समाचार मनोरञ्जन कला साहित्य

१३ वर्षपछि कोपिलासँग निखिलले गरे सम्बन्ध बिच्छेद

१३ वर्षपछि कोपिलासँग निखिलले गरे सम्बन्ध बिच्छेद

 

अभिनेता निखिल उप्रेतीले आफनी जेठी श्रीमती कोपिला मैनालीसँग सम्बन्ध बिच्छेद गरेका छन् । दोस्रो विवाह गरेको १३ वर्षपछि निखिलले कोपिला सँग कानुनी रुपमा सम्बन्ध बिच्छेद गरेका हुन । सन २००९ मा निखिलले  अभिनेत्री सञ्चीता लुइटेल सँग दोस्रो विवाह गरेका थिए  । दोस्रो विवाहपश्चात  कोपीला सँग अलग बस्दै आएका निखिलले गत भदौ १ गते भक्तपुर  जिल्ला अदालतबाट सम्बन्ध बिच्छेद गरेका हुन। निखिल र कोपिला दुवैको सहमतिमा भएको सम्बन्ध बिच्छेदको प्रक्रिया एकैदिनमा टुन्गिएको थियो ।

 निखिल र कोपिलाका एक छोरा रहेका छन् । सम्बन्ध बिच्छेद पश्चात निखिलले  कोपिलालाई भक्तपुरमा रहेको एक घर सहित ५० लाख नगद दिएको भनिएको छ । साथै छोराको पालन–पोषणका लागि मासिक ५० हजार दिनुपर्ने सर्त भएको जनाएको छ । सन २००० मा निखिल र, कोपिलाको विवाह भएको थियो । यता अर्कि श्रीमती  सञ्चिताबाट पनि निखिलको एका छोरा र एक छोरी रहेकी छन् ।
 

#nikhilupreti