समाचार अपराध सुरक्षा

अपहरण काण्डमा फसिने डरले झुण्डिएका हुन त एसएसपी यादव ?

अपहरण काण्डमा फसिने डरले झुण्डिएका हुन त एसएसपी यादव ?

नेपाल प्रहरीका वरिष्ठ उपरीक्षक (एसएसपी) सुशीलकुमार यादव शुक्रवार आफनै सरकारी निवासमा झुण्डिएको अवस्थामा मृत फेला परे। बिहान स्टाफले खाजा लिएर जाँदासम्म समान्य अवस्थामा रहेका यादव करिव ११ बजे शव झुण्डिएको अवस्थामा भेटिए ।

उनको मृत्युको कारण पहिल्याउने क्रममा उनीमाथि प्रहरी प्रधान कार्यालयले कारवाही गर्ने तयारी गरेको खुलेको छ। यो प्रकरण वाहिर आएसँगै एसएसपी यादवले कारवाहीको डरले नै आत्महत्या गरेत ? भन्ने प्रश्न खडा भएको छ। 

करिव १४ वर्षअघि बुटवलमा भएको एउटा अपहरण घट्नामा आरोपितलाई उन्मुक्ति दिएको विषयमा उनी दोसी देखिएका थिए । अपहरण तथा शरीर बन्धक घटनामा संलग्न अमर टण्डनलाई उन्मुक्ति दिएको आरोपमा यादवसहितका प्रहरी अधिकारीलाई कारबाही प्रक्रिया सुरु भएको थियो ।

र यो पनि, 

एसएसपी भीम ढकालको संयोजकत्वमा बनेको छानविन समितिले अपहरणकारीलाई उन्मुक्ति दिने प्रक्रियामा प्रहरीको संलग्नता देखिएको निष्कर्ष निकाल्दै यादवसहित बहालवाला १५ प्रहरीलाई विभागीय कारबाही गर्न सिफारिस गरेको थियो। 

०६४ माघ २९ गते टण्डनको समूहले बुटवलका ६२ वर्षीय टीकाराम अर्याललाई अपहरण गरेको थियो। तर उक्त घटनामा प्रहरीले टण्डनमाथि अनुसन्धान नै नगरी म्याद गुजारेको खुलेपछि लिखित स्पष्टिकरण मागिएको प्रधान कार्यलय स्रोतले जानकारी दिएको छ। स्पष्टीकरणपछि विभागीय कारबाहीबारे निर्णय गर्ने तयारी थियो।

छानबिन समितिले टन्डनलाई उन्मुक्ति दिनमा पूर्व आईजीपी ठाकुर ज्ञवालीको समेत २० प्रहरीको संलग्नता देखाएको थियो। तीमध्ये ५ जनाले अवकाश पाइसकेका छन्। 

तत्कालीन प्रहरी नायव उपरीक्षक जगतमान श्रेष्ठ, प्रहरी निरीक्षक नवीन क्षेत्री, तत्कालीन डीएसपी (पूर्व आईजीपी) ठाकुरप्रसाद ज्ञवाली, तत्कालीन प्रहरी निरीक्षक सोमबहादुर थापा र डीएसपी राजकुमार बैदरवारले अवकाश पाइसकेका छन्। 

तर बाँकी १५ जनालाई विभागीय कारबाही गर्न समितिको सिफारिस छ जसमा तत्कालीन डीएसपी सुशीलकुमार यादवसहित एसपी दानबहादुर कार्की, एसएसपी कृष्णकुमार महत, एसएसपी दीपक थापा, एसपी दिनेशकुमार आचार्य, एसपी दिलिप घिमिरे, एसपी महेन्द्र खड्का, एसपी मुकुन्द मरासिनीलाई कारबाही गर्न सिफारिस गरेको थियो भने डीएसपी पवनकुमार भट्टराई, डीएसपी केशव भट्टराई, डीएसपी डिलबहादुर मल्ल, डीएसपी भीमलाल भट्टराई, डीएसपी प्रतीत सिंह राठौर लगायतसँग स्पष्टीकरण मागिएको थियो।

र यो पनि, 

नेपाल प्रहरी एसएसपी सुशीलकुमार यादव