मनोरञ्जन

बलिउडका मंहगो विवाह ,तर टिकेन सम्बन्ध

बलिउडका मंहगो विवाह ,तर टिकेन सम्बन्ध


 बलिउडमा यतिखेर अभिनत्री कटरीना कैफ र अभिनेता विक्की कौशलको विवाहको चर्चा छ । उनिहरु डिसेम्बर ९ मा विवाह बन्धनमा बाधिदैं छन् ।  कटरीना र विक्कीले आफनो विवाहमा राम्रै पैसा खर्च गर्ने आकंलन गरिएको छ । किनभने भने उनिहरु राजस्थानको एक भव्य रिर्सोटमा विवाह गर्दैछन् । तर बलिउडमा यस्ता अरु पनि जोडि थिए, जसले विवाहको समय पैसाको खोलो बगाए । तैपनि उनिहरुको विवाह भने टिक्न सकेन । आज हामि तिनै सेलिब्रटी जोडिहरुको कुरा गदैछौं ।

एक समयकि चर्चित अभिनेत्री करिश्मा कपुरले सन  २००३ मा उधोगपति संजय कपूर सँग विवाह गरेकि थिइन् । सिख रितिरिवाज अनुसार निकै धुमधाम र खर्चिलो विवाह गरेका करिश्मा र संजयको वैवाहिक सम्बन्ध धेरै भने टिक्न सकेन । विवाहको ११ वर्ष पछि यि दुई अलगिन पुगे । करिश्मा र संजयका एक छोरा र एक छोरी  समेत रहेका छन् । संजयले आफुमाथि घरेलुहिंसा गर्ने  गरेको र धोका दिएको करिश्माको आरोप रहेको थियो ।

त्यस्तै रोयल विवाह गरेका अर्का जोडि सामंथा अक्किनेनी र नागा चैतन्यको पनि वैवाहिक सम्बन्ध टुगिंएको छ । सामंथा र नागा साउथ इन्डियन सिनेमाका चर्चित तथा लोकप्रिय जोडि थिए । तर विवाह भएको ४ वर्षमै यिनिहरुको सम्बन्ध समाप्त भएको छ । सन २०१७ मा निकै धुमधामका साथ हिन्दु र क्रिश्चियन रितिरिवाज अनुसार विवाह गरेका यो जोडिले २०२१ मा आएर अलग अलग बाटो रोजेका छन् । यिनिहरुको विवाहमा १० करोड रुपैया भन्दा बढि खर्च भएको भारतीय सञ्चारमाध्यमहरुको रिर्पोट रहेको छ । 

त्यस्तै अभिनेता इमरान खान र अवंतिकाको सम्बन्धमा पनि दरार  आएको छ । सन २०११ मा विवाह गरेको जोडीले लगभग ६ करोड रुपैया खर्च गरेको बताएको छ । सुपरस्टार आमिर खानको भान्जा भएका कारण पनि इमरानको विवाह खर्चिलो भएको थियो । तर विवाहको ९ वर्ष पछि यो जोडि अहिले अलग बस्दै आएका छन् ।  अवंतिका इमरानको लामो समय देखि प्रेमिका थिइन् ।
 

#karishmakapoor #bollywood