समाचार पर्यटन

अक्सिजन मन्त्रीले भने– निगमलाई दैनिक डेढ करोड घाटा लागिरहेको छ

अक्सिजन मन्त्रीले भने– निगमलाई दैनिक डेढ करोड घाटा लागिरहेको छ

केपी शर्मा ओली नेतृत्वको सरकारमा वन तथा वातावरण मन्त्री हुँदा ‘रुखले हामीलाई कावृनडाईअक्साईड दिन्छ, हामी रुखलाई अक्सिन दिन्छौं’ भनेर चर्चामा आएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले निर्णकर्ताकै कारण नेपाल वायुसेवा निगम ५० अर्व ऋणमा परेको दावी गरेका छन् ।

मन्त्री आलेले हालै निगमको अवस्थाका वारेमा जानकारी दिने क्रममा लाज सरम नमानीकन गरिएको निर्णयका कारण दैनिक साढे दुई करोड नोक्सान भईरहेको वताए । ‘ढाईसय ओटा फ्लाईट चाहीँ प्राईभेट एयरलाईन्सको हुने, अनि हाम्रो २५ ओटा पनि नपुग्ने के। थोरै लाज त मान्नु पथ्र्यो नी, निर्णयकर्ताले थोरै लाज त माने हुन्थ्यो नी’ उनले भने–‘तर, कुनै पनि छैन। अव उसलाई (प्राईभेट एयरलाईन्सलाई) वढि उडान चार्टर फ्लाईट गराएर अनि त्यसपछि गएर हाम्रो जहाज त नाफामा (सुधार्दै) घाटामा जाने भो। यलले गर्दाखेरी हामी दैनिक डेढ करोडभन्दा वढि हामीलाई लस भईराखेको छ। आज निगम करिव ५० अर्व हामी ऋणमा छौं। विडम्वना।’

मन्त्री आलेलाई रोकेर पडाडिवाट (सम्भवतः कुनै कर्मचारीले) ५० अर्व नपुगेको वताउँछन् । त्यसपछि उनी भन्छन्– ‘अव किस्ता नतिरेपछि ५० भईहाल्यो नी।’ मन्त्री आलेको यो भिडियो अहिले टिकटकमा भाईरल भईरहेको छ।

मन्त्री आले गत फागुन १८ गते एउटा सार्वजनिक कार्यक्रममा ‘जुन रुखबाट हामी कार्बनडाइअक्साइड पाउँछौं, जुन रुखलाई हामी अक्सिजन दिन्छौं, त्यही रुखै नरहे के हुन्छ हालत ?’ भन्दै अभिब्यक्ति दिएपछि चर्चामा आएका थिए । 

त्यति मात्र होइन, उनले यो सरकार (आफु मन्त्री भएको) जनताप्रति उत्तरदायी नरहेको पनि बताउन भ्याए । ‘यो सरकार जनताको सरकार हो । यो कुनै जनताप्रति उत्तरदायी भएको सरकार हो भन्ने कसैलाई लाग्छ भने त्यो तपाईंको ठूलो भुल हो,’ आलेले भनेका थिए ।

यसैगरी, आफूलाई काठ ब्यवसायी र कर्मचारीहरुले एक अर्ब घूस दिने प्रस्ताव आएको पनि वताएका थिए । ‘जुन दिन पद बहाली गरें, त्यही दिनदेखि काठ व्यवसायी, वनका केही बदमास कर्मचारीले मलाई भेट्ने प्रयास गरे । मैले कसैलाई भेटिनँ । हामी १ अर्ब पैसा उठाएर दिन्छौं भन्ने कुरा पनि आयो । तर मैले मुखमा कालोमोसो दल्न हुँदैन भनेर इन्कार गरें’ उनले भनेका थिए ।

प्रेमबहादुर आले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन