरु अनुशासन हिन, अझ छाडा, अर्कोको घरभित्र पस्ने, गोप्य अंगहरु वजारमा पठाउनेसम्मका हर्कत गर्न थाले। प्रविधिलाई त नेपालीले त्यो रुपमा प्रयोग गरेको देख्दैछु मत’– उनले भने।

नेपाली राजनीतिमा पनि यसले जरो गाडेको उनी वताउँछन् । माधव नेपाल, नारायणकाजी श्रेष्ठलगायतको उदाहरण दिदै उनले भने–‘एउटा फोटो छ। नारायणकाजीको घरमा डिनरको वेला खिचेको फोटो। प्रचण्ड नारायणकाजी वसेका छन्, परिवारजन उभिएका छन्। सुसन कर्मचार्यले खाना पस्किएको, नारायणकाजीले त्यो महिलालाई दृष्टि लगाईरहेको। त्यो तस्वीरलाई फोटोवा प्रचण्डलाई हटाएर नारायणकाजी र सुसनलाई मात्रै त्यहाँ छन भनेजस्तो तरिकाले फोटोलाई देखाईएको छ । त्यो फोटो हेरेपछि म पनि स्तब्ध भए। मलाई पनि उनीहरुको विचमा गलत सम्वन्ध रहेछ भन्ने लागेको थियो । तर, सुसनको विवाह भएको परिवार सँगै रहेको, छोरीको विवाह गर्ने वेला भएको रहेछ।’

कृष्ण वहादुर महाराको अवस्था त्यस्तै भएको कसीको विश्लेषण छ। ‘मिडिया नै प्रयोग गरिएको छ । त्यहि पिर खप्न नसकेर महराकी दुलहीको प्राणन्त भयो। यो दृष्टान्त मात्रै हो। केपी ओली र विद्या भण्डारीलाई दुलाहा–दुलही वनाएर वाईकमा राखेर, सिन्दुर लगाएर राखिदिएका छन’ उनले भने–‘साईवर सेना कहाँवाट परिचालित छन् त्यो त मलाई थाहा छैन, तर यिनीहरुसँग एक अर्कालाई सिद्याउने दुरासयवाट साईवर ग्याङ वनाएको छ अरे भन्ने सुनेको छु ।’
राजनीतिक विश्लेषक डा. सुरेन्द्र केसीसँग नेपाल आजले गरेको विशेष कुराकानी हेर्न तलको लिंकमा क्लिक गर्नुहोला।