समाचार

नेपाल विदेशीको बजार मात्रै भयोः प्रचण्ड

नेपाल विदेशीको बजार मात्रै भयोः प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाल केबल विदेशीको बजार मात्रै भएको वताएका छन् ।

पुस ११ देखि हुन लागेको राष्ट्रिय सम्मेलनका लागि दस्तावेज लेखिरहेका प्रचण्डले पत्रकारसँगको कुराकानीका क्रममा बिहीबार यस्तो बताएका हुन्। 

‘नेपाल कुनै बेला अन्नबालीमा आत्मनिर्भर थियो। फलफूल र जडिबुटीमा आत्मनिर्भर थियो’ उनले भने–‘तर अहिले ती कुरा सबै विदेशबाट ल्याउनुपरेको छ। अब हामी सडक, सदन सरकार तीनै तहबाट राष्ट्रिय अर्थतन्त्र बनाउन लागेका छौँ।’

उनले एकथरी मान्छे अहिलेको व्यवस्था नै उल्ट्याउन लागेको आरोप पनि लगाए । ‘एकथरी मानिसहरु सिस्टमलाई नै उल्ट्याउन लागेका छन्। तर हामी संविधानको रक्षामा लागेर राष्ट्रिय पुँजी बनाउँदैछौँ’, उनले भने, ’योजना र विकासका कुरा पनि भए तर यो।’
 

नेकपा माओवादी केन्द्र पुष्पकमल दाहाल ‘प्रचण्ड’