समाचार रोजगार

१७ हजार भन्दा वढि शिक्षकका लागि दरखास्त आह्वान [विज्ञापनसहित]

१७ हजार भन्दा वढि शिक्षकका लागि दरखास्त आह्वान [विज्ञापनसहित]

शिक्षक सेवा आयोगले १७ हजारभन्दा वढि शिक्षकका लागि दरखास्त आह्वान गरेको छ। प्राथमिक, निम्नमाध्यमिक र माध्यमिक तहमा गरी  १७ हजारभन्दा बढी शिक्षकको माग गरिएको हो ।

प्राथमिक तहका लागि १३ हजार ९३, निम्नमाध्यमिक तहका लागि २५ सय ९७ र माध्यमिक तहका लागि १५ सय ४७ शिक्षकको विज्ञापन आह्वान गरिएको छ। आयोगले तीन वर्षपछि शिक्षकको खुला पदमा विज्ञापन गरेको हो।

यसअघि आयोगले २०७५ असारमा खुलातर्फको विज्ञापन गरेको थियो। त्यसपछि कार्यरत अस्थायीलाई स्थायीका लागि विज्ञापन खुलाइए पनि खुलाका लागि विज्ञापन गरिएको थिएन। 

मंसिर २९ गते खुलाइएको माध्यमिक शिक्षकको विज्ञापनमा नेपालीमा २३१, अंग्रेजीमा ३१२, गणितमा २८९ पदका लागि विज्ञापन गरेको छ। यस्तै विज्ञानमा ४३५, सामाजिक अध्ययनमा २०१ र अर्थशास्त्रमा १० जनाका लागि विज्ञापन मागिएको छ।

कार्यालय सञ्चालन र लेखामा ५१, शिक्षामा १, शुक्लयजुर्वेदमा २, स्वास्थ्यमा २, संस्कृत व्याकरणमा २ जना मागिएको छ। संस्कृत भाषामा २, संस्कृत साहित्यमा १, कम्प्युटर विज्ञानमा ६, न्यायमा १ जनामा विज्ञापन खुलाइएको छ।आयोगले परिवर्तित पाठ्यक्रमअनुसार परीक्षा लिन लागेको हो। प्रत्येक तहमा वस्तुगत प्रश्न (सामान्य परीक्षा) १०० पूर्णाङ्क र विषयगत १०० पूर्णाङ्क तोकिएको छ।

आयोगले पहिलोपल्ट २०० पूर्णाङ्कको परीक्षा लिन लागेको हो। यसअघि ४० पूर्णाङ्कको वस्तुगत र ६० पूर्णाङ्कको विषयगत परीक्षा लिइन्थ्यो। विषयगत पाठ्क्रममा आफूले चाहेको विषयमा १०० पूर्णाङ्कका लागि परीक्षा दिनुपर्नेछ। यसमा लामो र विश्लेषणात्मक उत्तर आउने प्रश्न सोधिनेछ।

सामान्यततर्फ सामान्य ज्ञान राखिएको छ। सामान्य परीक्षा उत्तीर्ण गरेपछि मात्र विषयगत परीक्षा दिनुपर्ने व्यवस्था आयोगले गरेको छ। सामान्य परीक्षा १०० पूर्णाङ्कको हुनेछ। सामान्य परीक्षा उत्तीर्ण भएपछि मात्र विषयगत परीक्षामा सहभागी हुन पाइने व्यवस्था गरिएको आयोगले जनाएको छ।

विज्ञापन