समाचार

एक्जियाटाले सुरु गर्यो एनसेलमा छानविन, श्रीवास्तावलाई जोगाउन सिइओको चलखेल (श्रृंखला– ११)

एक्जियाटाले सुरु गर्यो एनसेलमा छानविन, श्रीवास्तावलाई जोगाउन सिइओको चलखेल (श्रृंखला– ११)

मलेसियाली कम्पनी एक्जियाटाले एनसेलमा छानविन थालेको छ। यसअघि एनसेलका विषयमा श्रृंखलावद्ध आएका समाचारका विषयमा स्पष्टिकरण सोधेको एक्जियाटाले चित्तवुझ्दो जवाफ नपाएपछि छानविन सुरु गरेको हो। 

एनसेलको केन्द्रीय कार्यालयमा विगत ६ महिनादेखि भईरहेको आन्दोलन तथा कम्पनी भित्र देखिएका वकृती, विसंगती, गलत ब्यवहार, कर्मचारीमाथि भएका विभेद र त्यसभित्रका केही कर्मचारीहरुको डन प्रवृत्तिका विषयमा नेपाल आजले श्रृंखलावद्ध समाचार प्रकाशन गरेपछि एक्जियाटाले छानविन सुरु गरेको हो।

एक्जियाटाले एनसेलका सिइओ (प्रमुख कार्यकारी अधिकृत) एण्डी चोङ र एचआर म्यानेजर (मानव संसाधन तथा प्रशासन प्रमुख) युवराज श्रीवास्तवलाई केन्द्रीत गरेर छानविन सुरु गरेको हो । श्रीवास्तवले आफुलाई अमेरिकी गुप्तचर संस्था सिआइए र पाकिस्तानी गुप्तचर संस्था आईएसआईको एजेन्ट भएको वताउने गरेका छन् । उनले ती संगठनको नाम कर्मचारीले वमले उडाईदिने धम्की दिने गरेको श्रोतको दावी छ।

ुउनले आफुलाई अमेरिकी गुप्तचर संस्था सिआइए र पाकिस्तानी गुप्तचर संस्था आईएसआईसम्मको एजेन्ट भएको वताउने गरेका छन् । श्रीवास्तवले कसैलाई सिआईए र कसैलाई आईएसआईको नाममा धम्की दिने गरेको श्रोतले जनाएको छ।

श्रीवास्तावलाई सिईओ चोङले संरक्षण गर्दै आएका छन् । ब्यवस्थापन पक्ष कमजोर भएको, कर्मचारीहरुमा चरम असन्तुष्टी वढेको, आन्तरिक समस्या समेत समाधन गर्न नसकेको विषयमा कम्पनीका सिईओ चोङको पनि आलोचना हुने गरेको छ।

कर्मचारीको आन्दोलन तथा असन्तुष्टी वाहिरिएपछि चोङ आन्दोलनरत कर्मचारी प्रति असन्तुष्ट छन् । उनले कतिपय कर्मचारीलाई ब्यक्तिगत रुपमा भेटेर जागिरवाट निकाली दिने धम्की समेत दिएका छन् ।

एक्जियाटाको छानविनमा पनि चोङले श्रीवास्तवलाई जोगाउने प्रपञ्च गरिरहेको वताईएको छ। एनसेलमा भईरहेको छानविनका विषयमा आधिकारिक ब्यक्तिको प्रतिक्रिया भने वाहिर आएको छैन। कर्मचारीले सुरु गरेको आन्दोलनका विषयमा समाचार आउन थालेपछि प्रतिक्रिया माग्न खोज्दा उनीहरु सम्पर्कमा आउन चाहेका छैनन् ।

यो पनि

एनसेलबाट यसरी हुन्छ संवेदनशिल सूचनाको चुहावट, हुवावेबाट झन खतरा ! (श्रृंखला– १०)

एक्जियाटाले सोध्यो एनसेललाई स्पष्टिकरण, डन प्रवृत्ति उस्तै (श्रृंखला– ९)

एनसेलमा कर्मचारीको आन्दोलन जारी, आधिकारीक स्रोत प्रयोग गर्न आग्रह (श्रृंखला– ८)

जनता चुसेको र कर्मचारीलाई शोषण गरेको खुलासा गर्दा एनसेलले भन्यो– पित पत्रकारिताको पराकाष्ठा (श्रृंखला– ७)

एनसेलद्वारा नेपाल आजलाई विज्ञापनको प्रलोभन, समाचार हटाउन दवाव (श्रृंखला– ६)

एनसेलका कारण संवेदनशिल सूचना विदेशीको हातमा ! (श्रृंखला– ५)

एनसेलका कर्मचारीको आन्दोलनमा श्रीवास्तवका भिजिलान्ते ! (श्रृंखला– ४)

एनसेल आतंकः समाचार हटाउन दलाल मार्फत लगातार धम्की (श्रृंखला– ३)

आन्दोलनको समाचार हटाउन एनसेल कर्मचारीको दवाव, नहटाए ठिक पार्ने धम्की (श्रृंखला– २)

एनसेल कर्मचारीलाई बमले उडाईदिने श्रीवास्तवको धम्की (श्रृंखला– १)

एक्जियाटा एनसेल

विशेष