समाचार मनोरञ्जन कला साहित्य

रेश्माले डाक्टर प्रभातसँग कसिन लगनगाठो

रेश्माले डाक्टर प्रभातसँग कसिन लगनगाठो


अभिनेत्री तथा मोडल रेश्मा घिमिरे विवाहबन्धमा बाँधिएकी छिन् । उनले आज अमेरीका बस्दै आएका प्रभात बासुसँग  विराटनगरको एक रिसोर्टमा विवाह गरेकी हुन् । रेश्माको विवाहमा परिवारका सदस्या र आफन्त सहित फिल्म क्षेत्रबाट पनि केही कलाकारहरुको उपस्थिति रहेको थियो । अभिनेत्री वर्षा राउत रेश्मालाई बधाई दिन विराटनगर पुगेकी थिइन् । वर्षा र रेश्मा मिल्ने साथी हुन ।


गत वर्ष मंसिर १८ मा इन्जेजमेन्ट गरेका रेश्मा र प्रभातले एक वर्ष पछि विवाह गरेका हुन । प्रभात अमेरीकामा  चिकित्सा विज्ञानको अध्ययन गरिरहेका छन् । रेश्माले अभिनेत्री हुदै फिल्मी  क्षेत्र प्रवेश गरेकी थिइन् । तर पहिलो  फिल्मनै व्यवसायीक रुपमा असफल भएपछि उनि लाईमलाइट बाट टाढा  थिइन । पेशाले नर्स रहेकी रेश्मालाई पछिल्लो समय भने  टिकटकले चिनाएको थियो । टिकटकमा हिट भएसँगै उनले नेपाल आइडल सिजन फोर पनि होस्ट गर्दैछिन भने ,उनलाई फिल्मबाट पनि राम्रै अफर आउन थालेको बताएको छ  । म्युजिक भिडियोमा पनि उनको राम्रो क्रेज रहेको छ ।