समाचार अर्थ कुरा: युवाको

अमेरिकालाई ज्ञानेन्द्र शाहीको चेतावनी– ‘अमेरिकन देख्यो की ठोक्यो’ होला

अमेरिकालाई ज्ञानेन्द्र शाहीको चेतावनी– ‘अमेरिकन देख्यो की ठोक्यो’ होला

भ्रष्टाचार विरुद्धको अभियानमा लागेका ज्ञानेन्द्र शाहीले एमसीसी प्रकरणमा अमेरिकनहरु नेपालमा कुटाई खाने दिन आउन सक्ने चेतावनी दिएका छन् । शाहीले एमसीसी प्रकरणमा अमेरिकाले किचकिच गरेको भन्दै यस्तो चेतावनी दिएका हुन् ।

शाहीले वोलेको यो भिडियो अहिले सामाजिक सञ्जालमा चर्चामा छ। ‘यो पैसा फिर्ता लैजाउ अमेरिका हेर। किचकिच नगर’ उनले भनेका छन्–‘अहिले शान्त रुपमा तपाईको र हाम्रो (अमेरिका र हाम्रो) सम्वन्ध राम्रो छ। भोली अवस्था अमेरिकन देख्यो की ठोक्यो होला। अवस्था त्यो हुन्छ’

शाहीले नेपाललाई अफ्गानिस्तान नसम्झन पनि चेतावनी दिएका छन् । ‘अमेरिकनलाई एउटा चेतावनी के हो भने यो नेपाल हो अफ्गानिस्तान सोच्नु भएन’– उनले भनेका छन् ।

उनले अमेरिकालाई आफनो पैसा फिर्ता लान आग्रह गरे। ‘बाबा भगवान चाहिएन तिम्रो पैसा, फिर्ता लैजाउ। ५५ अर्वले देश कायापलट हुने भए १६ खर्वको वजेटको किन आवश्यक्ता पथ्र्यो यो देशमा’ उनले भनेका छन्–‘एनसेलमा ६२ अर्व छ, त्यही पैसा उठाउन ५५ अर्वभन्दा वढि छ। हामीले मुद्दा जितिदिएको छ, सजिलो पारिदिएको छ। ठुलठुला ब्यापारी विनोद चौधरी, तिनिहरुले ट्याक्स छलेको पैसा छ त त्यो ठोक।१२ अर्व फोरजी घोटाला छ। गोकुल वास्कोटा पनि छन् तिनलाई ठोक। अनि गगन कुमार थापालगायतका तीनटा नेताहरुले वाईडवडी काण्ड ५ अर्वको छ, त्यो ठोक। पैसा जति पनि छ नी नेपालमा, पैसाको समस्या होईन।’

नेपालमा पैसाको समस्या नभएको भन्दै उनले ५५ अर्वले देश वन्ने भए १६ खर्वको वजेट कनि चाहियो भन्दै प्रश्न गरेका छन् । ‘समस्या पैसाको होईन, समस्या कार्यान्वयनको हो। अव फेरी ५५ अर्वमा मुलुक कायापलट हुन्छ भने यो देशमा १६ खर्वको वजेट किन आवश्यक्ता ? पच्पन्नै अर्व राखिदिया भए हुन्थ्यो नी।’– उनले भने।

ज्ञानेन्द्र शाही