समाचार अपराध सुरक्षा कुरा: युवाको

लागु औषध मुद्दामा चिर्चित -यापर आशिष राना ‘लाहुरे’ पक्राउ

लागु औषध मुद्दामा चिर्चित -यापर आशिष राना ‘लाहुरे’ पक्राउ

लागुऔषध कारोबारसम्बन्धी मुद्दामा चर्चित -यापर आशिष राना अर्थात् ‘लाहुरे’ पक्राउ परेका छन्। उनलाई कास्की प्रहरीले बुधबार पक्राउ गरेको हो। उनी पोखराकै हुन्।

प्रहरीले उनलाई नियन्त्रणमा लिएको पुष्टि गरे पनि विस्तृत विवरण दिएको छैन।

प्रहरीले अनुुसन्धानका लागि ४ जनालाई नियन्त्रणमा लिईएको जनाएको छ। उनको संलग्नता भए नभएको विषयमा अनुसन्धान भईरहेको कास्की प्रहरीका प्रवक्ता सुन्दर तिवारीले वताए ।

लागुऔषधको मुद्दा संवेदनशील भएकाले अनुसन्धान अगाडि सबै कुरा भन्न नमिल्ने उनको भनाई छ।

उनको लाहुरे एन्ड द बटालिएन ब्यान्ड छ । यो ब्यान्ड स्थापना भएको ७ वर्ष भयो । आशिषले एक शोको पारिश्रमिक ५० हजारदेखि ३ लाख रुपैयाँसम्म लिने गरेका छन् । आशिष पोखराको पल्स रेकर्डिङ स्टुडियोसँग आबद्ध छन् ।