समाचार अर्थ

गत वर्षको तुलनामा नेपाल टेलीकमको कूल आयमा कमी, यस्तो छ कारण

गत वर्षको तुलनामा नेपाल टेलीकमको कूल आयमा कमी, यस्तो छ कारण

नेपाल टेलीकमको गत आवको द्वितीय त्रैमासिक अर्थात् पहिलो अर्धवार्षिक को कूल आयका तुलनामा चालु आवको सोहि अवधि सम्मको कूल आयमा कमी आएको छ ।

गत आवको पहिलो अर्धवार्षिकमा कूल सेवा वापतको आय १८ अर्व ३ करोड, ९५ लाख ७६ लाख ८९ रहेकोमा चालु आवको सोहि अवधिमा कूल सेवा वापतको आयमा १ दशमलव ७४ प्रतिशतले कमी आई  १७ अर्व ७२ करोड, ४९ लाख १३ हजार ५०३ भएको छ ।

कूल आयमा कमी आउनका पछाडि विभिन्न कारणहरुले असर गरेको तथा उल्लेखित प्रत्यक्ष असरका अतिरिक्त समीक्षा अवधिमा वाह्य श्रोतबाट प्राप्त जनशक्तिको न्यूनतम ज्यालादरमा भएको वृद्धि, मर्मत संभार खर्चमा भएको वृद्धि तथा विदेशी मुद्रा सटहि दरमा आएको परिवर्तन आदिका कारणले व्ययभार बढ्न गई मुनाफामा असर परेको टेलिकमले जनाएको छ।    

कोरोना महामारीको प्रत्यक्ष असरका कारण विश्वव्यापी रुपमा व्यापार–व्यवसायमा आएको कमी, 
बैंक तथा वित्तिय संस्थाको मुद्दति निक्षेप तथा कल निक्षेपमा प्राप्त हुने व्याजदर अघिल्लो बर्षको प्रथम त्रैमासिकको तुलनामा चालु आवको सोहि अवधिमा घट्न गएको हुँदा व्याज आम्दानीमा करिब रु २० करोड ७४ लाखले आएको कमी, कोरोनाको महामारीलाई लक्षित गरी कम्पनीबाट ग्राहकवर्गको सुविधाका लागि निकै कम मूल्यमा डाटा प्याकेज उपलव्ध गरिएको हुँदा जिएसएम सेवातर्फ अघिल्लो आवको प्रथम त्रैमासिकको तुलनामा डाटाको कन्जुमसन वढेपनि राजश्वमा आएको कमीलगायतका कारणले आयमा असर परेको कंपनीले जनाएको छ ।

यसैगरी, कोरोना महामारी र अन्तर्राष्ट्रिय यात्रामा लागु भएको प्रतिबन्धका कारणले अन्तर्राष्ट्रिय रोमिङ सेवामा आएको अभुतपूर्व गिरावट तथा ओटिटीको वढ्दो प्रयोगले अन्तर्राष्ट्रिय अन्तरआवद्दता सेवामा आएको भारी गिरावटका कारण आयमा कमी आएको कंपनीले प्रष्ट्याएको छ ।
 

विशेष