समाचार अन्तरवार्ता भिडियो इतिहास र अनुभूति

नेपालमा हिन्दुहरुको संख्या घटाउन तथ्यांक विभागले यसरी गर्दैछ षडयन्त्र ! [भिडियोसहित]

नेपालमा हिन्दुहरुको संख्या घटाउन तथ्यांक विभागले यसरी गर्दैछ षडयन्त्र ! [भिडियोसहित]

पुराना कम्युनिष्ट नेता सुवास ढकालले नेपालमा हिन्दुहरुको संख्या घटाउन तथ्यांक विभागले प्रायोजित रुपमा षडयन्त्र गरेको आरोप लगाएका छन् ।

नेपाल आजसँगको विशेष कुराकानीमा नेता ढकालले हिन्दु धर्मलाई टुक्र्याउने गरी तथ्यांक विभागले जनगणनाको प्रश्नावली तयार गरेको आरोेप लगाउँदै त्यस्ता गतिविधि तत्काल सच्याउन माग गरे । ‘तथ्यांक विभागले ‘प्रकृति धर्म’ भनेर प्रश्नावलीमा राखेको वुँदा हिन्दु धर्म अन्तर्गतको विषय हो’ उनले भने–‘यसरी हिन्दुलाई विभक्त गर्नु पर्ने जरुरी किन आयो ? यो भन्दा अगाडि नजन्मीएको धर्म अहिले अचानक कुन ग्रन्थले जन्मायो ?’ 

‘हिन्दु धर्मले वौद्ध धर्मलाई पनि त आफनो शाखा मान्छ, विमती त वौद्ध धर्मसँग पनि हुनु पर्ने हो नी’ भन्ने जिज्ञासामा ढकाल भन्छन्–‘हिन्दु नै मात्रै एउटा यस्तो धर्म हो, जो संसारमा अरु धर्मलाई पनि समान रुपमा इज्जत गर्छ । धर्म र परापुर्वकालदेखी चलिआएको रितिरिवाजसँग मेरो विमति छैन। अव नयाँ धर्म जन्माउने जुन दुस्प्रयास गरिदैछ, त्यसप्रति चै मेरो विमती हो । प्रकृती नयाँ धर्मको रुपमा निस्कियो, मैले यस्को ग्रन्थ भेटेको छैन ।’

तथ्यांक विभागको कृयाकलापले हिन्दु धर्मलाई टुक्र्याउने षडयन्त्र गरेको भन्दै विमती राखेका नेता ढकालले सर्वोच्च अदालमा निवेदन पनि दर्ता गराएका छन् । जसको पेशी फागुन २ गतेलाई तोकिएको छ । ‘सरकार मातहतमा तथ्यांक विभागले ०७८ सालमा गर्न लागेको जनगणनामा धर्मको कोलममा राखिएका विभिन्न विषयहरुमा मेरो असहमति हो’ उनले भने–‘०७७ भदौ १५ गते राजपत्रमा निकालीएको प्रश्नावली भन्दा पृथक किसिमवाट धर्मलाई विभक्त गर्ने र टुक्र्याउने किसिमवाट प्रश्नहरु तयार भएका छन् । तथ्यांक विभागले प्रश्नहरुको नमुना वजारमा पठाएपछि त्यसमाथि मेरो आपत्ति भएर म सर्वोच्च अदालको सम्मानीत वेच्च समक्ष गएको हुँ।’

एउटा सामान्य नागरिकका हैसियतमा आफु अदालतमा गएको वताएका उनले धर्मलाई गलत रुपवाट ब्याख्या गर्ने प्रयास भएको जानकारी दिए । ‘०७८ सालमा हुँदै गरेको जनगणना यसअर्थमा पनि ऐतिहाँसिक छ की, यो संविधान जारी भएपछिको पहिलो जनगणना हो। यो जनगणनाले धर्मको विषयवस्तुलाई विशेष महत्व पनि राख्छ’ उनले थपे–‘नेपाल संसारमा एउटा मात्रै हिन्दु राष्ट्र थियो। यो संविधान पछाडि यो हिन्दु राष्ट्र हराएर धर्म निरपेक्ष भन्ने एउटा शब्दले संसारमा कहलिएको आफनो चिनारीलाई अलिकति मटियामेट गर्ने प्रयास पो होकी, सिद्याउन पो खोजेको हो की भन्ने सवालमा मैले कानुनको सहारा लिएर सवोच्चमा गएको हुँ।’

नेपाल सरकारले ‘तपाई कुन धर्म मान्नु हुन्छ’ भनेर राजपत्रमा प्रकाशित गरेपनि तथ्यांक विभागले हिन्दु धर्म र वौद्ध धर्मलाई विभक्त गरेर प्रश्नावली तयार गरेको वताएका उनले नेपाल सरकारले वनाएको प्रश्नावली अनुसार नै जनगणनाको प्रश्नावली वन्नुपर्न माग गरे ।

‘नमुना प्रश्नावलीमा अस्तित्वमै नभएका धर्महरुलाई पनि जन्म दिएर प्रश्न वनाइएको छ। जुन धर्मको अहिलेसम्म मैले ग्रन्थ पनि भेटेको छैन’ उनले भने–‘चाहे इस्लाम होस या क्रिस्चियन। हिन्दु होस या अन्य कुनै धर्म। सवै धर्मको जन्म र अनुशासनको दायरा चै ग्रन्थले गर्छ ।’

