समाचार पर्यटन कर्पोरेट

३० प्रतिशत छुटमा चन्द्रागिरी घुम्न पाइने

३० प्रतिशत छुटमा चन्द्रागिरी घुम्न पाइने

‘आईएमई पे’ ले हालको चिसो मौसमलाई लक्षित गर्दै नयाँ अफर सार्वजनिक गरेको छ ।

दर्शन त बाहाना हो ,सस्तोमा चन्द्रागिरीमा हिउँ खेल्ने चाहाना हो भन्ने स्लोगनका साथ चन्द्रागिरी जाने पर्यटकका लागि उक्त अफर सार्वजनिक गरिएको हो।

आईएमईले आईएमई पे मोबाइल वालेटमार्फत चन्द्रागिरी टिकट बुकिङमा फ्ल्याट ३० प्रतिशत क्यास ब्याकको अफर सार्वजनिक गरेको छ ।

यो अफर निश्चित समयको लागि रहेको आईएमईले जनाएको छ । उक्त अफर आईएमई पे एपबाट खरिद गरिएको टिकटमा मात्र मान्य हुने जनाईएको छ।

चन्द्रागिरी