समाचार मनोरञ्जन कला साहित्य

 प्रदीपको फिल्म  ‘प्रेमगीत ३’ को प्रर्दशन मिति तय ,

 प्रदीपको फिल्म  ‘प्रेमगीत ३’ को प्रर्दशन मिति तय ,

 

बहुप्रतिक्षित फिल्म  ‘प्रेमगीत ३’  को प्रर्दशन मिति तय गरिएको छ । २ वर्ष अघि देखि लगातार कोरोनाका कारण फिल्मको प्रर्दशन मिति रोकिएको थियो । तर अब भने फागुन १३ गते फिल्म प्रर्दशन गरिने निर्माण टिमले जनाएका छन् । फिल्मका निर्माता तथा निर्देशक सन्तोष सेनले फेसबुक मार्फत फिल्मको प्रर्दशन मिति बारे जानकारी दिएका हुन । उनले लेखका थिए ,,, हजुरहरुको लागी ठुलो चुनौती मोलेर एउटा यस्तो काम गर्ने हिम्मत जुटाएका थियौं।। कोरनाकालको समयमा पनि थप हिम्मतका साथ नेपाल देखी भारतको यात्रामा दिग्गज दिग्गजलाई समेट्न सकेका थियौ ।। अन्तत ( फागुन)१३ गते हजुरहरुलाई सुम्पने निर्णय लिएका छौ‘, केही दिनमा ट्रेलर सहित प्रमोशनमा हजुरहरु माझ आउनेछौ‘।


 स्वर्गिय छेतन गुरुङ तथा सन्तोष सेनको  निर्देशनमा बनेको फिल्ममा  प्रदीप खड्का, क्रिस्टिना गुरुङ, शिव श्रेष्ठ, मनिष राउत, पुस्कर कार्की, प्रेम पुरी, सुनिल थापा, माओत्से गुरुङ, लक्ष्मी वर्देवा, अनुभव रेग्मी, योगिशा खत्री, सम्वृद्धि शाही ठकुरी लगायतको अभिनय छ । फिल्म भारतमा समेत प्रर्दशन हुने भएको छ । भारतको प्रर्दशन मिति भने केही समय पछि सार्वजनिक गरिने निर्माण टिमले बताएका छन् ।

#premgeet3 #santoshsen #pradeepkhadka