नेपालको पहिलो जनगणना विसं १९६८ वाट भएको ईतिहाँस भेटिएको जानकारी दिदै नेता ढकालले ००८ मा हुनु पर्ने जनगणना हुन नसकेर ००९ र ०११ मा नयाँ प्रश्नावली वनाएको वाहेक सवै जनगणमा सोधिएका प्रश्नले ‘तपाई कुन धर्म मान्नु हुन्छ’ भनेर सोधेको वताए । ‘अहिले पनि आउनु पर्ने कैशन तेहि नै हो। तर दुर्भाग्य तथ्यांक विभागले अर्कै प्रश्नको नमुना वजारमा ल्याएको छ’ उनले थपे–‘हामीले अरु नै भेट्यौ। त्यसपछि हामीले चित्त नवुझाएर अदालत प्रवेश गरेका हौं ।’ 

‘तथ्यांक विभागले हिन्दु धर्मलाई पनि टुक्र्याउने गरी प्रश्नावली वनाएकोमा हाम्रो अपत्ति हो । प्रकृति धर्म भनेको हिन्दु धर्म हो’– उनले भने। 

‘प्रकृति धर्मलाई विस्थापित गरेर हिन्दकुरण गरियो भन्छन् नी?’ भन्ने प्रश्नमा प्रतिप्रस्न गर्दै उनले भने–‘त्यसको प्रमाण के त ? ग्रन्थ होला, किताव होला। इतिहाँसमा भेटिनु पर्योनी’ उनी भन्छन्–‘मैले मानेकै धर्म अरुले मानिदिनुपर्छ भनेर मैले कहाँ भनेको छु र। क्रिस्चियनका पनि चार प्रकार छन्, वुद्धका पनि प्रकार छन्, मुस्लिमका पनि विभिन्न प्रकार छन। तिनलाई पनि विभक्त गर्नोस भनेर मैले कहाँ भनेको छु । तर, हिसावकीताव चै हिन्दुमा आएर ठोक्कियो। हिन्दुको मात्रै धर्मलाई किन यसरी चौतर्फी आक्रमण गरियो। संसारको एक मात्र राज्य नेपाल हो जहाँ हिन्दुहरुको नेपाल भनेर चिनिएको छ ।’

धर्मलाई एक अर्काप्रति जुधाउने र हिन्दु धर्मलाई क्रमशः क्षय गर्न नपाईने उनको भनाई छ।

तथ्यांक विभागले नियोजित रुपमा प्रश्नावली विगारेको आरोप लगाएका उनले प्रायोजन गर्ने निकाय÷ब्यक्तिको खोजी भईरहेको वताए । तर, त्यो विषयमा जानकारी पाएपनि हिन्दुत्वको रक्षाका लागि आफुहरु अदालत प्रवेश गरेको उनले सुनाए ।

‘देशको धर्म हुँदैन भन्ने केहि ब्यक्तिको भनाई होला। त्यसमा सहमति÷विमती भन्ने होईन। तर, आफनो त धर्म हुन्छ नी। सवैले आआफनो धर्म मान्छन्। तर, नयाँ–नयाँ धर्म देखाएर पर्वहरुको विचमा विभेद गर्ने खराव प्रवृत्ति देखिएको छ । 

मुलुकलाई धर्म निरपेक्ष घोषणा गरिएको विषयमा पनि ढकालले आपत्ति जनाए । ‘धर्म निरपेक्षताका विषयमा ठुलो अपत्ति छ। धर्मनिरपेक्षताको विषय पनि जनगणनाकै विषयमा उठाउनु पर्छ । जनगणनामा ७०÷८० प्रतिशत मानिसले हिन्दु धर्म मान्छन भने जनमतसंग्रह नै गुर्न पर्दैन। हिन्दु राष्ट्र घोषणा गर्न केले आपत्ति भो ?’ उनी भन्छन्–‘हरेक मान्छेले सहि गरेको हुन्छ। नागरिकता पेश गरेको हुन्छ। वडाको प्रतिनिधिको अगाडि गएर म हिन्दु धर्म मान्छु भन्छ भने गोप्य मतदानको किन आवश्यक्ता परो ?’

‘कम्युनिष्ट मान्छेले धर्मको कुरा गर्न मिल्छ ?’ भन्ने प्रश्नमा भने उनले ‘कम्युनिष्ट भएकै कारण हिन्दु धर्म मान्न हुदैन भने चै वरु म कम्युष्टि छोडन सक्छु हिन्दु छोड्न सक्दिन’ भने। ‘मेरो समाजभित्र भड्कीएको परिस्थितीलाई संस्कार चाहियो’ उनले भने–‘समाज÷संस्कार छोडेर म कम्युनिष्ट हुन सक्दिन।’

कम्युनिजमको अपब्याख्या र धर्मसँग सम्झौता गर्ने गरि कुनै वाद नमान्ने वताएका उनले हिन्दु राष्ट्र निर्माणकै लागि आफुले अभियान पनि सुरु गरेको ढकालले वताए । 

पुराना कम्युनिष्ट नेता सुवास ढकालसँग नेपाल आजले गरेको विशेष कुराकानी हेर्न तलको लिंकमा क्लिक गर्नुहोला।